Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

आप्रवासी समस्याबारे स्पेनमा छलफल सुरु

\"9\"स्पेन । पछिल्लो समयमा विश्वका कयौं देशमा सुरु भएको चरम हिंसा र गरिबीका कारण युरोपमा बढ्दो आप्रवासी समस्याका बारेमा विभिन्न परामर्शहरु सुरु भएका छन् । यसै विषयमा छलफलका लागि बेलायती प्रधानमन्त्री डेभिड क्यामरुन शनिबार स्पेनको राजधानी म्याड्रिड पुगेको समाचारमा जनाइएको छ । उहाँले विशेषगरी आगामी दिनमा यो समस्या अहिलेको भन्दा पनि झन ठूलो मात्रामा बल्झिनसक्ने भएकाले सिङ्गो युरोपले एक भएर समाधान खोज्नुपर्नेमा जोड दिएका छन् । उनले आफ्ना स्पेनी समकक्षी मरीयानो रजोएसँग युरोपमा हाल जारी शरणार्थी सङ्कटको विषयमा वार्ता गर्नको लागि त्यहाँ पुग्नु भएको र यस विषयमा द्विपक्षीय वार्ता पनि सम्पन्न भएको बताइएको छ । गतहप्ता मात्र पनि यस विषयको छलफलका लागि जर्मन चान्स्लर एन्जेला मार्केल पनि युरोपका केही देशमा पुग्नुभएको थियो । उनले पछिल्लो समयमा युरोपमा यो आप्रवासी समस्या झन् बढ्न थालेकोले सबै युरोपेली देशहरुले साझा नीति ल्याउनुपर्नेमा जोड दिएका थिए । क्यामरुन र रजोए दुबैलाई सिरियामा जारी द्वन्द्वबाट देश छोडी भागेका  शरणार्थी समस्याका कारण आ–आफ्नो देशमा विपक्षीहरुले एक मुद्दा बनाइरहेका छन । क्यामरुन र रजोएबीच आर्थिक, पर्यटन, युरोपियन युनियनको सुधारका कार्यक्रम र अन्तर्राष्ट्रिय मामिलालगायत आप्रवासीको समस्याको विषयमा वार्ता जारी रहेको शुक्रबार अपराह्नमा भएको पत्रकार सम्मेलनमा रजोएले बताएका छन् । थप शरणार्थीको लागि आश्रयको बचन दिन रजोए आफू असफल हुनु भएको बताएका छन् ।  यसका विविध कारणहरु रहेको भन्दै आगामी दिनमा युरोपमा यसका बारेमा आपसी छलफल आवश्यक भएको पनि बताएका थिए । गत बर्षको तुलनामा यस बर्ष तेब्बर सङ्ख्यामा शरणार्थीहरुले आश्रयको लागि अनुरोध गरेको उनले बताए । स्पेनले शरणार्थीहरुलाई बारम्बार शरण दिएर आफ्नो प्रतिवद्धता पूरा गरेको पनि रजोएले बताएका छन् । हजारौको सङ्ख्यामा रहेको सिरियाली शरणार्थीको लागि पुनर्वासको प्रवन्धको लागि थप घोषणा गर्न नसकेको रजोए बताएका हुन  । आगामी दिनमा स्पेनले भन्दा बढी बेलायतले शरणार्थीलाई सहयोग गर्न सक्ने क्यामरुनले बताएका छन्  तर त्यो सङ्ख्याका बारेमा भने उनले केही पनि बताएका छन् । क्यामरुनले  बेलयातले १० करोड पाउन्ड बराबरको थप रकमको सहयोग सामाग्री एवम् सिरियाली शरणार्थीको लागि सहयोग गर्न सक्ने बताउनु भएको छ । हालमा सिरियामा द्वन्द्वबाटपिडित सिरियालीको लागि ६ करोड पाउन्ड अर्थात ९ करोड १० लाख अमेरिकी डलर बराबरको सहयोग गरिसकेको पनि उहाँले जानकारी दिनु भएको छ । सिरियामा बाँकी रहेका नागरिकहरुले अझ पनि छिमेकी राष्ट्रमा शरण लिन जाने क्रम जारी नै राखेका भन्दै टर्की, जोर्डन, लेबनानमा सिरियाली शरणार्थीको सङ्ख्या सिरियाको जनसङ्ख्याको चार भागको एक भाग पुगि नै सकेको पनि क्यामरुनले बताउनु भएको प्राप्त समाचारमा जनाइएको छ । रासस ÷सिन्ह्वा
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending