बैतडी । सिगास गाउँपालिकाको केन्द्र जोड्ने सिन्याखेत–गर्जे सडक खण्डमा पहिरो खस्दा सिगास –३, को भुडेश्वर गाउँको आठ परिवारको घरखेतमा पहिरोले क्षति गरेको छ । स्थानीयले भागेर ज्यान जोगाएका छन् ।
गए राति परेको अबिरल वर्षासँगै सडकमाथिबाट पहिरा खस्दा स्थानीय जस्वीर साउद, गाणेश साउद, गंगाराम साउद, रामसिंह धामी, बाद धामी, मनवीर साउद, गोपाल साउद, हरि साउदको परिवार बिस्थापित भएको छ । पहिरोले घर र खेतमा क्षति गरेको जस्वीर साउदले बताए।
सिगास गाउँपालिका –३, कोटेलीस्थित सिगास माविको छेउबाट पहिरो खस्दा विद्यालयसमेत पहिरोको जोखिममा परेको छ । बस्तीमाथि सडक निर्माण गर्दा स्थानीय १३ परिवार पहिरोको जोखिममा परेको बताइएको छ । गएको जेठमा ठेकेदारले जथाभावी सडक निर्माण गर्दा बस्तीमा पहिरो खसेको स्थानीयले बताएका छन् ।
राति खाना खाएर आराम गर्न बसेका बेला पहिरो खस्दा स्थानीयले भागेर ज्यान जोगाउन सफल भएको जस्विरसिंह साउदले बताए । उनले पहिरो खसेको विषयमा सिगास गाउँपालिका –२, गाँजरीमा रहेको प्रहरी चौकीलाई खबर गरेको बताए ।
बस्तीमा पहिरो खसेपछि हामी सुरक्षित स्थानतर्फ हिँडेका छौं, साउदले भने, “ढुङ्गा खस्नेक्रम रोकिएको छैन । घटनाबारे प्रहरीलाई खबर गरेका छौं । पशु चौपाया र बालबच्चासहित हामी सिन्याखेत पारी अर्को बस्तीतर्फ लागेका छौं ।”
थप विवरण बुझ्न गाउँपालिकाको टोली घटनास्थलतर्फ पठाउने तयारी भइरहेको सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले बताए।
पहिरोको क्षतिबारे विस्तृत विवरण बुझेर बिस्थापितलाई सुरक्षित स्थानतर्फ सार्न गाउँपालिकासँग समन्वय भइरहेको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ९ गते, २०८३ - १२:३८
काठमाडौँ । राष्ट्रिय जेनजी नागरिक अभियानले सांसदहरूका लागि स्वकीय सचिव नियुक्ति गर्ने सरकारको निर्णयको विरोध गर्दै शनिबार माइतीघर मण्डलामा प्रदर्शन गर...
श्रावण ९ गते, २०८३ - १२:२१
धनगढी । २४औँ सत्याग्रहमा रहेका प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई धनगढी उपमहानगरपालिका–१ स्थित कृष्ण मन्दिर धर्मशालाबाट ...
श्रावण ९ गते, २०८३ - ११:५०
पश्चिम नवलपरासी। पश्चिम नवलपरासीमा सवारी दुर्घटनाको दर बढ्दै गएको छ । पछिल्लो तीन वर्षको तथ्याङ्कले जिल्लामा हरेक वर्ष दुर्घटना, मृत्यु र घाइते हुनेको...
श्रावण ९ गते, २०८३ - ११:३५
फुङलिङ। नापी कार्यालय ताप्लेजुङले झण्डै दोब्बर राजश्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०८१/०८२ को तुलनामा गत आर्थिक वर्ष २०८२/०८३ मा झण्डै दोब्बर राजश्व ...
श्रावण ९ गते, २०८३ - ११:१८
बागलुङ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागलुङको प्रथम जिल्ला अधिवेशन यही साउन १६ गते हुने भएको छ । केन्द्रीय निर्वाचन आयोगले यसअघि बागलुङ जिल्ला...
श्रावण ८ गते, २०८३ - १७:४९
काठमाडौं । बैंकिङ कसुर र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका व्यवसायी दीपक भट्टले आफूलाई थुनामा पठाउने आ...
श्रावण ८ गते, २०८३ - १७:३७
काठमाडौं । प्रहरी हिरासतमा रहेका निहारिका राजपुत र बिनु यादवलाई हाजिरी जमानीमा रिहा गरिएको छ। उनीहरूलाई तीन दिनसम्म प्रहरी वृत्त सिंहदरबारको हिरासतमा ...
श्रावण ८ गते, २०८३ - १७:०४
काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षको बजेटमा समेटिएका आर्थिक सुधारसम्बन्धी नीतिगत तथा कानुनी जटिलता शीघ्र समाधान गरी कार्यान्...
श्रावण ८ गते, २०८३ - १६:४७
विराटनगर। लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले १०४ ग्राम लागुऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ। बिहीब...
श्रावण ८ गते, २०८३ - १६:२६
गुल्मी। गुल्मीमा गत आर्थिक वर्ष २०८२/०८३ मा एक अर्बभन्दा बढी बजेट खर्च हुन नसकेको पाइएको छ । गत वर्ष यस जिल्लामा संघ, प्रदेश तहको स्थानीय तहको ११ अर्ब...



प्रतिकृया लेख्नुहोस्: