Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

१५ दिनपछि बल्ल उठाइयाे दमौलीको फोहर

खबरडबली संवाददाता

तनहुँ । तनहुँ सदरमुकाम दमौलीमा १५ दिनपछि बल्ल फोहर उठाइएको छ । साउन १ गतेदेखि नउठाइएको फोहर नगरपालिकाले मङ्गलबार उठाएको हो । 

फोहर नउठाउन नसक्दा दमौली बजार क्षेत्रका चोक–चोकमा फोहरका थुप्रो भएको थियो ।व्यास नगरपालिका–३ का वडाध्यक्ष अनुप रानाले दमौली बजारबाट उठाइएको फोहर सोही वडाको भतेरीमा बाटो पुर्नका लागि लगिएको जानकारी दिए । उनले भने, ‘भतेरीमा फोहर विसर्जन गर्न लागिएको होइन, त्यहाँ माटोले मात्र पुर्न नपुग्ने भएकाले प्लास्टिकजन्य फोहरसमेत त्यहाँ लगेर पुर्ने र बाटो सम्याउने काम गरिनेछ ।’

तारजाली मात्रै हुँदा मादी नदीको पानीले कटान गर्नसक्ने भएकाले फोहर र माटो हालेर पुरेर बलियो बनाउन लागिएको रानाको भनाइ छ । उनले भने, ‘१०र१५ दिनका लागि बजार क्षेत्रका फोहर भतेरीमा लगेर ठाउँ सम्याउन प्रयोग गरिनेछ, त्यसो गर्दा यहाँ करिब २० मिटरको बाटो बनाउन सकिनेछ ।’

फोहर फाल्ने ठाउँको अभावमा नगरपालिकाले नकुहिने फोहर उठाउन सकेको थिएन । नगरपालिकाले कार्यालय परिसरभित्रै फोहर व्यवस्थापनको तयारीसमेत गरेको छ । व्यास–३ भतेरीमा नकुहिने फोहर बिसर्जन हुँदै आएकामा असार मसान्तबाट म्याद सकिएर स्थानीयले अवरोध गरेपछि यही साउन १ गतेदेखि दमौली बजारको वडा नम्बर २, ३ र ४ बाट नकुहिने फोहर सङ्कलन हुन सकेको थिएन ।

हाल कुहिने नकुहिने फोहर सङ्कलनलाई स्रोतबाटै वर्गीकरण गरिएकामा नकुहिने पुनः प्रयोगमा आउने सामग्री व्यवस्थापन गर्ने जग्गा खरिद प्रक्रिया चलिरहेकाले सोको टुङ्गो नलागेसम्म वा अर्को व्यवस्था नभएसम्म नगरपालिका कार्यालय प्राङ्गणभित्रै फोहर व्यवस्थापनको तयारी गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले जानकारी दिए । उनका अनुसार कुहिने फोहर भने दैनिक रुपमा सङ्कलन भइरहेको छ ।

स्थापनाको ३१ वर्षसम्म पनि नगरपालिकाले फोहरमैला केन्द्र निर्माण गर्न सकेको छैन । नगरपालिकाले व्यास–१३ मा जग्गा खरिद गर्न कानुनी प्रक्रिया अगाडि बढाएको छ । नगरपालिकाले फोहरलाई सानो आकारमा राख्ने कम्प्रेशन मेसिन खरिद गर्ने र सरसफाइका पाँच गाडीमा जिपिएस जडान गर्ने प्रक्रिया अगाडि बढाउन सहमति प्रदान गरिसकेको छ ।

सदरमुकाममा अवस्थित नगरपालिकाले पूर्वाधार निर्माण, स्वास्थ्य, शिक्षामा केही प्रगति गरेपनि फोहरमैला व्यवस्थापनमा भने प्रगति गर्न सकिरहेको छैन । नगरपालिकामा स्थापनाकालदेखिको मुख्य समस्याका रुपमा रहेको फोहरमैला व्यवस्थापन सधैंको समस्या बन्ने गरेको छ ।

फोहरमैला व्यवस्थापनका लागि नगरपालिकाले सधैं समस्या भोग्दै आएको छ । कहिले भतेरीमा, कहिले चारकुने र कहिले सोढेँमा फोहर फाल्दै आएको नगरपालिकाले पछिल्लो पटक अस्थायी समयका लागि पुनः भतेरीमा फोहर विसर्जन गर्दै आएको थियो ।

यसअघि नगरपालिकाले व्यास–१० स्थित मङ्गलीगैह्रामा सरसफाइ केन्द्र बनाउने तयारी गरेको थियो । त्यहाँ स्थानीयले विरोध गरेपछि नगरपालिका त्यसबाट पछि हटेको थियो ।

नगरपालिकाले बजार क्षेत्रका वडा नं २, ३ र ४ बाट दैनिकरुपमा फोहर सङ्कलन गर्दै आएको छ । नगरपालिकाका बजार क्षेत्रबाट दैनिक ११ टन फोहर सङ्कलन हुने गरेको छ । प्रमुख प्रशासकीय अधिकृत गैरेका अनुसार नगरपालिकाको बजार क्षेत्रबाट सङ्कलित कुहिने फोहर व्यास–१० दुम्सीमा मल उत्पादनमा प्रयोग गर्ने गरिएको छ ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले पदाधिकारी पदमा मतगणना जारी – १,१३९ मत गन्दा कसले पाए कति ?

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत बिहीबार बिहान सम्पन्न मतदानको मतगणना जारी छ। हालसम्म २,२७० भन्दा बढी मतमध्ये १,१३९ मत गनिसकिएको प्रार...

एमाले उपमहासचिवमा लेखराज भट्टको धमाकेदार अग्रता, विष्णु रिमाल शीर्ष तीनमा अटाउन असफल

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उपमहासचिव पदको मतगणना जारी छ। प्रारम्भिक नतिजाअनुसार लेखराज भट्टले ४४० मत ल्याएर स्पष्ट अग्रता लिएका छ...

एमाले महासचिवमा शंकर पोखरेलको अग्रता कायमै, २४९ मत प्राप्त

 काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा जारी मतगणनामा महासचिव पदमा शंकर पोखरेलले स्पष्ट अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अ...

शिक्षामन्त्री पुनको आक्रोश : ‘कछुवाको गतिलाई पनि कृपावादी पापी समूहहरूले अल्झाए’

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालको प्रशासनिक कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त...

ईश्वर पोखरेलको भविष्यलाई लिएर उठेका प्रश्नः एमालेमा दोहोरिन्छ कि भिम रावलको इतिहास ?

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनसँगै पार्टीभित्र नेतृत्व चयनको प्रतिस्पर्धा मात्रै होइन, भविष्यको राजनीतिक हैसियतबारे पनि गम्भीर बहस सुरु भएको ...

एमाले महासचिवमा निर्णायक भिडन्त, मतगणनामा पोखरेल ९ मतले अगाडि

काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको छ। मतगणनाको सुरुवाती चरण...

वागमतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...

ओली–पोखरेल समूहबीच मतदानको जोश, भृकुटीमण्डपमा व्यस्त माहोल

विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु

नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिन खुला रहने

काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...

ट्रम्प प्रशासनले थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगायो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending