Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

जोखिममा पर्दै नौ दशक पुराना स्रेस्ता

खबरडबली संवाददाता

रुकुमपश्चिम । रुकुमपश्चिमको मालपोत कार्यालयमा रहेका ९२ वर्षअघिका जग्गाका स्रेस्ताहरू जोखिममा रहेका छन् । पुराना र जीर्ण बन्दै गएका कारण यी स्रेस्ताहरू जोगाउन मुस्किल भइरहेको मालपोत कार्यालयले जनाएको छ ।

मालपोत कार्यालयका प्रमुख ओमबहादुर खत्रीका अनुसार जग्गाका महत्वपूर्ण स्रेस्ताहरू जोगाउन समस्या भइरहेको छ । अहिले भाडामा रहेको मालपोत कार्यालयका दुई वटा कोठामा यी स्रेस्ताहरू राखिएका छन् । 

कार्यालय प्रमुख खत्रीका अनुसार विसं १९८९ सालमा भएको नापीदेखि हालसम्मका विभिन्न मितिमा भएका नापीका जग्गाको स्रेस्ताहरू सुरक्षित गर्न आवश्यक रहेको छ । विसं १९८९, १९९०, १९९६, १९९८, २०१५, २०१६, २०३२ र २०३६ सालमा नापी भएका जग्गाका कागजात झुत्रा बन्दै गएका छन् । विभिन्न मुद्दा तथा आवश्यकताको बेला यिनै स्रेस्ताहरू बलियो प्रमाणका रूपमा लिइन्छ । जग्गा दर्ता, मुद्दामामिला, अदालती प्रयोजन, साबिक लगतलगायतका प्रयोजनमा आवश्यक यी स्रेस्ता, मोठ तथा ढड्डाहरू सुरक्षित गर्न मालपोत विभाग, स्थानीय तथा प्रदेश सरकारलगायतले आवश्यक बजेट व्यवस्थापन गर्न आवश्यक रहेको मालपोतको माग रहेको छ । 

विसं १९८९, १९९०, १९९६ र १९९८ सालमा नापी, २०१५ र २०१६ सालमा खेतको लगत, २०३२ सालमा मिजमाना नम्बरी र २०३६ सालमा पाखातर्फको जग्गाको नापी गरिएको थियो । यी सबै अभिलेखहरू हालसम्म जसोतसो राखिएको तर जीर्ण बन्दै जाँदा मेटाउने जोखिम बढेको मालपोतको भनाइ रहेको छ । नापी भएका सालमा कायम गरिएका वनको चौहड्डी स्रेस्तासमेत मालपोतमा रहेका छन् । 

मालपोत प्रमुख खत्रीले हेर्दा खेरी साना तर महत्वपूर्ण कागजात सुरक्षित गर्न अत्यावश्यक रहेको बताए । उनले आवश्यक बजेट व्यवस्थापन गरेर बाइन्डिङ वा डिजिटल रूपमा सुरक्षित गर्न नसकिएमा स्रेस्ताहरू खेर जाने उल्लेख गरे । 

यसका साथै भूमि सुधारका ७ र २ नम्बर फारमसमेत जीर्ण बन्दै गएका छन् । ७ नं फाराममा हदबन्दी विवरण र २ नं मा जग्गाको हकभोगसम्बन्धी विवरण हुने राख्ने गरिन्छ । जग्गाका स्रेस्ता र यी फाराम सुरक्षित गर्न आवश्यक रहेको मालपोतको भनाइ छ ।  

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर ।  भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...

वारणमा ऐतिहासिक सफलता: गलगाँडको समस्या शून्यमा

काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...

स्थानीय उत्पादन प्रवर्धनमा सरकारले सहयोग गर्ने: मन्त्री परियार

पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...

श्चिम नवलपरासीमा चिसो बढेसँगै चोक–चोकमा दाउरा वितरण

पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...

त्रिविको ५१ औँ दीक्षान्त समारोह : २५ विद्यार्थीले पदक र पुरस्कार पाउने

  काठमाडौँ  । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...

ठेक्का तोडिएका सडक योजनाको नयाँ टेण्डर प्रक्रिया सुरु गर्न मन्त्री घिसिङको निर्देशन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...

अझै फर्किएनन् तनहुँका ६८ जना कैदीबन्दी

तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...

फैजुल्लाह आलमको निधनले प्रेस सेन्टर नेपालमा शोक

काठमाडौँ ।  प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...

चिनी माग्ने बहानामा घर पसेर ९० भन्दा बढी चोट

झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी

शेयर बजारमा ठगी र कृत्रिम मूल्य वृद्धि: ४९ लाख अवैध नाफा कमाएको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ

काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending