सिन्धुली । सिन्धुली जिल्लाका विभिन्न ग्रामीण सडकमा पर्ने खोलाहरूमा बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा हालसम्म १० वटा पक्की पुल निर्माण भएका छन् । जिल्लाका विभिन्न खोला तथा नदीमा निर्माणाधीन १२ वटा पक्की पुलमध्ये गत आर्थिक वर्ष २०८०/८१ को असार मसान्तसम्म १० वटा पुल निर्माण सम्पन्न भई सञ्चालनमा आएको पूर्वाधार विकास कार्यालय सिन्धुलीले जनाएको छ ।
सो कार्यालयका अनुसार गत आव २०८०/८१ मा मात्रै तीन वटा पक्की पुल निर्माण सम्पन्न भयो । कमलामाई नगरपालिका–५ र ६ लाई जोड्ने ग्वाङ्खोला कारागार पुल, हरिहरपुरगढी–७ मा क्यानखोला पुल र दुधौली नगरपालिकाको बटाहा–फेदी पित्लेभन्ज्याङ सडक अन्तर्गत फेदी कुमराह पुल सम्पन्न भएका हुन् ।
कार्यालयका सूचना अधिकारी तथा इन्जिनियर हेमन्त बजगाईंले बाँकी निर्माणाधीन हरिहरपुरगढी गाउँपालिका–२ र ४ लाई जोड्ने मरिणखोला पुल र सुनकोशी गाउँपालिका–७ को आरुबोटेखोला पुल चालु आव २०८१/८२ को असार मसान्तसम्म सकिने जानकारी दिए ।
आव २०८०/८१ मा सम्पन्न तीन वटा पक्की पुलमध्ये ८० मिटर लम्बाइको क्यानखोला पुल आठ करोड ५३ लाख पाँच हजार पाँच सय रुपियाँ लागतमा रसुवा इलाइट जेभी निर्माण कम्पनीले सम्पन्न गरेको हो । उक्त पुल निर्माणका लागि २०७७ असार २९ गते निर्माण कम्पनीसँग सम्झौता भएको उनले जानकारी दिए ।
त्यस्तै ३० मिटर लम्बाइको ग्वाङखोला कारागार पुल पाँच करोड ४१ लाख ९५ हजार ७७५ रुपियाँको लागतमा केएस देवीरमण जेभीले निर्माण सम्पन्न गरेको हो । उक्त पुल निर्माणका लागि निर्माण कम्पनीसँग २०७५ भदौ २५ गते सम्झौता गरी काम सुरु गरिएको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार दुधौली नगरपालिकाको बटाहा–फेदी पित्लेभन्ज्याङ सडक अन्तर्गत फेदी कुमराह पुल तामाङ मरिण कन्स्ट्रक्सन निर्माण कम्पनीले तीन करोड ९६ लाख ८७ हजार रुपियाँको लागतमा सम्पन्न गरेको हो । उक्त पुल २०७९ असारमा सम्झौता गरी निर्माण सुरु गरिएको थियो । गत वर्ष असारसम्म सात वटा र यो वर्ष तीन वटा गरी हालसम्म १० वटा पक्की पुल निर्माण सम्पन्न भएका हुन् । निर्माण सम्पन्न भई सञ्चालन भएका अन्य पुलमा कमलामाई नगरपालिकाको मधुटार–ग्वाङखोला पुल, कमलामाई नगरपालिकाकै गँड्यौलीखोला पुल, तीनपाटन गाउँपालिकाको लङ्गुरखोला पुल, फिक्कल गाउँपालिकाको वाक्सुखोला पुल र सुनकोशी गाउँपालिकाको धोबीखोला पुल हुन् । कमलामाई नगरपालिका–९ र १० जोड्ने कमला नदी पुल र कमलामाई नगरपालिकाकै लुङ्गेलीटार बौलाखोला पुल रहेका कार्यालयले जनाएको छ ।
गत आव २०८०/८१ मा नै जिल्लाको विभिन्न स्थानमा आवतजावत गर्ने अत्यावश्यक सडकमा पर्ने खोलाहरूमा छ वटा नयाँ पक्की पुल निर्माणका लागि डिपिआर तयार गरी ठेक्का लागिसकेको छ । ठेक्का लागेका नयाँ पक्की पुलमा गोलन्जोर गाउँपालिकामा बारा–घोक्सिला पुल, घ्याङलेख गाउँपालिकामा तामाजोरखोला पुल, टाँडीखोला पुल, सुनकोशी गाउँपालिका–५ मा भोटेखोला पुल, कमलामाई नगरपालिका–२ मा चियाबारी–केवरे सडक अन्तर्गत ग्वाङ्खोला पुल र कमलामाई नगरपालिका–४ मा नै ग्वाङ्खोला पुल छन् । बारा–घोक्सिला पुलको निर्माण अवधि डेढ वर्ष रहेको र बाँकी अरू पुलको निर्माण अवधि एक वर्ष रहेको कार्यालयले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ३१ गते, २०८३ - २२:०१
बनेपा। वैशाख २४ गते साँझ तीन वटा गाडी बनेपास्थित रेडक्रस तालिम केन्द्र अगाडि रोकिए । गाडीभित्र थिए काठमाडौं उपत्यकाका विभिन्न सुकुमबासी बस्तीबाट हटाइए...
बैशाख ३१ गते, २०८३ - २१:३९
काठमाडौं । प्रतिनिधिसभामा सरकार र विपक्षीबीचको टकराव झन् तीव्र बनेको छ । प्रधानमन्त्री बालेन शाहको अनुपस्थितिमा अर्थमन्त्री स्वर्णीम वाग्लेले नीति तथा...
बैशाख ३१ गते, २०८३ - २१:३२
काठमाडौं । प्रतिनिधिसभामा तनाव चुलिएको छ । सभामुख डिपी आर्यालले विपक्षीको विरोधबीच पनि बैठकको कारबाही अघि बढाएपछि तीन विपक्षी दलले संसद् बैठक बहिस्कार...
बैशाख ३१ गते, २०८३ - २१:२६
काठमाडौं । श्रम संस्कृति पार्टीले संसद बैठक बहिष्कार गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाह नीति तथा कार्यक्रममा उठेका प्रश्नमाथि जवाफ दिन नआउने भएपछि ...
बैशाख ३१ गते, २०८३ - २०:१६
काठमाडौं । पूर्वमन्त्री विक्रम पाण्डे ४ लाख धरौटीमा छोड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ । इबिडिङको सफ्टवेयरमा अनधिकृत प्रवेश गरेर ठेक्का हत्या...
बैशाख ३१ गते, २०८३ - २०:१०
काठमाडौं । प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ। विपक्षी दलका सांसदहरूले नीति तथा कार्यक्रममाथि जवाफ दिन प्रधानमन्त्री बालेन शाह नै उपस्थ...
बैशाख ३१ गते, २०८३ - २०:०५
संरक्षण नहुँदा जोखिममा नेपालको दुर्लभ इतिहास
बैशाख ३१ गते, २०८३ - १९:५९
काठमाडौं । काठमाडौंको ककिर्तिपुुरमा प्रहरीले गोली चलाएर हत्या अभियोगका मुख्य आरोपीलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार विपिन घिमिरे हत्या प्रकरणमा संल...
बैशाख ३० गते, २०८३ - १९:१२
काठमाडौं । नक्कली सुन धितो राखी ५ लाख रुपैयाँ ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१४ बस्न...
बैशाख ३० गते, २०८३ - १९:११
काठमाडौं । संसद् अधिवेशन नभएको बेला सरकारले ल्याएका अध्यादेशहरू अब संघीय संसद्मै अड्किने संकेत देखिएको छ । विपक्षी दलहरूले ती अध्यादेश अस्वीकार गरियोस...



प्रतिकृया लेख्नुहोस्: