तनहुँ । तनहुँ सदरमुकाम दमौलीमा १५ दिनपछि बल्ल फोहर उठाइएको छ । साउन १ गतेदेखि नउठाइएको फोहर नगरपालिकाले मङ्गलबार उठाएको हो ।
फोहर नउठाउन नसक्दा दमौली बजार क्षेत्रका चोक–चोकमा फोहरका थुप्रो भएको थियो ।व्यास नगरपालिका–३ का वडाध्यक्ष अनुप रानाले दमौली बजारबाट उठाइएको फोहर सोही वडाको भतेरीमा बाटो पुर्नका लागि लगिएको जानकारी दिए । उनले भने, ‘भतेरीमा फोहर विसर्जन गर्न लागिएको होइन, त्यहाँ माटोले मात्र पुर्न नपुग्ने भएकाले प्लास्टिकजन्य फोहरसमेत त्यहाँ लगेर पुर्ने र बाटो सम्याउने काम गरिनेछ ।’
तारजाली मात्रै हुँदा मादी नदीको पानीले कटान गर्नसक्ने भएकाले फोहर र माटो हालेर पुरेर बलियो बनाउन लागिएको रानाको भनाइ छ । उनले भने, ‘१०र१५ दिनका लागि बजार क्षेत्रका फोहर भतेरीमा लगेर ठाउँ सम्याउन प्रयोग गरिनेछ, त्यसो गर्दा यहाँ करिब २० मिटरको बाटो बनाउन सकिनेछ ।’
फोहर फाल्ने ठाउँको अभावमा नगरपालिकाले नकुहिने फोहर उठाउन सकेको थिएन । नगरपालिकाले कार्यालय परिसरभित्रै फोहर व्यवस्थापनको तयारीसमेत गरेको छ । व्यास–३ भतेरीमा नकुहिने फोहर बिसर्जन हुँदै आएकामा असार मसान्तबाट म्याद सकिएर स्थानीयले अवरोध गरेपछि यही साउन १ गतेदेखि दमौली बजारको वडा नम्बर २, ३ र ४ बाट नकुहिने फोहर सङ्कलन हुन सकेको थिएन ।
हाल कुहिने नकुहिने फोहर सङ्कलनलाई स्रोतबाटै वर्गीकरण गरिएकामा नकुहिने पुनः प्रयोगमा आउने सामग्री व्यवस्थापन गर्ने जग्गा खरिद प्रक्रिया चलिरहेकाले सोको टुङ्गो नलागेसम्म वा अर्को व्यवस्था नभएसम्म नगरपालिका कार्यालय प्राङ्गणभित्रै फोहर व्यवस्थापनको तयारी गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले जानकारी दिए । उनका अनुसार कुहिने फोहर भने दैनिक रुपमा सङ्कलन भइरहेको छ ।
स्थापनाको ३१ वर्षसम्म पनि नगरपालिकाले फोहरमैला केन्द्र निर्माण गर्न सकेको छैन । नगरपालिकाले व्यास–१३ मा जग्गा खरिद गर्न कानुनी प्रक्रिया अगाडि बढाएको छ । नगरपालिकाले फोहरलाई सानो आकारमा राख्ने कम्प्रेशन मेसिन खरिद गर्ने र सरसफाइका पाँच गाडीमा जिपिएस जडान गर्ने प्रक्रिया अगाडि बढाउन सहमति प्रदान गरिसकेको छ ।
सदरमुकाममा अवस्थित नगरपालिकाले पूर्वाधार निर्माण, स्वास्थ्य, शिक्षामा केही प्रगति गरेपनि फोहरमैला व्यवस्थापनमा भने प्रगति गर्न सकिरहेको छैन । नगरपालिकामा स्थापनाकालदेखिको मुख्य समस्याका रुपमा रहेको फोहरमैला व्यवस्थापन सधैंको समस्या बन्ने गरेको छ ।
फोहरमैला व्यवस्थापनका लागि नगरपालिकाले सधैं समस्या भोग्दै आएको छ । कहिले भतेरीमा, कहिले चारकुने र कहिले सोढेँमा फोहर फाल्दै आएको नगरपालिकाले पछिल्लो पटक अस्थायी समयका लागि पुनः भतेरीमा फोहर विसर्जन गर्दै आएको थियो ।
यसअघि नगरपालिकाले व्यास–१० स्थित मङ्गलीगैह्रामा सरसफाइ केन्द्र बनाउने तयारी गरेको थियो । त्यहाँ स्थानीयले विरोध गरेपछि नगरपालिका त्यसबाट पछि हटेको थियो ।
नगरपालिकाले बजार क्षेत्रका वडा नं २, ३ र ४ बाट दैनिकरुपमा फोहर सङ्कलन गर्दै आएको छ । नगरपालिकाका बजार क्षेत्रबाट दैनिक ११ टन फोहर सङ्कलन हुने गरेको छ । प्रमुख प्रशासकीय अधिकृत गैरेका अनुसार नगरपालिकाको बजार क्षेत्रबाट सङ्कलित कुहिने फोहर व्यास–१० दुम्सीमा मल उत्पादनमा प्रयोग गर्ने गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १६ गते, २०८२ - २१:४४
काठमाडौं । सरकारले ६३ जन उपसचिवको सरूवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरूवा गरेको हो । सरूवा भएका मध्ये निमित्तको भरमा चल...
चैत्र १६ गते, २०८२ - २१:२१
सिड्नी । प्रशान्त महासागरको द्वीप राष्ट्र भानुआटु नजिक शक्तिशाली भूकम्प गए पनि ठूलो क्षतिको जोखिम कम देखिएको छ । युएसजिएसका अनुसार सोमबार ७.३ म्याग्नि...
चैत्र १६ गते, २०८२ - २१:२०
झापा । नेपाल पत्रकार महासङ्घ झापा शाखाले आज १३ जना ज्येष्ठ पत्रकारलाई पेन्सनस्वरुप वार्षिक भत्ता वितरण गरेको छ । महासङ्घको ७१औँ स्थापना दिवसका अवसरमा ...
चैत्र १६ गते, २०८२ - २१:१७
धनकुटा । पूर्वी पहाडलाई चीन र भारतसँग जोड्ने लक्ष्यसहित निर्माणाधीन तमोर करिडोरमा सडक कालोपत्रे भए पनि मोटरेबल पुल निर्माणमा ढिलासुस्ती हुँदा यात्रुहर...
चैत्र १६ गते, २०८२ - २१:१४
काठमाडौं । वीर अस्पतालमा आजदेखि महिलाका लागि निःशुल्क क्यान्सर परीक्षण सेवा सुरु गरिएको छ। काठमाडौं महानगरपालिकाको सहकार्यमा सुरु गरिएको उक्त सेवाअ...
चैत्र १६ गते, २०८२ - २१:०४
काठमाडौँ । कृषि विभागले चैते धानको समर्थन मूल्य सिफारिस गरेको छ । विभागले किसानलाई उचित मूल्य सुनिश्चित गर्न विभिन्न २५ जिल्लामा स्थलगत अध्ययनसहितको प...
चैत्र १६ गते, २०८२ - २०:३३
काठमाडाेैं । सरकारले विभिन्न समयमा गठन गरेका छानबिन समिति र आयोगका प्रतिवेदनहरूलाई दराजमा थन्क्याउने नभई कार्यान्वयन गर्ने दिशामा अगाडि बढेको सरकारका...
चैत्र १६ गते, २०८२ - २०:३०
काठमाडाैं । शिक्षा क्षेत्रको सुधार र विद्यार्थीहरूको मानसिक स्वास्थ्यलाई ध्यानमा राख्दै सरकारले केही महत्वपूर्ण कदमहरू चालेको छ । सरकारका प्रवक्ता ...
चैत्र १६ गते, २०८२ - २०:२८
काठमाडौं । सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले प्रदेश र संघीय सरकारबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जो...
चैत्र १६ गते, २०८२ - १८:५१
काठमाडौं । जेन्जी प्रदर्शनका क्रममा भएका घटनाको छानबिन गर्न गठित कार्की आयोगले नेपाल सरकारका उपसचिव सुवास पौडेललाई पुरस्कृत गर्न सिफारिस गरेको छ। ग...


प्रतिकृया लेख्नुहोस्: