धनगढी । श्री एयरलाइन्सको विमानमा एयर होस्टेसमाथि दुर्व्यवहार गरेको आरोपमा एक युवकलाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका–१ का शिवराज ओझा रहेका छन् ।
धनगढी विमानस्थल प्रहरी स्रोतका अनुसा मंगलबार साँझ काठमाडौं–धनगढी उडान क्रममा घटना ओझाले एयर होस्टेसलाई अभद्र व्यवहार गरेका थिए । उनले होस्टेसतर्फ आफ्नो खुट्टा लगेका थिए । ओझा सीट नम्बर १ मा बसेका थिए । जहाँ एयर होस्टेसको सीटको अगाडी हुन्छ । आफ्नो सीट अगाडी आफूतिर फर्किएर बसेकी एयर होस्टसलाई उनले जिस्काए थिए । पटक–पटक आग्रह गर्दा पनि उनले नमानेपछि एयर होस्टेसले क्याप्टेनलाई खबर गरेकी थिइन् ।
क्याप्टेन सुगम घिमिरेले घटनाबारे नागरिक उड्डयन प्राधिकरणको धनगढी कार्यालयलाई जानकारी गराए । प्राधिकरणले प्रहरीलाई सूचित गरेपछि विमान अवतरण हुनासाथ ओझालाई पक्राउ गरिएको हो ।
श्री एयरलाइन्सका धनगढी स्टेसन म्यानेजर गजेन्द्र शाहीका अनुसार, ओझाले सुरुमै सिटबेल्ट लगाउन मानेनन् र एयर होस्टेसलाई जिस्क्याउन थाले । उनले सीटको ह्यान्डलमा खुट्टा राखेर ग्यालरीमा हिँड्न असहज पार्ने हर्कत गरे । एयर होस्टेसले पानी दिन आउँदा खुट्टा अड्याउने जस्ता हर्कत गरे ।
उक्त उडान ४ बजे हुनुपर्नेमा ५० मिनेट ढिला गरी ४ः५० बजे मात्र धनगढीका लागि प्रस्थान गरेको थियो । क्याप्टेन सुगम घिमिरे र अलिस आचार्यले विमान उडाइरहेका थिए ।
हाल ओझालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । यस्ता घटनामा प्रायः विमान डाइभर्ट गरिने भए पनि यसपटक क्याप्टेनले गन्तव्यसम्म उडान जारी राखेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - १२:४३
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत बिहीबार बिहान सम्पन्न मतदानको मतगणना जारी छ। हालसम्म २,२७० भन्दा बढी मतमध्ये १,१३९ मत गनिसकिएको प्रार...
पौष ३ गते, २०८२ - १२:००
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उपमहासचिव पदको मतगणना जारी छ। प्रारम्भिक नतिजाअनुसार लेखराज भट्टले ४४० मत ल्याएर स्पष्ट अग्रता लिएका छ...
पौष ३ गते, २०८२ - ११:५४
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा जारी मतगणनामा महासचिव पदमा शंकर पोखरेलले स्पष्ट अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अ...
पौष ३ गते, २०८२ - ११:१५
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालको प्रशासनिक कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त...
पौष ३ गते, २०८२ - ११:०४
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनसँगै पार्टीभित्र नेतृत्व चयनको प्रतिस्पर्धा मात्रै होइन, भविष्यको राजनीतिक हैसियतबारे पनि गम्भीर बहस सुरु भएको ...
पौष ३ गते, २०८२ - १०:५४
काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको छ। मतगणनाको सुरुवाती चरण...
पौष २ गते, २०८२ - १०:५५
मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...
पौष २ गते, २०८२ - ०९:४६
विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु
पौष २ गते, २०८२ - ०९:४३
काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...
पौष २ गते, २०८२ - ०९:३९
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...




प्रतिकृया लेख्नुहोस्: