Khabar Dabali ९ श्रावण २०८३ शनिबार | 25th July, 2026 Sat
Investment bank

मेचीनगरमा आन्तरिक राजस्व सङ्कलन १३ करोड बढी

खबरडबली संवाददाता

झापा । मेचीनगर नगरपालिकाले गत आर्थिक वर्ष २०८०/८१ मा आन्तरिक राजस्व १३ करोड ५२ लाख पाँच हजार आठ सय ९७ सङ्कलन गरेको छ । आव २०७९र८० तुलनामा एक करोड ९० लाख ८४ हजार दुई सयबढी राजस्व सङ्कलन भएको हो ।

नगरकी राजस्व परामर्श समितिका संयोजक एवम् नगर उपप्रमुख मीना पोख्रेल उप्रेतीले आव २०७९/८० मा आन्तरिक राजस्व ११ करोड ६१ लाख २१ हजार छ सय ९७ सङ्कलन भएको जानकारी दिए। एक वर्षमा दुई करोडको हाराहारीमा आन्तरिक आयश्रोत वृद्धि हुनु आर्थिक दृष्टिले उत्साहजनक रहेको उनले बताए।

नगरपालिकाको राजस्व उपशाखाले विभिन्न ५० शीर्षकमा करबापत राजस्व सङ्कलन गर्दै आएको छ । सम्पत्ति करतर्फ तीन करोड ४० लाख १९ हजार छ सय ४५ र अन्य सेवा शुल्कबापत दुई करोड ३१ लाख ९७ हजार तीन सय ८१ सङ्कलन भएको छ । व्यवसाय कर, नक्सा पास दस्तुर, सिफारिस दस्तुरलगायत शीर्षकमा कर सङ्कलन गरिने उहाँले जानकारी दिए।

मेचीनगरमा रहेका १५ वडामध्ये वडा नम्बर ६ ले उक्त अवधिमा सबैभन्दा बढी एक करोड ७६ लाख २७ हजार सात सय एक राजस्व सङ्कलन गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले जानकारी दिए । दोस्रोमा वडा नम्बर १० रहेको बताउँदै यसले एक करोड ६३ लाख ९९ हजार पाँच सय ४५ राजस्व सङ्कलन गरेको उनले बताए ।

वडागत रुपमा सबैभन्दा बढी सम्पत्ति कर वडा नम्बर १० ले ५९ लाख ७९ हजार ४३ सङ्कलन गरेको छ । नगरपालिकाले चालु आवमा १६ करोड ७७ लाख आन्तरिक आय सङ्कलन गर्ने लक्ष्य लिएको राजस्व उपशाखाका प्रमुख प्रेमप्रसाद पराजुलीले बताए । चालु आवमा नगरको कूल बजेट दुई अर्ब पाँच करोड २९ लाख दुई हजार रहेको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सांसदका स्वकीय सचिव नियुक्तिको निर्णयविरुद्ध जेनजी नागरिक अभियानको प्रदर्शन

काठमाडौँ । राष्ट्रिय जेनजी नागरिक अभियानले सांसदहरूका लागि स्वकीय सचिव नियुक्ति गर्ने सरकारको निर्णयको विरोध गर्दै शनिबार माइतीघर मण्डलामा प्रदर्शन गर...

स्वास्थ्य अवस्था जटिल बनेपछि डा केसी सेती प्रादेशिक अस्पतालको आईसीयूमा भर्ना

धनगढी । २४औँ सत्याग्रहमा रहेका प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई धनगढी उपमहानगरपालिका–१ स्थित कृष्ण मन्दिर धर्मशालाबाट ...

सडक सुरक्षा चुनौती बन्दै, नवलपरासीमा बढ्यो दुर्घटना

पश्चिम नवलपरासी। पश्चिम नवलपरासीमा सवारी दुर्घटनाको दर बढ्दै गएको छ । पछिल्लो तीन वर्षको तथ्याङ्कले जिल्लामा हरेक वर्ष दुर्घटना, मृत्यु र घाइते हुनेको...

नापी कार्यालय ताप्लेजुङद्वारा झण्डै दोब्बर राजश्व सङ्कलन

फुङलिङ। नापी कार्यालय ताप्लेजुङले झण्डै दोब्बर राजश्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०८१/०८२ को तुलनामा गत आर्थिक वर्ष २०८२/०८३ मा झण्डै दोब्बर राजश्व ...

रास्वपा बागलुङको जिल्ला अधिवेशन साउन १६ गते हुने

बागलुङ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागलुङको प्रथम जिल्ला अधिवेशन यही साउन १६ गते हुने भएको छ । केन्द्रीय निर्वाचन आयोगले यसअघि बागलुङ जिल्ला...

आफूलाई थुनामा पठाउने आदेश बदर गर्न माग गर्दै सर्वोच्च पुगे दीपक भट्ट

काठमाडौं । बैंकिङ कसुर र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका व्यवसायी दीपक भट्टले आफूलाई थुनामा पठाउने आ...

निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा

काठमाडौं । प्रहरी हिरासतमा रहेका निहारिका राजपुत र बिनु यादवलाई हाजिरी जमानीमा रिहा गरिएको छ। उनीहरूलाई तीन दिनसम्म प्रहरी वृत्त सिंहदरबारको हिरासतमा ...

बजेट कार्यान्वयनका कानुनी जटिलता तत्काल फुकाउन अर्थमन्त्री वाग्लेको निर्देशन

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षको बजेटमा समेटिएका आर्थिक सुधारसम्बन्धी नीतिगत तथा कानुनी जटिलता शीघ्र समाधान गरी कार्यान्...

१०४ ग्राम खैरो हेरोइनसहित विराटनगरबाट एक जना पक्राउ

विराटनगर। लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले १०४ ग्राम लागुऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ। बिहीब...

गुल्मीमा एक अर्बभन्दा बढी बजेट खर्च भएन

गुल्मी। गुल्मीमा गत आर्थिक वर्ष २०८२/०८३ मा एक अर्बभन्दा बढी बजेट खर्च हुन नसकेको पाइएको छ । गत वर्ष यस जिल्लामा संघ, प्रदेश तहको स्थानीय तहको ११ अर्ब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending