Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

रामेछाप बेथानका गोविन्द खड्काकाे लाशमाथी निर्दयी ठट्टा

पूर्व सा‌सद देवशंकर पाैडेल
पूर्व सा‌सद देवशंकर पाैडेल

बेथान रामेछाप जिल्लाको सुदुर पश्चिमी गाउँ हो । सैपुबाट बेथानसम्मको पैदल दुरी दुई दिन हो । गोविन्द खड्काजी र मेरो सानैदेखि चिनाजान हुनु सम्भवै थिएन । मेरो किशोरावस्थादेखि नै राजनीतिमा चासो भएका कारण राजनीतिक हिसावले सचेत गाउँ बेथानका बारेमा थोरै जानकारी थियो । खड्का, चालिसे, तामाङ, राय, पाण्डेआदि परिवारसँग गहिरै हिमचिम थियो । 

माओवादी द्वन्द्वकाल (२०५३ पौष १९) मा प्रहरी चौकी पानीघाट भिडन्तको घटना चर्चित छ । त्यस भिडन्तमा माओवादीहरू तर्फका तीन (काभ्रेपलाञ्चोक जिल्ला, चौरी गाउँका तीर्थप्रसाद गौतम, वाल्टिङ काभ्रेकै फत्तबहादुर स्माली र लखनपुर कामा रामेछापकी दिलमाया योञ्जन) को मृत्यु भएको थियो । प्रहरीतर्फ (खोटाङ्ग जिल्ला च्यास्मिटार गा।वि।स। घर भएका पानीघाट प्रहरी चौकीमा कार्यरत प्रहरी जवान कुमार राउत र मोरङ्ग जिल्ला झोराहाट गाविस घर भएका प्रहरी हवल्दार भरतकुमार अधिकारी) समेत दुई जनाको मृत्यु भएको थियो । 

त्यसरात बेथानमा आक्रमण हुँदैछ भन्ने रामेछाप प्रशासनलाई पूर्वजानकारी थियो, भन्ने बजार हल्ला व्यापक भयो । त्यसबेलाको प्रशासनले हेलचेक्र्याइ गर्नाले यो घटना घट्न पुग्यो भन्ने आरोप पनि लाग्यो । सायद उसले पाएको सूचना पत्याएन होला । प्रशासनको तर्फबाट कुनै खण्डन भएको पाइएन । बेथान, पानीघाट घटनापछि रामेछापका जोदाहाहरूले मृत्युखेलको आरम्भ गरेका थिए । त्यसपछि रामेछापले कैयौँ मृत्यु व्यहोर्नु पर्‍यो । यो शृङ्खला देशैभरी फैलियो ।

पानीघाटको 'वीरतापूर्ण आक्रमण' पछि माओवादी सङ्गठन व्यक्ति हत्यामा ओर्लियो । गाउँगाउँमा गएर अनेकौँ व्यक्तिव्यक्तिको निर्मम हत्या गर्नतिर लाग्यो । सरकार पनि उही व्यहोरा देखाउन थाल्यो । उनीहरूका प्रतिस्पर्धात्मक जुहारीले सर्वसाधारण जनता विस्थापित हुनेक्रम तीब्र भयो । मानिसहरूले गाउँ छाडेर सहर पस्ने, पाए र भ्याएसम्म विदेश जानेको शृङ्खला निरन्तर चल्न थाल्यो, गाउँ खाली हुँदै गयो ।

यही सिलसिलामा वि.सं. २०५८ साल फागुन ४ गते बेथानका गोविन्द खड्का मारिए । त्यसरात खड्का बहिनी (पर्शुराम? ) का घरमा देवालीका पाहुनासँग गफिन गएका थिए । सुत्नेवेला भएपछि राती अवेर घर फर्किएका खड्कालाई बेथानको पैँयुबोट भन्ने ठाउँमा विद्रोहीहरूले कव्जामा लिए । त्यहाँबाट यातना दिँदै पिपलडाँडासम्म पुर्‍याए । 

विहान उनको लास हेर्दा ढुङ्गैढुङ्गाले कुटिकुटी मारिएजस्तो थिल्थिलो अवस्थामा देखिन्थ्यो । कुट्दाकुट्दै मर्ने अवस्थामा पुग्दा कुट्ने मानिसका हृदयको मानवताको सामान्य मापन गर्न कठिन छ । कुटाई खाएर पनि बाँच्नेहरूले सामान्य अनुमानसम्म गर्न सक्दाहुन् । लास यति विभत्स थियो कि यस्तो क्रुर कुटाई सायद पौराणिक मिथकमा वर्णित राक्षसी राजमा समेत कल्पना गरिएन होला !!

बिहान आफन्तहरूले गोविन्द खड्कालाई पिपलका फेदमा सुतिरहेको अवस्थामा देखे । छिनछिनको समाचार सुनिरहने भएर रेडियो साथैमा बोकेर हिँड्ने गर्थे । ढल्किरहेको पार्थिव शरीरमा उनको निजी रेडियोले सरस्वतीस्तोत्र पाठ गरिरहेको थियो । नजिकै पुग्दा गोविन्द त मरिसकेका रहेछन् । गोविन्दको प्राण गएपछि उनीहरूलाई ठट्टा गर्ने मन भएछ । इच्छा पनि अचम्मको हुन्छ ।

उनिहरूले लासलाई आरामसँग पिपल चौतारामा सुस्ताएको जस्तो अवस्थामा राखिदिए । उनले बोक्ने गरेको रेडियो खोलेर एरियल समेत तानेर आराम लिएर सुन्दै निदाइरहे झैँ पारे । गोविन्दको लास माथि निर्दयी ठट्टा गरेर उनीहरू आफ्नो बाटो लागे । उहाँलाई मार्नुको कारण के थियो ? अहिलेसम्म सार्वजनिक भएन ।

(प्रस्तुत लेख, त्यसबेलाको पाैडेलकाे डायरीबाट साभार । )

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बंगलादेशमा कट्टरपन्थी उन्मादः दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो

कट्टरपन्थी हिंसा अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिका जिउँदै जलाइन् काठमाडौँ । बंगलादेशमा छात्र नेता शरीफ उस्मान (हादी) को मृत्युप...

नोबेल मेडिकल कलेजको भवनबाट खसेका इन्टर्न डाक्टरको मृत्यु

विराटनगर । नोबेल मेडिकल कलेज, विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ।   प्रहरीका अनुसार आइतबार बिहान करिब ६:३०...

प्रतिनिधिसभा निर्वाचन आचारसंहिता प्रस्ताव : अनुमति बिना उम्मेदवारले सवारी प्रयोग गर्न नपाउने

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मे...

नेपाल- भारत सम्बन्धको पृष्ठभूमिमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई भारत भ्रमणमा जाँदै

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज भारत प्रस्थान गर्दैछन्। भारतका बौद्धिक, कूटनीतिक तथा शैक्षिक क्षेत्रका प्रतिनिधिसँग भेटघाट र संवा...

बागलुङमा किसानले पाएनन् सुन्तलाकाे उचित मूल्य

बागलुङ । बागलुङका ग्रामीण क्षेत्र सुन्तलाले पहेँलै भएका छन् । किसानले उचित मूल्य नपाएको गुनासो गरेका छन् । व्यापारी सुन्तला बगानमै आएर खरिद गर्ने हुँद...

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर ।  भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...

वारणमा ऐतिहासिक सफलता: गलगाँडको समस्या शून्यमा

काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...

स्थानीय उत्पादन प्रवर्धनमा सरकारले सहयोग गर्ने: मन्त्री परियार

पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...

श्चिम नवलपरासीमा चिसो बढेसँगै चोक–चोकमा दाउरा वितरण

पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...

त्रिविको ५१ औँ दीक्षान्त समारोह : २५ विद्यार्थीले पदक र पुरस्कार पाउने

  काठमाडौँ  । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending