पोखरा । पोखरामा एलपी देवकोटा मेमोरियल विद्यालयको विद्यार्थी बोकेको बस दुर्घटनामा घाइतेमध्ये कार्यालय सहयोगीको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा २१ बस्ने ३३ वर्षीय आरती बिक हुन् ।
सोमबार बिहान पोखरा २१ रामदीबाट बिरौटा फर्किने क्रममा ग १ क ६२१९ नम्बरको बस सडकदेखि करिब ५० मिटर तल खसेर दुर्घटना भएको हो । बसमा विद्यार्थी, चालक र सहचालक गरी ३० जना सवार रहेको खुलेको छ । दुर्घटनामा घाइतेको उद्धार गरी अस्पताल पठाइएको थियो । तीमध्ये गण्डकी मेडिकल अस्पतालमा पु¥याइएकी आरतीलाई चिकित्सकले मृत घोषित गरेका हुन् ।
घाइतेमध्ये १४ जनाको गण्डकी मेडिकल कलेज, १२ जनाको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र ३ जनाको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको कास्की प्रहरीले जनाएको छ । घाइतेमध्ये अन्यको अवस्था सामान्य छ । उनीहरुमध्ये अधिकांशको अनुहार, हातखुट्टा, ढाडमा चोट छ ।
गण्डकी मेडिकल कलेजमा उपचारत् घाइतेमा पोखरा २१ का ९ वर्षीय अनमोल बिक, ५ वर्षीय रोश बराल, १४ वर्षीय दीप्सन कार्की, ६ वर्षीया योजना गुरुङ, १३ वर्षीया डिना गुरुङ, १५ वर्षीया प्रकृति कार्की, ६ वर्षीय प्रिन्स राना, ७ वर्षीया चिजा बिक, ९ वर्षीय प्रवेश कार्की, १२ वर्षीया विसिका पौडेल, ११ वर्षीय विश्वास पौडेल, ५ वर्षीय प्रिन्स बिक, १२ वर्षीया सिम्रन बिक र ११ वर्षीय विवश खत्री हुन् ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत् रहेकाहरुमा पोखरा २१ निवासी ८ वर्षीया अनन्या पौडेल, ३ वर्षीय सिमन मगर, ३ वर्षीय न्यूजन मगर, ७ वर्षीय रिजन मगर, १२ वर्षीय रामकृष्ण नेपाली, २ वर्षीय अंकित खत्री, १४ वर्षीया सीतादेवी बिक, ७ वषीय अस्मित बिक, ३० वर्षीया सुमित्रा सुनार ९अभिभावक०, २ वर्षीय निर्दोष सुनार, ३० वर्षीया शिक्षक सपना आले, ११ वर्षीय निश्चल सुनार छन् ।
मणिपालमा बसचालक पोखरा १७ बिरौटा निवासी ५५ वर्षीय टेकबहादुर भुजेलको मणिपालमा उपचार भइरहेको छ । उनको ढाडमा चोट छ । यस्तै, ८ वर्षीय निशान सुनार र ५ वर्षीय सागर थापाको उपचार भइरहेको छ ।
बस ब्रेक फेल भएर दुर्घटना भएको कास्की प्रहरीले जनाएको छ । विद्यालयका लेखापाल बिन्दु तिमिल्सिनाका अनुसार विद्यार्थी बोक्नका लागि विद्यालयका ३ बस र १ भ्यान छन् । दुर्घटनामा परेको बसले पोखरा २१ को रामदी र एकहातेका ठाउँबाट विद्यार्थी उठाएको थियो । विद्यालयमा हाल ४ सय ६० जना विद्यार्थी पढ्छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १६ गते, २०८२ - २१:४४
काठमाडौं । सरकारले ६३ जन उपसचिवको सरूवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरूवा गरेको हो । सरूवा भएका मध्ये निमित्तको भरमा चल...
चैत्र १६ गते, २०८२ - २१:२१
सिड्नी । प्रशान्त महासागरको द्वीप राष्ट्र भानुआटु नजिक शक्तिशाली भूकम्प गए पनि ठूलो क्षतिको जोखिम कम देखिएको छ । युएसजिएसका अनुसार सोमबार ७.३ म्याग्नि...
चैत्र १६ गते, २०८२ - २१:२०
झापा । नेपाल पत्रकार महासङ्घ झापा शाखाले आज १३ जना ज्येष्ठ पत्रकारलाई पेन्सनस्वरुप वार्षिक भत्ता वितरण गरेको छ । महासङ्घको ७१औँ स्थापना दिवसका अवसरमा ...
चैत्र १६ गते, २०८२ - २१:१७
धनकुटा । पूर्वी पहाडलाई चीन र भारतसँग जोड्ने लक्ष्यसहित निर्माणाधीन तमोर करिडोरमा सडक कालोपत्रे भए पनि मोटरेबल पुल निर्माणमा ढिलासुस्ती हुँदा यात्रुहर...
चैत्र १६ गते, २०८२ - २१:१४
काठमाडौं । वीर अस्पतालमा आजदेखि महिलाका लागि निःशुल्क क्यान्सर परीक्षण सेवा सुरु गरिएको छ। काठमाडौं महानगरपालिकाको सहकार्यमा सुरु गरिएको उक्त सेवाअ...
चैत्र १६ गते, २०८२ - २१:०४
काठमाडौँ । कृषि विभागले चैते धानको समर्थन मूल्य सिफारिस गरेको छ । विभागले किसानलाई उचित मूल्य सुनिश्चित गर्न विभिन्न २५ जिल्लामा स्थलगत अध्ययनसहितको प...
चैत्र १६ गते, २०८२ - २०:३३
काठमाडाेैं । सरकारले विभिन्न समयमा गठन गरेका छानबिन समिति र आयोगका प्रतिवेदनहरूलाई दराजमा थन्क्याउने नभई कार्यान्वयन गर्ने दिशामा अगाडि बढेको सरकारका...
चैत्र १६ गते, २०८२ - २०:३०
काठमाडाैं । शिक्षा क्षेत्रको सुधार र विद्यार्थीहरूको मानसिक स्वास्थ्यलाई ध्यानमा राख्दै सरकारले केही महत्वपूर्ण कदमहरू चालेको छ । सरकारका प्रवक्ता ...
चैत्र १६ गते, २०८२ - २०:२८
काठमाडौं । सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले प्रदेश र संघीय सरकारबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जो...
चैत्र १६ गते, २०८२ - १८:५१
काठमाडौं । जेन्जी प्रदर्शनका क्रममा भएका घटनाको छानबिन गर्न गठित कार्की आयोगले नेपाल सरकारका उपसचिव सुवास पौडेललाई पुरस्कृत गर्न सिफारिस गरेको छ। ग...


प्रतिकृया लेख्नुहोस्: