Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

जोखिममा पर्दै नौ दशक पुराना स्रेस्ता

खबरडबली संवाददाता

रुकुमपश्चिम । रुकुमपश्चिमको मालपोत कार्यालयमा रहेका ९२ वर्षअघिका जग्गाका स्रेस्ताहरू जोखिममा रहेका छन् । पुराना र जीर्ण बन्दै गएका कारण यी स्रेस्ताहरू जोगाउन मुस्किल भइरहेको मालपोत कार्यालयले जनाएको छ ।

मालपोत कार्यालयका प्रमुख ओमबहादुर खत्रीका अनुसार जग्गाका महत्वपूर्ण स्रेस्ताहरू जोगाउन समस्या भइरहेको छ । अहिले भाडामा रहेको मालपोत कार्यालयका दुई वटा कोठामा यी स्रेस्ताहरू राखिएका छन् । 

कार्यालय प्रमुख खत्रीका अनुसार विसं १९८९ सालमा भएको नापीदेखि हालसम्मका विभिन्न मितिमा भएका नापीका जग्गाको स्रेस्ताहरू सुरक्षित गर्न आवश्यक रहेको छ । विसं १९८९, १९९०, १९९६, १९९८, २०१५, २०१६, २०३२ र २०३६ सालमा नापी भएका जग्गाका कागजात झुत्रा बन्दै गएका छन् । विभिन्न मुद्दा तथा आवश्यकताको बेला यिनै स्रेस्ताहरू बलियो प्रमाणका रूपमा लिइन्छ । जग्गा दर्ता, मुद्दामामिला, अदालती प्रयोजन, साबिक लगतलगायतका प्रयोजनमा आवश्यक यी स्रेस्ता, मोठ तथा ढड्डाहरू सुरक्षित गर्न मालपोत विभाग, स्थानीय तथा प्रदेश सरकारलगायतले आवश्यक बजेट व्यवस्थापन गर्न आवश्यक रहेको मालपोतको माग रहेको छ । 

विसं १९८९, १९९०, १९९६ र १९९८ सालमा नापी, २०१५ र २०१६ सालमा खेतको लगत, २०३२ सालमा मिजमाना नम्बरी र २०३६ सालमा पाखातर्फको जग्गाको नापी गरिएको थियो । यी सबै अभिलेखहरू हालसम्म जसोतसो राखिएको तर जीर्ण बन्दै जाँदा मेटाउने जोखिम बढेको मालपोतको भनाइ रहेको छ । नापी भएका सालमा कायम गरिएका वनको चौहड्डी स्रेस्तासमेत मालपोतमा रहेका छन् । 

मालपोत प्रमुख खत्रीले हेर्दा खेरी साना तर महत्वपूर्ण कागजात सुरक्षित गर्न अत्यावश्यक रहेको बताए । उनले आवश्यक बजेट व्यवस्थापन गरेर बाइन्डिङ वा डिजिटल रूपमा सुरक्षित गर्न नसकिएमा स्रेस्ताहरू खेर जाने उल्लेख गरे । 

यसका साथै भूमि सुधारका ७ र २ नम्बर फारमसमेत जीर्ण बन्दै गएका छन् । ७ नं फाराममा हदबन्दी विवरण र २ नं मा जग्गाको हकभोगसम्बन्धी विवरण हुने राख्ने गरिन्छ । जग्गाका स्रेस्ता र यी फाराम सुरक्षित गर्न आवश्यक रहेको मालपोतको भनाइ छ ।  

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

६३ उपसचिवको सरूवा, अधिकांश प्रशासकीय अधिकृतको जिम्मेवारीमा

काठमाडौं । सरकारले ६३ जन उपसचिवको सरूवा गरेको छ  । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरूवा गरेको हो । सरूवा भएका मध्ये निमित्तको भरमा चल...

भानुआटुमा शक्तिशाली भूकम्प

सिड्नी । प्रशान्त महासागरको द्वीप राष्ट्र भानुआटु नजिक शक्तिशाली भूकम्प गए पनि ठूलो क्षतिको जोखिम कम देखिएको छ । युएसजिएसका अनुसार सोमबार ७.३ म्याग्नि...

महासङ्घद्वारा १३ जना ज्येष्ठ पत्रकारलाई वार्षिक पेन्सन

झापा । नेपाल पत्रकार महासङ्घ झापा शाखाले आज १३ जना ज्येष्ठ पत्रकारलाई पेन्सनस्वरुप वार्षिक भत्ता वितरण गरेको छ । महासङ्घको ७१औँ स्थापना दिवसका अवसरमा ...

तमोर करिडोर सडक कालोपत्रे भएपननि पुल निर्माणमा ढिलासुस्तीले यात्रुललाई सास्ती

धनकुटा । पूर्वी पहाडलाई चीन र भारतसँग जोड्ने लक्ष्यसहित निर्माणाधीन तमोर करिडोरमा सडक कालोपत्रे भए पनि मोटरेबल पुल निर्माणमा ढिलासुस्ती हुँदा यात्रुहर...

वीर अस्पतालमा आजदेखि महिलाका लागि निःशुल्क क्यान्सर परीक्षण सुरु

काठमाडौं । वीर अस्पतालमा आजदेखि महिलाका लागि निःशुल्क क्यान्सर परीक्षण सेवा सुरु गरिएको छ। काठमाडौं महानगरपालिकाको सहकार्यमा सुरु गरिएको उक्त सेवाअ...

चैते धानको समर्थन मूल्य सिफारिस

काठमाडौँ । कृषि विभागले चैते धानको समर्थन मूल्य सिफारिस गरेको छ । विभागले किसानलाई उचित मूल्य सुनिश्चित गर्न विभिन्न २५ जिल्लामा स्थलगत अध्ययनसहितको प...

प्रतिवेदनहरूको कार्यान्वयन र कानूनी प्रक्रियामा सरकारी अडान

काठमाडाेैं ।  सरकारले विभिन्न समयमा गठन गरेका छानबिन समिति र आयोगका प्रतिवेदनहरूलाई दराजमा थन्क्याउने नभई कार्यान्वयन गर्ने दिशामा अगाडि बढेको सरकारका...

एसईई परीक्षा र ब्रिज कोर्स सञ्चालनमा कडाइ

काठमाडाैं । शिक्षा क्षेत्रको सुधार र विद्यार्थीहरूको मानसिक स्वास्थ्यलाई ध्यानमा राख्दै सरकारले केही महत्वपूर्ण कदमहरू चालेको छ । सरकारका प्रवक्ता ...

सहकारी ठगीमा परेका साना बचतकर्ताहरुको रकम फिर्ता गर्ने गृहकार्यमा सरकार

काठमाडौं । सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले प्रदेश र संघीय सरकारबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जो...

कार्की आयोगको प्रतिवेदन: उपसचिव सुवास पौडेललाई पुरस्कृत गर्न सिफारिस

काठमाडौं । जेन्जी प्रदर्शनका क्रममा भएका घटनाको छानबिन गर्न गठित कार्की आयोगले नेपाल सरकारका उपसचिव सुवास पौडेललाई पुरस्कृत गर्न सिफारिस गरेको छ। ग...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending