काठमाडौं । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको हाडजोर्नी विभागअन्तर्गत रहेको आथ्र्रोस्कोपी तथा आथ्र्रोप्लाष्टिक विभागले आज आयोजना गरेको कार्यक्रममा सर्जरी गरेका विरामीले आफूलाई हिँडडुलमा धेरै सहज भएको बताएका हुन् ।
अस्पतालका आथ्र्रोस्कोपी तथा आथ्र्रोप्लाष्टिक विशेषज्ञ एवम् अर्थोपेडिक सर्जन डा विभुतीनाथ मिश्रले आथ्र्रोस्कोपी सर्जरी दुरविन पद्दतीबाट विभिन्न जोर्नीहरुको रोग पत्ता लगाउने प्रक्रिया तथा उपचार पद्दती भएको बताए ।
सानो सानो प्वाल पारेर दूरबिनको सहयोगमा जाँच्ने र जाँच्दा देखिएका रोगको उपचार गर्ने प्रविधिलाई आथ्र्रोस्कोपी भनिने उनको भनाई थियो । उहाँले ग्राण्डी अस्पतालले हालसम्म अर्थोपेडिक सर्जरी सयभन्दा बढी गरिसकेको बताए । डा मिश्रले आर्थोस्कपिक प्रविधीद्वारा मानव शरीरमा भएको जोर्नीहरु जस्तै, घुँडा, कुम, कुहिनो, नितम्ब, खुट्टा र नाडीको जोर्नि भित्रको रोगको निदान र उपचार गर्न सम्भव हुने बताए ।
कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक डाक्टर विनोद विजुक्छेले सबै घुँडाका विरामीले घुँडा दुख्दैमा शल्यक्र्रिया गर्नुपर्छ भन्ने नरहेको बताए । “कुनै रोग फिजियोथेरापीबाट र कुनै रोग औषधीबाट निको हुन्छ, दुबैबाट निको नभएका विरामीलाई बल्ल शल्यक्र्या गरिन्छ,”– उनले भने ।
उनले खेलकुदसँग सम्बन्धित चोटपटकलाई उपचार गर्ने विधि आथ्र्रोस्कोपी सर्जरी भएको बताए । उक्त सर्जरीबाट खेलाडीहरु पुन खेल क्षेत्रमा फर्कन सहज हुने गरेको डा विजुक्छेको भनाई छ ।आथ्र्रोस्कोपी सर्जरी गरेका बिरामीहरुले पनि फुटबल खेल्न सक्छन र अन्य सामान्य दौड धुप समेत गर्न सक्छन भन्ने देखाउन डाक्टर, बिरामी र फिजियोथेरापीस्ट सहितको फुटसल प्रतियोगिता समेत आयोजन गरिएको थियो ।
लामो समयदेखि घुँडाको समस्या भएका विरामीले आथ्र्रोस्कोपी सर्जरी गरेपछि हिँडडुल गर्न सहज भएको बताएका छन् ।
कार्यक्रममा १२ वर्षदेखि घुँडाको समस्या देखिएका डिकेश मल्होत्राले आफूलाई फुटबल खेल्दा घुँडा सारै दुख्ने र डाक्टरकोमा जाँदा ठिक छ मात्र भन्ने गरेपनि रोग पत्ता लगाउन नसक्दा समस्या भएको बताए । “ग्राण्डीमा आएर घुँडा देखाउँदा आथ्र्रोस्कोपी सर्जरीको सल्लाह दिएपछि उक्त सर्जरी गर्दा मलाई ठिक भएको हो,”– उनले भने । १२ वर्षदेखि कुनै डाक्टरले नदेखेको समस्या ग्राण्डीले देखेर सन्चो बनाईदिएकोमा आफूलाई ज्यादै खुशी लागेको बताए ।
यस्तै, विश्मा राईको पनि घुँडा दुख्ने समस्या लामो समयदेखिको हो । हिँडडुल गर्न समस्या भएकी विश्मापनि ग्राण्डीमा आएर सर्जरी गरेपछि ठिक भए । उनले सर्जरी गरेको चार महिनापछि हिँडेर सगरमाथा आधारशिविर पुगेको आफ्नो अनुभव कार्यक्रममा सुनाए ।
पोखराका दीपक पौडेलको पनि आथ्र्रोस्कोपी सर्जरीबाट घुँडा दुख्ने समस्या कम हुँदै गएको छ । “ग्राण्डीका डाक्टर र नर्सको व्यवहारले मलाई चाँडो निको हुन मद्दत पुग्यो,”– उनले भने । उनको घुँडा लक भएको कारण घुँडाको केही भाग डाक्टरले खुर्केर फालेका थिए ।
नेपाल इनभेष्टमेन्ट मेगा बैँक जोरपाटी शाखाका शाखा प्रबन्धक दिवाकर चालिसे पनि ग्राण्डीले दिएको सेवाबाट सन्तुष्ट हुनुहुन्छ । उहाँले उक्त अस्पतालका थेरापिस्टले दिएको सेवा सारै राम्रो लागेको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १६ गते, २०८२ - २१:४४
काठमाडौं । सरकारले ६३ जन उपसचिवको सरूवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरूवा गरेको हो । सरूवा भएका मध्ये निमित्तको भरमा चल...
चैत्र १६ गते, २०८२ - २१:२१
सिड्नी । प्रशान्त महासागरको द्वीप राष्ट्र भानुआटु नजिक शक्तिशाली भूकम्प गए पनि ठूलो क्षतिको जोखिम कम देखिएको छ । युएसजिएसका अनुसार सोमबार ७.३ म्याग्नि...
चैत्र १६ गते, २०८२ - २१:२०
झापा । नेपाल पत्रकार महासङ्घ झापा शाखाले आज १३ जना ज्येष्ठ पत्रकारलाई पेन्सनस्वरुप वार्षिक भत्ता वितरण गरेको छ । महासङ्घको ७१औँ स्थापना दिवसका अवसरमा ...
चैत्र १६ गते, २०८२ - २१:१७
धनकुटा । पूर्वी पहाडलाई चीन र भारतसँग जोड्ने लक्ष्यसहित निर्माणाधीन तमोर करिडोरमा सडक कालोपत्रे भए पनि मोटरेबल पुल निर्माणमा ढिलासुस्ती हुँदा यात्रुहर...
चैत्र १६ गते, २०८२ - २१:१४
काठमाडौं । वीर अस्पतालमा आजदेखि महिलाका लागि निःशुल्क क्यान्सर परीक्षण सेवा सुरु गरिएको छ। काठमाडौं महानगरपालिकाको सहकार्यमा सुरु गरिएको उक्त सेवाअ...
चैत्र १६ गते, २०८२ - २१:०४
काठमाडौँ । कृषि विभागले चैते धानको समर्थन मूल्य सिफारिस गरेको छ । विभागले किसानलाई उचित मूल्य सुनिश्चित गर्न विभिन्न २५ जिल्लामा स्थलगत अध्ययनसहितको प...
चैत्र १६ गते, २०८२ - २०:३३
काठमाडाेैं । सरकारले विभिन्न समयमा गठन गरेका छानबिन समिति र आयोगका प्रतिवेदनहरूलाई दराजमा थन्क्याउने नभई कार्यान्वयन गर्ने दिशामा अगाडि बढेको सरकारका...
चैत्र १६ गते, २०८२ - २०:३०
काठमाडाैं । शिक्षा क्षेत्रको सुधार र विद्यार्थीहरूको मानसिक स्वास्थ्यलाई ध्यानमा राख्दै सरकारले केही महत्वपूर्ण कदमहरू चालेको छ । सरकारका प्रवक्ता ...
चैत्र १६ गते, २०८२ - २०:२८
काठमाडौं । सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले प्रदेश र संघीय सरकारबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जो...
चैत्र १६ गते, २०८२ - १८:५१
काठमाडौं । जेन्जी प्रदर्शनका क्रममा भएका घटनाको छानबिन गर्न गठित कार्की आयोगले नेपाल सरकारका उपसचिव सुवास पौडेललाई पुरस्कृत गर्न सिफारिस गरेको छ। ग...


प्रतिकृया लेख्नुहोस्: