काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मध्य पहाडी पुष्पलाल लोकमार्गको ठाउँ ठाउँमा बाटो परिवर्तन गर्न निर्देशन दिएका छन् । आइतबार साँझ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागको वार्षिक प्रगति समीक्षा गोष्ठीमा बोल्दै ओलीले पुष्पलाल लोकमार्गको रामेछापमा अनावश्यक रूपमा बाटो घुमाइएकोले त्यसलाई सोझै निकाल्नु पर्ने बताए।
‘बाटाको एलाइनमेण्ट चेञ्ज गर्न जरुरी छ केही ठाउँमा, अनावश्यक ठाउँमा खर्च भएको छ’, ओलीले भने। ओलीले रामेछापको वारी बीपी मार्ग र पारी पुष्पलाल मार्ग गरेर दुई वटा मार्ग सँगसँगै खनिएको भन्दै त्यो काम आवश्यकताको आधारमा नभएको बताए । सो सडक खोलाको सुन्दरताको लागि वा आवश्यकता भएर खनेको ? भन्दै ओलीले प्रश्न गरे। खोला आफैमा सुन्दर हुने भएकोले खोलाको सुन्दरताको लागि सडक खन्नु नपर्ने उनको भनाइ छ।
मानववस्ती जहाँ छ र छोटो ढङ्गले जहाँ सडक लैजान सकिन्छ त्यहाँबाट सडक खन्नु पर्ने ओलीले बताए। त्यो आजका लागि मात्र नभएर एक सय वर्ष पछिका लागि पनि गरिएको काम भएकोले त्यो बाटो छोट्टाउन उनले निर्देशन दिए।
ओलीले काभ्रेबाट चौँरी खोला झरेको सडक नेपालथोकको वारी घुमाएर नभई सोझै दोरम्बाबाट गाल्पा निकालेर मन्थली झार्न सुझाव दिए । ‘माथि दोरम्बातिर शैलुङको तलबाट मन्थलीबाट आउँदा कहाँबाट पर्छ सोझो त्यतैबाट स्वाट्ट निकाल्दा बाटो छोटो पनि पर्छ, बाटो अनावश्यक रूपमा घुमाएको देख्दा ताजुब लाग्छ’, ओलीले भने।
ओलीले यस्तो काम गर्दा कुनै राजनीतिक दबाबमा नपर्न पनि आग्रह गरे। नेताको गाउँ त्यहाँ पर्यो, नेताको घर त्यहाँ पर्यो भनेर बाटो नघुमाउन उनले निर्देशन दिए। नेताको प्रेसरमा होइन जहाँबाट बढी जनसङ्ख्याले लाभ लिन्छ बाटो त्यहीँबाट लैजान उनले स्पष्ट निर्देशन दिए । ‘त्यो नेता हिँड्ने बाटो हो रु गाडी हिँड्ने बाटो होइन रु’, ओलीले प्रश्न गरे।
ओलीले प्राविधिक हिसाबले जताबाट जे गर्नुपर्छ त्यही काम ढुक्क भएर गर्न आग्रह गरे। त्यस्तो प्रेसर आए त्यसको सामना आफूले गर्ने ओलीले विश्वास दिलाए। बाटो छोटिने र दुर्घटनाको सम्भावना कम हुने तथा बढी भन्दा बढी जनताले लाभ लिने गरी बाटोको एलाइनमेन्ट अघि बढाउन उनले आग्रह गरे। ‘पुष्पलाल हाइवेको एलाइन्मेट चेञ्ज गर्नै पर्छ’, ओलीले भने।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - १०:१८
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा केही चर्चित युवा नेताहरू केन्द्रीय सदस्यको सूचीमा स्थान बनाउन लागेका छन्। प्रतिनिधि मनोनयन पश्चात् यी नयाँ अ...
मंसिर ३० गते, २०८२ - १०:१०
मकवानपुर । मकवानपुरको मनहरी–६ सिस्नेरी पाखामा सिकार खेल्न गएका दुईजनामध्ये एक जनाको लडाइँबाट अन्यको मृत्यु भएको छ। राक्सिराङ–८ राजराङका ४५ वर्षीय ग...
मंसिर ३० गते, २०८२ - १०:०६
महासचिवमा प्रदीप ज्ञवालीको अडान, ओली–पोखरेल भिडन्त जारी
मंसिर ३० गते, २०८२ - १०:००
ईश्वर पोखरेल अध्यक्ष, महासचिवमा सुरेन्द्र पाण्डे तय
मंसिर ३० गते, २०८२ - ०९:४५
सिन्धुपाल्चोक । बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत पर्ने इको पहिरो दुई महिनाभित्र दीर्घकालीन रूपमा नियन्त्रण गरी बस्ती संरक्षणको काम थाल्ने सहमति भएपछि...
मंसिर ३० गते, २०८२ - ०९:३०
भोजपुर । भोजपुरका किसानका लागि सुन्तला खेती भरपर्दो आम्दानीको आधार बन्दै गएको छ। व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका किसानले बजार विस्तार र रा...
मंसिर ३० गते, २०८२ - ०९:१०
भत्किएका संरचना, स्क्र्याब र फुटपाथ अतिक्रमणले दुर्घटनाको जोखिम बढ्दो
मंसिर ३० गते, २०८२ - ०९:०५
खाेटाङ । राजनीति गर्दैमा अरू कुनै पेसा गर्न नहुने भन्ने मान्यता छैन। बरु राजनीतिलाई मात्रै पेसा बनाउँदा देशमा भ्रष्टाचार बढेको आरोप लाग्दै आएको छ। यही...
मंसिर ३० गते, २०८२ - ०८:४०
काठमाडौँ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहोल तातेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा लगायत दल...
मंसिर ३० गते, २०८२ - ०८:२५
काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। भ्रेपलाञ्चोकको रोशी गाउँपाल...




प्रतिकृया लेख्नुहोस्: