धनगढी । श्री एयरलाइन्सको विमानमा एयर होस्टेसमाथि दुर्व्यवहार गरेको आरोपमा एक युवकलाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका–१ का शिवराज ओझा रहेका छन् ।
धनगढी विमानस्थल प्रहरी स्रोतका अनुसा मंगलबार साँझ काठमाडौं–धनगढी उडान क्रममा घटना ओझाले एयर होस्टेसलाई अभद्र व्यवहार गरेका थिए । उनले होस्टेसतर्फ आफ्नो खुट्टा लगेका थिए । ओझा सीट नम्बर १ मा बसेका थिए । जहाँ एयर होस्टेसको सीटको अगाडी हुन्छ । आफ्नो सीट अगाडी आफूतिर फर्किएर बसेकी एयर होस्टसलाई उनले जिस्काए थिए । पटक–पटक आग्रह गर्दा पनि उनले नमानेपछि एयर होस्टेसले क्याप्टेनलाई खबर गरेकी थिइन् ।
क्याप्टेन सुगम घिमिरेले घटनाबारे नागरिक उड्डयन प्राधिकरणको धनगढी कार्यालयलाई जानकारी गराए । प्राधिकरणले प्रहरीलाई सूचित गरेपछि विमान अवतरण हुनासाथ ओझालाई पक्राउ गरिएको हो ।
श्री एयरलाइन्सका धनगढी स्टेसन म्यानेजर गजेन्द्र शाहीका अनुसार, ओझाले सुरुमै सिटबेल्ट लगाउन मानेनन् र एयर होस्टेसलाई जिस्क्याउन थाले । उनले सीटको ह्यान्डलमा खुट्टा राखेर ग्यालरीमा हिँड्न असहज पार्ने हर्कत गरे । एयर होस्टेसले पानी दिन आउँदा खुट्टा अड्याउने जस्ता हर्कत गरे ।
उक्त उडान ४ बजे हुनुपर्नेमा ५० मिनेट ढिला गरी ४ः५० बजे मात्र धनगढीका लागि प्रस्थान गरेको थियो । क्याप्टेन सुगम घिमिरे र अलिस आचार्यले विमान उडाइरहेका थिए ।
हाल ओझालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । यस्ता घटनामा प्रायः विमान डाइभर्ट गरिने भए पनि यसपटक क्याप्टेनले गन्तव्यसम्म उडान जारी राखेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १६ गते, २०८२ - २१:४४
काठमाडौं । सरकारले ६३ जन उपसचिवको सरूवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरूवा गरेको हो । सरूवा भएका मध्ये निमित्तको भरमा चल...
चैत्र १६ गते, २०८२ - २१:२१
सिड्नी । प्रशान्त महासागरको द्वीप राष्ट्र भानुआटु नजिक शक्तिशाली भूकम्प गए पनि ठूलो क्षतिको जोखिम कम देखिएको छ । युएसजिएसका अनुसार सोमबार ७.३ म्याग्नि...
चैत्र १६ गते, २०८२ - २१:२०
झापा । नेपाल पत्रकार महासङ्घ झापा शाखाले आज १३ जना ज्येष्ठ पत्रकारलाई पेन्सनस्वरुप वार्षिक भत्ता वितरण गरेको छ । महासङ्घको ७१औँ स्थापना दिवसका अवसरमा ...
चैत्र १६ गते, २०८२ - २१:१७
धनकुटा । पूर्वी पहाडलाई चीन र भारतसँग जोड्ने लक्ष्यसहित निर्माणाधीन तमोर करिडोरमा सडक कालोपत्रे भए पनि मोटरेबल पुल निर्माणमा ढिलासुस्ती हुँदा यात्रुहर...
चैत्र १६ गते, २०८२ - २१:१४
काठमाडौं । वीर अस्पतालमा आजदेखि महिलाका लागि निःशुल्क क्यान्सर परीक्षण सेवा सुरु गरिएको छ। काठमाडौं महानगरपालिकाको सहकार्यमा सुरु गरिएको उक्त सेवाअ...
चैत्र १६ गते, २०८२ - २१:०४
काठमाडौँ । कृषि विभागले चैते धानको समर्थन मूल्य सिफारिस गरेको छ । विभागले किसानलाई उचित मूल्य सुनिश्चित गर्न विभिन्न २५ जिल्लामा स्थलगत अध्ययनसहितको प...
चैत्र १६ गते, २०८२ - २०:३३
काठमाडाेैं । सरकारले विभिन्न समयमा गठन गरेका छानबिन समिति र आयोगका प्रतिवेदनहरूलाई दराजमा थन्क्याउने नभई कार्यान्वयन गर्ने दिशामा अगाडि बढेको सरकारका...
चैत्र १६ गते, २०८२ - २०:३०
काठमाडाैं । शिक्षा क्षेत्रको सुधार र विद्यार्थीहरूको मानसिक स्वास्थ्यलाई ध्यानमा राख्दै सरकारले केही महत्वपूर्ण कदमहरू चालेको छ । सरकारका प्रवक्ता ...
चैत्र १६ गते, २०८२ - २०:२८
काठमाडौं । सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले प्रदेश र संघीय सरकारबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जो...
चैत्र १६ गते, २०८२ - १८:५१
काठमाडौं । जेन्जी प्रदर्शनका क्रममा भएका घटनाको छानबिन गर्न गठित कार्की आयोगले नेपाल सरकारका उपसचिव सुवास पौडेललाई पुरस्कृत गर्न सिफारिस गरेको छ। ग...


प्रतिकृया लेख्नुहोस्: