Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

ग्राण्डीमा आर्थोस्कोपी शल्यक्रिया गरेका बिरामीहरूको फुटसल प्रतियोगिता

खबरडबली संवाददाता

काठमाडौं । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको हाडजोर्नी विभागअन्तर्गत रहेको आथ्र्रोस्कोपी तथा आथ्र्रोप्लाष्टिक विभागले आज आयोजना गरेको कार्यक्रममा सर्जरी गरेका विरामीले आफूलाई हिँडडुलमा धेरै सहज भएको बताएका हुन् ।

अस्पतालका आथ्र्रोस्कोपी तथा आथ्र्रोप्लाष्टिक विशेषज्ञ एवम् अर्थोपेडिक सर्जन डा विभुतीनाथ मिश्रले आथ्र्रोस्कोपी सर्जरी दुरविन पद्दतीबाट विभिन्न जोर्नीहरुको रोग पत्ता लगाउने प्रक्रिया तथा उपचार पद्दती भएको बताए ।

सानो सानो प्वाल पारेर दूरबिनको सहयोगमा जाँच्ने र जाँच्दा देखिएका रोगको उपचार गर्ने प्रविधिलाई आथ्र्रोस्कोपी भनिने उनको भनाई थियो । उहाँले ग्राण्डी अस्पतालले हालसम्म अर्थोपेडिक सर्जरी सयभन्दा बढी गरिसकेको बताए । डा मिश्रले आर्थोस्कपिक प्रविधीद्वारा मानव शरीरमा भएको जोर्नीहरु जस्तै, घुँडा, कुम, कुहिनो, नितम्ब, खुट्टा र नाडीको जोर्नि भित्रको रोगको निदान र उपचार गर्न सम्भव हुने बताए ।

कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक डाक्टर विनोद विजुक्छेले सबै घुँडाका विरामीले घुँडा दुख्दैमा शल्यक्र्रिया गर्नुपर्छ भन्ने नरहेको बताए । “कुनै रोग फिजियोथेरापीबाट र कुनै रोग औषधीबाट निको हुन्छ, दुबैबाट निको नभएका विरामीलाई बल्ल शल्यक्र्या गरिन्छ,”– उनले भने ।
उनले खेलकुदसँग सम्बन्धित चोटपटकलाई उपचार गर्ने विधि आथ्र्रोस्कोपी सर्जरी भएको बताए । उक्त सर्जरीबाट खेलाडीहरु पुन खेल क्षेत्रमा फर्कन सहज हुने गरेको डा विजुक्छेको भनाई छ ।आथ्र्रोस्कोपी सर्जरी गरेका बिरामीहरुले पनि फुटबल खेल्न सक्छन र अन्य सामान्य दौड धुप समेत गर्न सक्छन भन्ने देखाउन डाक्टर, बिरामी र फिजियोथेरापीस्ट सहितको फुटसल प्रतियोगिता समेत आयोजन गरिएको थियो ।

लामो समयदेखि घुँडाको समस्या भएका विरामीले आथ्र्रोस्कोपी सर्जरी गरेपछि हिँडडुल गर्न सहज भएको बताएका छन् ।

कार्यक्रममा १२ वर्षदेखि घुँडाको समस्या देखिएका डिकेश मल्होत्राले आफूलाई फुटबल खेल्दा घुँडा सारै दुख्ने र डाक्टरकोमा जाँदा ठिक छ मात्र भन्ने गरेपनि रोग पत्ता लगाउन नसक्दा समस्या भएको बताए । “ग्राण्डीमा आएर घुँडा देखाउँदा आथ्र्रोस्कोपी सर्जरीको सल्लाह दिएपछि उक्त सर्जरी गर्दा मलाई ठिक भएको हो,”– उनले भने । १२ वर्षदेखि कुनै डाक्टरले नदेखेको समस्या ग्राण्डीले देखेर सन्चो बनाईदिएकोमा आफूलाई ज्यादै खुशी लागेको बताए ।

यस्तै, विश्मा राईको पनि घुँडा दुख्ने समस्या लामो समयदेखिको हो । हिँडडुल गर्न समस्या भएकी विश्मापनि ग्राण्डीमा आएर सर्जरी गरेपछि ठिक भए । उनले सर्जरी गरेको चार महिनापछि हिँडेर सगरमाथा आधारशिविर पुगेको आफ्नो अनुभव कार्यक्रममा सुनाए ।

पोखराका दीपक पौडेलको पनि आथ्र्रोस्कोपी सर्जरीबाट घुँडा दुख्ने समस्या कम हुँदै गएको छ । “ग्राण्डीका डाक्टर र नर्सको व्यवहारले मलाई चाँडो निको हुन मद्दत पुग्यो,”– उनले भने । उनको घुँडा लक भएको कारण घुँडाको केही भाग डाक्टरले खुर्केर फालेका थिए ।

नेपाल इनभेष्टमेन्ट मेगा बैँक जोरपाटी शाखाका शाखा प्रबन्धक दिवाकर चालिसे पनि ग्राण्डीले दिएको सेवाबाट सन्तुष्ट हुनुहुन्छ । उहाँले उक्त अस्पतालका थेरापिस्टले दिएको सेवा सारै राम्रो लागेको बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर ।  भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...

वारणमा ऐतिहासिक सफलता: गलगाँडको समस्या शून्यमा

काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...

स्थानीय उत्पादन प्रवर्धनमा सरकारले सहयोग गर्ने: मन्त्री परियार

पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...

श्चिम नवलपरासीमा चिसो बढेसँगै चोक–चोकमा दाउरा वितरण

पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...

त्रिविको ५१ औँ दीक्षान्त समारोह : २५ विद्यार्थीले पदक र पुरस्कार पाउने

  काठमाडौँ  । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...

ठेक्का तोडिएका सडक योजनाको नयाँ टेण्डर प्रक्रिया सुरु गर्न मन्त्री घिसिङको निर्देशन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...

अझै फर्किएनन् तनहुँका ६८ जना कैदीबन्दी

तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...

फैजुल्लाह आलमको निधनले प्रेस सेन्टर नेपालमा शोक

काठमाडौँ ।  प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...

चिनी माग्ने बहानामा घर पसेर ९० भन्दा बढी चोट

झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी

शेयर बजारमा ठगी र कृत्रिम मूल्य वृद्धि: ४९ लाख अवैध नाफा कमाएको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ

काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending