नवलपरासी । नवलपरासी(बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले दुध उत्पादक किसानलाई अनुदान दिन थालेपछि उत्पादनमा वृद्धि भएको छ । दुध उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ देखि अनुदान दिन थालेपछि प्रत्येक वर्ष उत्पादनमा वृद्धि हुँदै गएको हो ।
सहकारीले सञ्चालन गरेको दुग्ध डेरीमार्फत दुध बिक्री गर्ने किसानलाई प्रतिलिटर दुधमा रु सात दशमलव ५० का दरले अनुदान रकम गाउँपालिकाले उपलब्ध गराएको हो । आर्थिक वर्ष २०८०/८१ मा ७५ हजार दुई सय दुई लिटर दुधमा रु पाँच लाख ६४ हजार १२ अनुदान रकम वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद पराजुलीले जानकारी दिए ।
“गत आवमा सहिद प्रदुक बहुउद्देश्यीय सकारी संस्थाले २२ हजार १६ लिटर दुधमा रु दुई लाख ७३ हजार पाँच सय ३१, साना किसान कृषि सहकारी संस्थाले ३५ हजार तीन सय सात लिटर दुधमा रु दुई लाख ६५ हजार एक सय ६२ र शिवमन्दिर महिला बहुउद्देश्यीय सहकारी संस्थाले तीन हजार तीन सय ७६ लिटर दुधमा २५ हजार तीन सय १९ अनुदान लगेका छन्”, उनले भने ।
गाउँपालिकाले आव २०७९/८० सम्म प्रतिलिटर रु पाँच अनुदान दिँदै आएकामा गत आवदेखि अनुदान रकम वृद्धि गरेको हो । पालिकाले प्रतिलिटर रु १० अनुदान रकम उपलब्ध गराउने घोषणा गरे पनि गण्डकी प्रदेश सरकारले पनि दुधमा अनुदान उपलब्ध गराएकाले प्रदेशबाट किसानलाई प्राप्त रकम घटाएर प्रतिलिटर रु १० हुने गरी अनुदान वितरण गरिएको गाउँपालिकाका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले जानकारी दिइन् । अनुदान रकम साना किसानसम्म पुर्याउन एक आवमा सहकारीमार्फत बिक्री गरेको दूधको परिमाणअनुसार रकम उपलब्ध गराइएको गरिएको उनले बताइन् ।
“गाउँपालिकाभित्र रहेका दुग्ध सहकारीले उपलब्ध गराएको वार्षिक तथ्याङ्कका आधारमा अनुदान दिने व्यवस्था गरेका छौँ”, अध्यक्ष पाण्डेले भनिन्, “उत्पादनका आधारमा अनुदान दिने नीतिअनुरूप आर्थिक वर्ष २०७८/७९ देखि यसलाई निरन्तरता दिँदै आएका छौँ ।” उत्पादनका आधारमा अनुदान दिँदा साना किसान लाभान्वित भएका भन्दै दुध उत्पादन र पशु पाल्ने किसानको सङ्ख्या पनि वृद्धि भएको उनले बताइन् ।
“हुप्सेकोट गाउँपालिकालाई दुग्ध उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्यअनुसार कृषकलाई आकर्षित गर्ने कार्यक्रम अगाडि सारिएका छन्”, उनले भनिन्, “गाउँपालिकाको पहाडी क्षेत्रमा पशुपालन कम हुनेहुँदा यस क्षेत्रमा दूध उत्पादन कम हुने गरेको छ ।”
आव २०७९/८० मा कूल ५७ हजार तीन सय २३ लिटर दूधमा प्रतिलिटर रु पाँचका दरले रु दुई लाख ८६ हजार छ सय १९ अनुदान रकम प्रदान गरिएको गाउँपालिकाका लेखा अधिकृत राजेन्द्रप्रसाद रेग्मीले जानकारी दिए ।
“सो वर्ष सहिद प्रदुक बहुउद्देश्यीय सहकारीले २२ हजार १६ लिटर दुधमा रु एक लाख १० हजार ८० र साना किसान कृषि सहकारीले ३५ हजार तीन सय सात लिटर दुधमा रु एक लाख ७६ हजार पाँच सय ३९ अनुदान पाएका थिए”, उनले भने ।
चालु आर्थिक वर्षमा पनि दुधमा अनुदान कार्यक्रमलाई निरन्तरता दिइएको प्रमुख प्रशासकीय अधिकृत पराजुलीले बताए । किसानका पक्षमा हुप्सेकोट गाउँपालिकाले गरेको काम प्रशंसनीय रहेको पशुपालक किसानले बताएका छन् । सोझै किसानको हातमा रकम जाने यो कार्यक्रमले किसानलाई केही मात्रामा भए पनि राहत दिएको कृषकको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ९ गते, २०८३ - १२:३८
काठमाडौँ । राष्ट्रिय जेनजी नागरिक अभियानले सांसदहरूका लागि स्वकीय सचिव नियुक्ति गर्ने सरकारको निर्णयको विरोध गर्दै शनिबार माइतीघर मण्डलामा प्रदर्शन गर...
श्रावण ९ गते, २०८३ - १२:२१
धनगढी । २४औँ सत्याग्रहमा रहेका प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई धनगढी उपमहानगरपालिका–१ स्थित कृष्ण मन्दिर धर्मशालाबाट ...
श्रावण ९ गते, २०८३ - ११:५०
पश्चिम नवलपरासी। पश्चिम नवलपरासीमा सवारी दुर्घटनाको दर बढ्दै गएको छ । पछिल्लो तीन वर्षको तथ्याङ्कले जिल्लामा हरेक वर्ष दुर्घटना, मृत्यु र घाइते हुनेको...
श्रावण ९ गते, २०८३ - ११:३५
फुङलिङ। नापी कार्यालय ताप्लेजुङले झण्डै दोब्बर राजश्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०८१/०८२ को तुलनामा गत आर्थिक वर्ष २०८२/०८३ मा झण्डै दोब्बर राजश्व ...
श्रावण ९ गते, २०८३ - ११:१८
बागलुङ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागलुङको प्रथम जिल्ला अधिवेशन यही साउन १६ गते हुने भएको छ । केन्द्रीय निर्वाचन आयोगले यसअघि बागलुङ जिल्ला...
श्रावण ८ गते, २०८३ - १७:४९
काठमाडौं । बैंकिङ कसुर र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका व्यवसायी दीपक भट्टले आफूलाई थुनामा पठाउने आ...
श्रावण ८ गते, २०८३ - १७:३७
काठमाडौं । प्रहरी हिरासतमा रहेका निहारिका राजपुत र बिनु यादवलाई हाजिरी जमानीमा रिहा गरिएको छ। उनीहरूलाई तीन दिनसम्म प्रहरी वृत्त सिंहदरबारको हिरासतमा ...
श्रावण ८ गते, २०८३ - १७:०४
काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षको बजेटमा समेटिएका आर्थिक सुधारसम्बन्धी नीतिगत तथा कानुनी जटिलता शीघ्र समाधान गरी कार्यान्...
श्रावण ८ गते, २०८३ - १६:४७
विराटनगर। लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले १०४ ग्राम लागुऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ। बिहीब...
श्रावण ८ गते, २०८३ - १६:२६
गुल्मी। गुल्मीमा गत आर्थिक वर्ष २०८२/०८३ मा एक अर्बभन्दा बढी बजेट खर्च हुन नसकेको पाइएको छ । गत वर्ष यस जिल्लामा संघ, प्रदेश तहको स्थानीय तहको ११ अर्ब...



प्रतिकृया लेख्नुहोस्: