काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मध्य पहाडी पुष्पलाल लोकमार्गको ठाउँ ठाउँमा बाटो परिवर्तन गर्न निर्देशन दिएका छन् । आइतबार साँझ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागको वार्षिक प्रगति समीक्षा गोष्ठीमा बोल्दै ओलीले पुष्पलाल लोकमार्गको रामेछापमा अनावश्यक रूपमा बाटो घुमाइएकोले त्यसलाई सोझै निकाल्नु पर्ने बताए।
‘बाटाको एलाइनमेण्ट चेञ्ज गर्न जरुरी छ केही ठाउँमा, अनावश्यक ठाउँमा खर्च भएको छ’, ओलीले भने। ओलीले रामेछापको वारी बीपी मार्ग र पारी पुष्पलाल मार्ग गरेर दुई वटा मार्ग सँगसँगै खनिएको भन्दै त्यो काम आवश्यकताको आधारमा नभएको बताए । सो सडक खोलाको सुन्दरताको लागि वा आवश्यकता भएर खनेको ? भन्दै ओलीले प्रश्न गरे। खोला आफैमा सुन्दर हुने भएकोले खोलाको सुन्दरताको लागि सडक खन्नु नपर्ने उनको भनाइ छ।
मानववस्ती जहाँ छ र छोटो ढङ्गले जहाँ सडक लैजान सकिन्छ त्यहाँबाट सडक खन्नु पर्ने ओलीले बताए। त्यो आजका लागि मात्र नभएर एक सय वर्ष पछिका लागि पनि गरिएको काम भएकोले त्यो बाटो छोट्टाउन उनले निर्देशन दिए।
ओलीले काभ्रेबाट चौँरी खोला झरेको सडक नेपालथोकको वारी घुमाएर नभई सोझै दोरम्बाबाट गाल्पा निकालेर मन्थली झार्न सुझाव दिए । ‘माथि दोरम्बातिर शैलुङको तलबाट मन्थलीबाट आउँदा कहाँबाट पर्छ सोझो त्यतैबाट स्वाट्ट निकाल्दा बाटो छोटो पनि पर्छ, बाटो अनावश्यक रूपमा घुमाएको देख्दा ताजुब लाग्छ’, ओलीले भने।
ओलीले यस्तो काम गर्दा कुनै राजनीतिक दबाबमा नपर्न पनि आग्रह गरे। नेताको गाउँ त्यहाँ पर्यो, नेताको घर त्यहाँ पर्यो भनेर बाटो नघुमाउन उनले निर्देशन दिए। नेताको प्रेसरमा होइन जहाँबाट बढी जनसङ्ख्याले लाभ लिन्छ बाटो त्यहीँबाट लैजान उनले स्पष्ट निर्देशन दिए । ‘त्यो नेता हिँड्ने बाटो हो रु गाडी हिँड्ने बाटो होइन रु’, ओलीले प्रश्न गरे।
ओलीले प्राविधिक हिसाबले जताबाट जे गर्नुपर्छ त्यही काम ढुक्क भएर गर्न आग्रह गरे। त्यस्तो प्रेसर आए त्यसको सामना आफूले गर्ने ओलीले विश्वास दिलाए। बाटो छोटिने र दुर्घटनाको सम्भावना कम हुने तथा बढी भन्दा बढी जनताले लाभ लिने गरी बाटोको एलाइनमेन्ट अघि बढाउन उनले आग्रह गरे। ‘पुष्पलाल हाइवेको एलाइन्मेट चेञ्ज गर्नै पर्छ’, ओलीले भने।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १६ गते, २०८२ - २१:४४
काठमाडौं । सरकारले ६३ जन उपसचिवको सरूवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरूवा गरेको हो । सरूवा भएका मध्ये निमित्तको भरमा चल...
चैत्र १६ गते, २०८२ - २१:२१
सिड्नी । प्रशान्त महासागरको द्वीप राष्ट्र भानुआटु नजिक शक्तिशाली भूकम्प गए पनि ठूलो क्षतिको जोखिम कम देखिएको छ । युएसजिएसका अनुसार सोमबार ७.३ म्याग्नि...
चैत्र १६ गते, २०८२ - २१:२०
झापा । नेपाल पत्रकार महासङ्घ झापा शाखाले आज १३ जना ज्येष्ठ पत्रकारलाई पेन्सनस्वरुप वार्षिक भत्ता वितरण गरेको छ । महासङ्घको ७१औँ स्थापना दिवसका अवसरमा ...
चैत्र १६ गते, २०८२ - २१:१७
धनकुटा । पूर्वी पहाडलाई चीन र भारतसँग जोड्ने लक्ष्यसहित निर्माणाधीन तमोर करिडोरमा सडक कालोपत्रे भए पनि मोटरेबल पुल निर्माणमा ढिलासुस्ती हुँदा यात्रुहर...
चैत्र १६ गते, २०८२ - २१:१४
काठमाडौं । वीर अस्पतालमा आजदेखि महिलाका लागि निःशुल्क क्यान्सर परीक्षण सेवा सुरु गरिएको छ। काठमाडौं महानगरपालिकाको सहकार्यमा सुरु गरिएको उक्त सेवाअ...
चैत्र १६ गते, २०८२ - २१:०४
काठमाडौँ । कृषि विभागले चैते धानको समर्थन मूल्य सिफारिस गरेको छ । विभागले किसानलाई उचित मूल्य सुनिश्चित गर्न विभिन्न २५ जिल्लामा स्थलगत अध्ययनसहितको प...
चैत्र १६ गते, २०८२ - २०:३३
काठमाडाेैं । सरकारले विभिन्न समयमा गठन गरेका छानबिन समिति र आयोगका प्रतिवेदनहरूलाई दराजमा थन्क्याउने नभई कार्यान्वयन गर्ने दिशामा अगाडि बढेको सरकारका...
चैत्र १६ गते, २०८२ - २०:३०
काठमाडाैं । शिक्षा क्षेत्रको सुधार र विद्यार्थीहरूको मानसिक स्वास्थ्यलाई ध्यानमा राख्दै सरकारले केही महत्वपूर्ण कदमहरू चालेको छ । सरकारका प्रवक्ता ...
चैत्र १६ गते, २०८२ - २०:२८
काठमाडौं । सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले प्रदेश र संघीय सरकारबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जो...
चैत्र १६ गते, २०८२ - १८:५१
काठमाडौं । जेन्जी प्रदर्शनका क्रममा भएका घटनाको छानबिन गर्न गठित कार्की आयोगले नेपाल सरकारका उपसचिव सुवास पौडेललाई पुरस्कृत गर्न सिफारिस गरेको छ। ग...


प्रतिकृया लेख्नुहोस्: