Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

कोटेश्वर क्षेत्रको बागमतीबाट एक दशमलव पाँच मेट्रिक टन फोहोर व्यवस्थापन

खबरडबली संवाददाता

काठमाडौँ ।  ‘राष्ट्रको लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ सुरू भएको बागमती सफाइ महाअभियानको पाँच सय ८६ औँ हप्तामा कोटेश्वर महादेव मन्दिरमुनिको नदी किनारमा सफाइ गरिएको छ । 

सफाइबाट एक दशमलव पाँच मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन गरिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए । आज उठाइएको फोहर काठमाडौँ महानगरपालिका वातावरण विभाग टेकुले व्यवस्थापन गरेको उनले सुनाए । 

सफाइमा प्रमुख अभियानकर्मी एवं पूर्व मुख्यसचिव लीलामणि  पौडेल, वाग्मती प्रदेशका सचिव गोविन्द कार्की, सुविधानगर सामुदायिक समितिका अध्यक्ष सुमित्रा कडरिया, स्थानीयवासी, सुन्दरीघाट वाग्मती सरसफाइ अभियानका संयोजक चित्रबहादुर सुनुवार, रेडियो नेपालका पूर्व कार्यकारी निर्देशक रामशरण कार्की, बानेश्वर महिला वातावरण प्रालि, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का कर्मचारी एवं वाग्मती सफाइ अभियानकर्मीको सहभागिता रहेको थियो ।  

अर्को शनिबार पाँच सय ८७ औँ हप्ताको सफाइ सुन्दरीघाटस्थित त्रिभुवन विश्वविद्यालय नजिकको झोलुङ्गे पुल क्षेत्रमा गरिने महाअभियानले जनाएको छ । विसं २०७० जेठ ५ गते सुरू भएको महाअभियान प्रत्येक हप्ताको शनिबार निरन्तर हुँदै आएको छ । महाअभियानबाट प्रभावित भएर वाग्मतीका सहायक नदी सफाइ अभियान पनि सुरू भएको छ । 

हाल वाग्मतीका प्रायः सबै सहायक नदीका साथै चक्रपथको उत्तर र पश्चिमी खण्डमा पनि सफाइ अभियान भइरहेको छ । काठमाडौँ उपत्यका बाहिरका मुख्य नदी एवं सहरमा पनि सफाइ अभियान सुरू भएको छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending