लिखुखोला उपत्यकामा माओवादी खोज्दै सरकारी फौज गस्ति गर्दै थियो । वि.सं. २०५९ असाेज २४ गते पोकुमा पुगेर अमलबोटे निवासी मनबहादुर मगरलाई कव्जामा लियो । त्यसै गाउँका दुर्गाबहादुर राउतलाई पनि कव्जामा लिएर अनेक सोधखोज गर्यो । उनलाई पनि खानीटारको बाटो भएर लिएर हिँड्यो । केही पर छाँगोडाँडो भन्ने निर्जन पाखामा पुर्याएर दुबै जनालाई गोली हानेर हत्या गर्यो । लास त्यतै पाखामा छाडेर नेपाली सेना आइतवारे खोल्सातिर गयो ।
तेर्सो बाटो हिँडिसकेर सेना खाल्टे खोलो तर्यो । सिमलबोटेको सानो उकालो चढेर बद्री महतको धनसारमा टुप्लुक्क पुग्यो । धनसारको कुलेसामा एकजना केटो घाँस काट्न भनेर ठूलो डोको र खुर्पा बोकेर उभिइरहेको थियो । सेना देखेर तर्सियो । सेनाले उसलाई जिस्क्याए । उसले बुझेन किनकी ऊ लठेब्रो स्वभावको थियो । सेनाले बद्रीका घुर्यानमा काँक्रा फलेका देखे । काँक्रा चिरेर खान भनेर एकजना सिपाहीले उक्त ठिटो अर्जुन महतसँग भएको खुर्पा माग्न हात पसार्यो । हँसिया लुट्न खोजेको ठानेर उसले सेनालाई हँसिया उज्यायो । भर्खरै दुईजनाको रगतसँग खेलेर आएको सेनाले मान्छे मार्नु सामान्य ठान्यो । त्यति नै बेला अर्को सेनाले २५ वर्षीय अर्जुन महतलाई गोली हानिदियो ।
अर्जुनका पेटमा गोली लाग्यो । अर्जुन ठहरै भए । उनले खाएको खाना बद्रीजीका घरको भित्ता र कुलेसामा छरपस्ट भयो । कुलेसामा मान्छे मारिराखेर सेना बाटो लाग्यो । सिम्लेखोलो तरेर केही माथीसम्म उकालो चढ्यो । उकालो विजुलीकोटको थियो । दाहिनेतिर एउटा घर देख्यो । केहि खान पाइन्छकी भनेर उक्त घरतिर तेर्सियो । घरमा अर्जुनकी आमा पद्मकुमारी महत हुनुहुन्थ्यो । उहाँले दही झिकेर दिनु भयो । खाउन्जेल घरमा कोको हुनुहुन्छ आमा भनेर सोधे । आमाले बताउँदै गर्दा एउटा छोरा डोको बोकेर घाँस काट्न गएको छ । त्यतै भेट्नु भयो होला, भन्नु भएछ ।
अब सेनालाई यही आमाको छोरा मारिएछ भन्ने महसुस भएर मुखामुख गरेछन् । दही खाइसकेर हतारहतार पैसा थमाएर बाटोलागे । उनिहरू दएलीडाँडा कट्न नपाउँदै छोरो मारिएको खवर आयो । पद्मकुमारी दिदीको जहाज डुब्यो । एकै छिनमा पुत्र शोकले विह्वल भइन् । परोपकारी आमाले “जसले छोरो मारे उनै सेनालाई दही खुवाउनु भएछ ।”
उता मानसिक समस्या भएकी बद्रीजीकी श्रीमती थप विरामी भइन् । एकान्त धनसारको कुलेसामा मान्छे मारेको विभत्स दृश्य आँखामा झल्झली आएर झन् विरामी परिन् । नानीहरू तर्सिएर उक्त घरमा बस्न सकेनन् । बद्री महतको परिवार पनि त्यस घरमा बस्न नसकेर विस्थापित भए । बेलुका सरकारी सञ्चार माध्यमले आतङ्ककारी मारिएको भनेर विज्ञप्ति जारी गर्यो । विज्ञप्तिले अर्जुन महत भन्न नजानेर “अर्जुन मगर” भनेको थियो । अर्जुन अविवाहित थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २६ गते, २०८३ - ०८:५२
काठमाडौं । रातको समय थियो । दिनभरको काम सकेर मानिसहरू घर फर्किसकेका थिए । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा पनि बस्ती विस्तारै निदाउने तयार...
श्रावण २६ गते, २०८३ - ०८:२८
जनकपुरधाम । नेपाली, मैथिली र हिन्दी साहित्यका अध्येता तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल अब रहेनन् । ७९ वर्षको उमेरमा सोमबार राति उनको निधन भएको...
श्रावण २६ गते, २०८३ - ०८:२५
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक भएको छ। बजारमा तरकारी, फलफूल, सागसब्जी तथा माछाको मूल्यमा वस्तु ...
श्रावण २६ गते, २०८३ - ०८:१९
काठमाडौं । सार्वजनिक जीवनमा रहेका व्यक्तिको पहिरन प्रायः उसको व्यक्तित्व र हैसियतसँग जोडेर हेरिन्छ। महँगा कपडा, आकर्षक जुत्ता र चिटिक्क परेको पहिरन र...
श्रावण २६ गते, २०८३ - ०८:०७
स्याङ्जा । कुनै समय जंगलको माथिल्लो भागमा पानीका मुहान भेटिन्थे, तलका बस्तीमा धाराहरू चल्थे । तर पछिल्ला वर्षमा अवस्था फेरिँदै गएको छ । पानी पर्ने समय...
श्रावण २६ गते, २०८३ - ०८:०३
कञ्चनपुर । कुनै समय शुक्लाफाँटाको जंगलमा बाघको संख्या घट्दै जान थालेपछि चिन्ता थियो। अहिले अवस्था फेरिएको छ। जंगलमा आहारा बढेको छ, पानीको पर्याप्त स्र...
श्रावण २६ गते, २०८३ - ०८:०१
चितवन । बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले मंगलबारदेखि लागू हुने गरी अण्डाको नयाँ स...
श्रावण २६ गते, २०८३ - ०७:५६
सुर्खेत । मुख्यमन्त्री नियुक्त भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीमाथि राजनीतिक दबाब...
श्रावण २६ गते, २०८३ - ०७:३१
काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव आज काठमाडौं ल्याइँदै छ। गत साउन १४ गते ब्रोड पिकमा गएको हिमपह...
श्रावण २६ गते, २०८३ - ०७:२५
काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ। भूकम्पमा परी कम्तीमा ११...



प्रतिकृया लेख्नुहोस्: