तम्घास । धुर्कोट गाउँपालिका–३ हाडहाडेमा सञ्चालित ठूलामूल लिफ्टिङ खानेपानी आयोजनाबाट पाँच सय ५९ घरमा खानेपानी सुविधा उपलब्ध भएको छ । आर्थिक वर्ष २०७६/७७ मा सुरु भएको उक्त योजना हालै सम्पन्न भएको हो ।
एउटै आयोजनाबाट यति धेरै घरमा शुद्ध पेयजलको व्यवस्था भएको धुर्कोट पालिकाको यो पहिलो ठूला खानेपानी आयोजना हो । आयोजनाबाट हाडहाडेका मोटिखर्क, निन्यूखर्क, पाथ्थरपानी, अबुवा, सिर्बु, मोरमारेलगायत टोलका बासिन्दा लाभान्वित भएका छन् ।
आयोजनाबाट झण्डै दुई हजार दुई सयभन्दा बढी अप्रत्यक्ष रुपमा लाभान्वित भएका छन् । सैनिक प्रावि, वडा कार्यालय, स्वास्थ्य चौकीलगायत संस्थाहरुमा यसै आयोजनाको पानी उपलब्ध गराइएको छ । दैनिक रुपमा घरमै पानी आएपछि स्थानीयको दैनिकी फेरिएको छ ।
“पहिले(पहिले एक घण्टा हिँडेर पानी लिन जानुपथ्र्यो ।” स्थानीय ६८ वर्षीया मनकुमारी थापाले भने, “अहिले घरमै पानी आउदा सहज भएको छ ।” पहिले खेताला लगाएर पानी ल्याएको उनले बताए ।
ठुलामूल खानेपानी उपभोक्ता समितिका सचिव नीरबहादुर घमले आयोजना सम्पन्न गर्न चार करोडभन्दा बढी खर्च भएको बताए । आयोजना सम्पन्न भएसँगै हाडहाडेका पाँच सय ५९ घरमा धारा जडान भएका छन् । धुर्कोट गाउँपालिकामा पाँच हजार तीन सय ८२ घर छन् । हाल पालिकाका अधिकांश घरमा स्वच्छ पानीको सुविधा उपलब्ध छ
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १६ गते, २०८२ - २१:४४
काठमाडौं । सरकारले ६३ जन उपसचिवको सरूवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरूवा गरेको हो । सरूवा भएका मध्ये निमित्तको भरमा चल...
चैत्र १६ गते, २०८२ - २१:२१
सिड्नी । प्रशान्त महासागरको द्वीप राष्ट्र भानुआटु नजिक शक्तिशाली भूकम्प गए पनि ठूलो क्षतिको जोखिम कम देखिएको छ । युएसजिएसका अनुसार सोमबार ७.३ म्याग्नि...
चैत्र १६ गते, २०८२ - २१:२०
झापा । नेपाल पत्रकार महासङ्घ झापा शाखाले आज १३ जना ज्येष्ठ पत्रकारलाई पेन्सनस्वरुप वार्षिक भत्ता वितरण गरेको छ । महासङ्घको ७१औँ स्थापना दिवसका अवसरमा ...
चैत्र १६ गते, २०८२ - २१:१७
धनकुटा । पूर्वी पहाडलाई चीन र भारतसँग जोड्ने लक्ष्यसहित निर्माणाधीन तमोर करिडोरमा सडक कालोपत्रे भए पनि मोटरेबल पुल निर्माणमा ढिलासुस्ती हुँदा यात्रुहर...
चैत्र १६ गते, २०८२ - २१:१४
काठमाडौं । वीर अस्पतालमा आजदेखि महिलाका लागि निःशुल्क क्यान्सर परीक्षण सेवा सुरु गरिएको छ। काठमाडौं महानगरपालिकाको सहकार्यमा सुरु गरिएको उक्त सेवाअ...
चैत्र १६ गते, २०८२ - २१:०४
काठमाडौँ । कृषि विभागले चैते धानको समर्थन मूल्य सिफारिस गरेको छ । विभागले किसानलाई उचित मूल्य सुनिश्चित गर्न विभिन्न २५ जिल्लामा स्थलगत अध्ययनसहितको प...
चैत्र १६ गते, २०८२ - २०:३३
काठमाडाेैं । सरकारले विभिन्न समयमा गठन गरेका छानबिन समिति र आयोगका प्रतिवेदनहरूलाई दराजमा थन्क्याउने नभई कार्यान्वयन गर्ने दिशामा अगाडि बढेको सरकारका...
चैत्र १६ गते, २०८२ - २०:३०
काठमाडाैं । शिक्षा क्षेत्रको सुधार र विद्यार्थीहरूको मानसिक स्वास्थ्यलाई ध्यानमा राख्दै सरकारले केही महत्वपूर्ण कदमहरू चालेको छ । सरकारका प्रवक्ता ...
चैत्र १६ गते, २०८२ - २०:२८
काठमाडौं । सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले प्रदेश र संघीय सरकारबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जो...
चैत्र १६ गते, २०८२ - १८:५१
काठमाडौं । जेन्जी प्रदर्शनका क्रममा भएका घटनाको छानबिन गर्न गठित कार्की आयोगले नेपाल सरकारका उपसचिव सुवास पौडेललाई पुरस्कृत गर्न सिफारिस गरेको छ। ग...


प्रतिकृया लेख्नुहोस्: