Khabar Dabali २८ मंसिर २०८२ शनिबार | 13th December, 2025 Sat
Investment bank

संघर्ष गरेको ७ वर्षपछी 'मोदिबेनी'बाट फिल्ममा डेब्यु गर्दै स्नेहा भट्टराई

खबरडबली संवाददाता

सुनसरी ।  जब उमेरले बामे सर्दैगर्दा आमाबुवाले ठूलो भएपछि के बन्छस् ? भनेर सोध्दा अधिकांशको जवाफ हुन्छ डाक्टर बन्ने, पाईलाट बन्ने, इन्जिनियर बन्ने आदि इत्यादि । तर, म हिरोनी बन्छु, हिरो बन्छु, टेलिभिजनमा देखिने मान्छे बन्छु भनेर कमैले भन्छन् ।

अहिले त्यही थोरैमा पर्छिन् स्नेहा भट्टराई । उनले बामे सर्दै गर्दा जे बोलिन् त्यही बाटो अंगाल्न लागिपरेकी छन् । उनले आफ्नो डेब्यु फिल्म रिलिजको संघारमा आउदै गर्दा आफुले सानो छँदा आमाको तँ ठुली भएर के बन्छन् ? भन्ने प्रश्नमा आफू टेलिभिजन भित्र पस्छु भन्ने जवाफ दिएको स्मरण गरिन् ।

त्यही बालापनदेखीको छनकलाई अनि त्यो अवोध सपनालाई पूरा गर्न स्नेहा अहिले फ्रन्ट लाईनमा आउने तर्खर गर्दैछिन् । उनको डेब्यु रहने फिल्म ‘मोदिबेनी’ यहि श्रावणको १८ गतेदखी प्रदर्शनमा आउँदै छ ।

यो फिल्म जब जब प्रदर्शनको नजिक आउदैछ, तब तब उनमा त्यो बालापनदेखीकै सपना साकारको नजिक पुग्दै गरेको अर्को सपना देखीरहेकि छन् । फिल्ममा उनी सहायक अभिनेत्रीको भुमिकामा देखिँदै छिन् । अब उनको अभिनयलाई दर्शकले कत्तिको रुचाउने वा नरुचाउने भन्ने कुरा जान्न त फिल्म रिलिज पर्खनै पर्ने हुन्छ । तर, फिल्मको क्यारेक्टरले मागेको सतप्रतिसत आफुले दिएको स्नेहा बताउँछिन् ।

कोशी प्रदेशको मुटुको रुपमा परिचीत इटहरीकि चेली हुन् स्नेहा । उनले आफ्नो सपना पुरा गर्ने यात्रा सौन्दर्य प्रतियोगिताबाट सुरु गरिन् । उमेरले १७ वर्ष टेक्दैगर्दा स्नेहाले इटहरीमा आयोजना भएको ‘मिस कलेज नेशनल (२०१७’मा सहभागी भईन् । उक्त सौन्दर्य प्रतियोगितामा फर्स्ट रनरअप हुँदै अन्तर्राष्ट्रिय भ्रमणको अवसर पाएसंगै कला क्षेत्र प्रवेशको लागी बाटो खुलेको उनी बताउँछिन् ।

यसरी हेर्दा उनले कला यात्राको सुरुआत गरेको ७ वर्ष भैसकेको छ । उनको पहिलो म्युजिक भिडियो ‘बिहानी’ हो । ५ वर्षअघि सार्वजनिक उक्त गीतलाई प्रन्जल पोख्रेलले गाएका थिए । त्यसपछि उनले ‘नौडाँडा पारी’, ‘खोला जस्तो जिन्दगी’ जस्ता गीतहरूमा अभिनय गरेकी छन् ।

यस्तै उनले ‘मिसयुज’ नामक लघुचलचित्रमा समेत अभिनय गरेकी छन् । स्नेहाले मुकुन भुसालसंग १ महिनाको अभिनय प्रशिक्षण लिएकी थिइन् ।

सिक्ने क्रमको अन्त्य कहिले नहुने भन्ने कुरा बुझेकी स्नेहाले अभिनयमा अझै निखार ल्याउन अनुप बरालसंग अभिनयको प्रशिक्षण लिने सोच बनाएकी छन् । अभिनयलाई नै आफ्नो करियर बनाएकी उनले मेघा टेलिभिजनमा कार्यक्रम प्रस्तोताको रुपमा पनि केही समय काम गरेको अनुभव छ भने हालसम्म झण्डै ३५ ओटा कमर्सियल टेलिभिजन बिज्ञापनमा समेत अभिनय गरिसकेकी छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेको ११औँ महाधिवेशनः भीड देखाउने प्रतिस्पर्धामा सत्यभन्दा प्रचारलाई प्राथमिकता

जनलहर देखाउने होडमा एमाले कार्यकर्ताले फैलाए फेक तस्बिर

सल्लाघारीको दृश्य भन्दै ‘फेक’ फोटो भाइरल, एमाले महाधिवेशनको जनसहभागितामाथि भ्रम फैलाउने प्रयास

काठमाडौं । भक्तपुरको सल्लाघारीमा शनिबार आयोजित नेकपा एमालेको ११औँ महाधिवेशन उद्घाटन समारोहको स्थलको भन्दै एउटा ‘फेक’ फोटो सामाजिक सञ्जालमा भाइरल भइरहे...

थामी समुदायका विद्यार्थीलाई भीमकमल फाउण्डेसनद्वारा न्यानो कपडा वितरण

दोलखा । भीमेश्वर नगरपालिका–२ स्थित सामुदायिक तिखातल प्राथमिक विद्यालयमा अध्ययनरत विपन्न तथा सीमान्तकृत थामी समुदायका बालबालिकालाई न्यानो कपडा (ट्रयाक ...

नेता थुप्रिँदै, जनाधार खुम्चिँदै : नयाँ नेकपाको प्रारम्भिक यात्रामै गम्भीर प्रश्न

काठमाडौं। नेपालको वाम राजनीतिमा फेरि एकपटक एकताको झण्डा फहराउँदै नयाँ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको छ। पार्टीका शीर्ष नेताहरूले यसलाई देशक...

१४ दलको एकताले नेकपालाई देशकै एक नम्बर पार्टी बनाउँछ : प्रचण्ड

विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी निर्माणतर्फ अघि बढेका हाैं

कुलकै बेइज्जती: तीर्थराज भट्टराईको नामले आज हामी सबै लज्जित छौँ

काठमाडौँ। आज यो लेख लेख्दा हात काँपिरहेको छ। कलम चलिरहे पनि मन भारी छ। हृदय भित्र एउटा अनकहिँदो पीडा बसी रहेको छ, जुन शब्दमा उतार्न सजिलो छैन। नेपा...

काठमाडौँ महानगरकी उपमेयर सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधि मनोनित

काठमाडौँ । नेकपा (एमाले) ले काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोललाई पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा मनोनयन गरेको छ । एमालेले व...

एमाले ११औँ महाधिवेशन आजदेखि, सल्लाघारीमा तीन लाखको शक्ति प्रदर्शन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा हु...

भिजिट भिसा काण्डका आरोपी तीर्थराज भट्टराई २५ लाख धरौटीमा रिहा

काठमाडौँ । भिजिट भिसा प्रकरणमा मुछिएका तत्कालीन अध्यागमन कार्यालय प्रमुख तीर्थराज भट्टराई २५ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। भ्रष्टाचार र सम्पत्ति ...

नाति बोकेर, रात छिचोलेर: ओली महाधिवेशनमा कार्यकर्ताको भीड, मनमा भने द्विविधा

भक्तपुर । नेकपा एमालेको ११औँ महाधिवेशनमा सहभागी हुन देशभरका जिल्ला–जिल्लाबाट कार्यकर्ताहरू बिहानै भक्तपुर आइपुगेका छन्। खेतीपाती र दैनिक काम छाडेर गाड...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending