Khabar Dabali २७ श्रावण २०८३ बुधबार | 12th August, 2026 Wed
Investment bank

रामेछाप बेथानका गोविन्द खड्काकाे लाशमाथी निर्दयी ठट्टा

पूर्व सा‌सद देवशंकर पाैडेल
पूर्व सा‌सद देवशंकर पाैडेल

बेथान रामेछाप जिल्लाको सुदुर पश्चिमी गाउँ हो । सैपुबाट बेथानसम्मको पैदल दुरी दुई दिन हो । गोविन्द खड्काजी र मेरो सानैदेखि चिनाजान हुनु सम्भवै थिएन । मेरो किशोरावस्थादेखि नै राजनीतिमा चासो भएका कारण राजनीतिक हिसावले सचेत गाउँ बेथानका बारेमा थोरै जानकारी थियो । खड्का, चालिसे, तामाङ, राय, पाण्डेआदि परिवारसँग गहिरै हिमचिम थियो । 

माओवादी द्वन्द्वकाल (२०५३ पौष १९) मा प्रहरी चौकी पानीघाट भिडन्तको घटना चर्चित छ । त्यस भिडन्तमा माओवादीहरू तर्फका तीन (काभ्रेपलाञ्चोक जिल्ला, चौरी गाउँका तीर्थप्रसाद गौतम, वाल्टिङ काभ्रेकै फत्तबहादुर स्माली र लखनपुर कामा रामेछापकी दिलमाया योञ्जन) को मृत्यु भएको थियो । प्रहरीतर्फ (खोटाङ्ग जिल्ला च्यास्मिटार गा।वि।स। घर भएका पानीघाट प्रहरी चौकीमा कार्यरत प्रहरी जवान कुमार राउत र मोरङ्ग जिल्ला झोराहाट गाविस घर भएका प्रहरी हवल्दार भरतकुमार अधिकारी) समेत दुई जनाको मृत्यु भएको थियो । 

त्यसरात बेथानमा आक्रमण हुँदैछ भन्ने रामेछाप प्रशासनलाई पूर्वजानकारी थियो, भन्ने बजार हल्ला व्यापक भयो । त्यसबेलाको प्रशासनले हेलचेक्र्याइ गर्नाले यो घटना घट्न पुग्यो भन्ने आरोप पनि लाग्यो । सायद उसले पाएको सूचना पत्याएन होला । प्रशासनको तर्फबाट कुनै खण्डन भएको पाइएन । बेथान, पानीघाट घटनापछि रामेछापका जोदाहाहरूले मृत्युखेलको आरम्भ गरेका थिए । त्यसपछि रामेछापले कैयौँ मृत्यु व्यहोर्नु पर्‍यो । यो शृङ्खला देशैभरी फैलियो ।

पानीघाटको 'वीरतापूर्ण आक्रमण' पछि माओवादी सङ्गठन व्यक्ति हत्यामा ओर्लियो । गाउँगाउँमा गएर अनेकौँ व्यक्तिव्यक्तिको निर्मम हत्या गर्नतिर लाग्यो । सरकार पनि उही व्यहोरा देखाउन थाल्यो । उनीहरूका प्रतिस्पर्धात्मक जुहारीले सर्वसाधारण जनता विस्थापित हुनेक्रम तीब्र भयो । मानिसहरूले गाउँ छाडेर सहर पस्ने, पाए र भ्याएसम्म विदेश जानेको शृङ्खला निरन्तर चल्न थाल्यो, गाउँ खाली हुँदै गयो ।

यही सिलसिलामा वि.सं. २०५८ साल फागुन ४ गते बेथानका गोविन्द खड्का मारिए । त्यसरात खड्का बहिनी (पर्शुराम? ) का घरमा देवालीका पाहुनासँग गफिन गएका थिए । सुत्नेवेला भएपछि राती अवेर घर फर्किएका खड्कालाई बेथानको पैँयुबोट भन्ने ठाउँमा विद्रोहीहरूले कव्जामा लिए । त्यहाँबाट यातना दिँदै पिपलडाँडासम्म पुर्‍याए । 

विहान उनको लास हेर्दा ढुङ्गैढुङ्गाले कुटिकुटी मारिएजस्तो थिल्थिलो अवस्थामा देखिन्थ्यो । कुट्दाकुट्दै मर्ने अवस्थामा पुग्दा कुट्ने मानिसका हृदयको मानवताको सामान्य मापन गर्न कठिन छ । कुटाई खाएर पनि बाँच्नेहरूले सामान्य अनुमानसम्म गर्न सक्दाहुन् । लास यति विभत्स थियो कि यस्तो क्रुर कुटाई सायद पौराणिक मिथकमा वर्णित राक्षसी राजमा समेत कल्पना गरिएन होला !!

बिहान आफन्तहरूले गोविन्द खड्कालाई पिपलका फेदमा सुतिरहेको अवस्थामा देखे । छिनछिनको समाचार सुनिरहने भएर रेडियो साथैमा बोकेर हिँड्ने गर्थे । ढल्किरहेको पार्थिव शरीरमा उनको निजी रेडियोले सरस्वतीस्तोत्र पाठ गरिरहेको थियो । नजिकै पुग्दा गोविन्द त मरिसकेका रहेछन् । गोविन्दको प्राण गएपछि उनीहरूलाई ठट्टा गर्ने मन भएछ । इच्छा पनि अचम्मको हुन्छ ।

उनिहरूले लासलाई आरामसँग पिपल चौतारामा सुस्ताएको जस्तो अवस्थामा राखिदिए । उनले बोक्ने गरेको रेडियो खोलेर एरियल समेत तानेर आराम लिएर सुन्दै निदाइरहे झैँ पारे । गोविन्दको लास माथि निर्दयी ठट्टा गरेर उनीहरू आफ्नो बाटो लागे । उहाँलाई मार्नुको कारण के थियो ? अहिलेसम्म सार्वजनिक भएन ।

(प्रस्तुत लेख, त्यसबेलाको पाैडेलकाे डायरीबाट साभार । )

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रगताम्ये जुुत्ता चप्पलः कप्तानगञ्जको गोलीकाण्डदेखि मधेशको मौन आक्रोशसम्म

काठमाडौं । रातको समय थियो । दिनभरको काम सकेर मानिसहरू घर फर्किसकेका थिए । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा पनि बस्ती विस्तारै निदाउने तयार...

वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमलको निधन

जनकपुरधाम । नेपाली, मैथिली र हिन्दी साहित्यका अध्येता तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल अब रहेनन् । ७९ वर्षको उमेरमा सोमबार राति उनको निधन भएको...

कालीमाटीमा पार्सलेको मूल्य १ हजार ५ सयसम्म, आलु ३५ रुपैयाँदेखि

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक भएको छ। बजारमा तरकारी, फलफूल, सागसब्जी तथा माछाको मूल्यमा वस्तु ...

च्यातिएको कपडा, सादा जीवन : हर्क साम्पाङको फरक पहिचान

काठमाडौं ।  सार्वजनिक जीवनमा रहेका व्यक्तिको पहिरन प्रायः उसको व्यक्तित्व र हैसियतसँग जोडेर हेरिन्छ। महँगा कपडा, आकर्षक जुत्ता र चिटिक्क परेको पहिरन र...

स्याङ्जामा ‘एक सामुदायिक वन–एक पोखरी’, ३४ पोखरीले जोगाउँदै पानीका मुहान

स्याङ्जा । कुनै समय जंगलको माथिल्लो भागमा पानीका मुहान भेटिन्थे, तलका बस्तीमा धाराहरू चल्थे । तर पछिल्ला वर्षमा अवस्था फेरिँदै गएको छ । पानी पर्ने समय...

आहारा बढेपछि शुक्लाफाँटामा बढ्दै बाघ, चार वर्षमै १४ थपिए

कञ्चनपुर । कुनै समय शुक्लाफाँटाको जंगलमा बाघको संख्या घट्दै जान थालेपछि चिन्ता थियो। अहिले अवस्था फेरिएको छ। जंगलमा आहारा बढेको छ, पानीको पर्याप्त स्र...

बढ्यो अण्डाको मूल्य, प्रतिक्रेट ५६० रुपैयाँ पुग्यो

चितवन । बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले मंगलबारदेखि लागू हुने गरी अण्डाको नयाँ स...

दुई साता बित्दा पनि कर्णाली सरकार अधुरै, मुख्यमन्त्री शाहीमाथि आफ्नै दल र एमालेको दबाब

सुर्खेत । मुख्यमन्त्री नियुक्त भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीमाथि राजनीतिक दबाब...

ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका तीन नेपालीको शव आज काठमाडौं ल्याइँदै

काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव आज काठमाडौं ल्याइँदै छ। गत साउन १४ गते ब्रोड पिकमा गएको हिमपह...

कोलम्बियामा शक्तिशाली भूकम्प : १११ जनाको मृत्यु, सयौँ घाइते, हजारौँ घरमा क्षति

काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। भूकम्पमा परी कम्तीमा ११...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending