Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

कृषि उपज धितो राखेर ऋण लिन पाउने व्यवस्थाले किसान उत्साही

खबरडबली संवाददाता

काठमाडौं। नेपाल राष्ट्र बैङ्कले कृषि उपज धितो राखेर ऋण लिन पाउने व्यवस्था गरेको छ । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले शुव्रmबार मौद्रिक नीति सार्वजनिक गर्दै सो घोषणा गरेपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई सजिलो भएको छ । 

कृषि मन्त्रालयले कृषि ऐन तयार गरिरहेको छ । कृषि ऐनको मसौदा छलफलमा छ । सो मसौदामा पनि किसानले उत्पादन गरेको वस्तुलाई धितो राखेर ऋण दिने व्यवस्था गरेको छ । 

कृषि मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा. हरिबहादुर केसीले नेपाल राष्ट्र बैङ्कले नै नीति बनाई सकेपछि आफूहरूलाई त्यसमा काम गर्न सजिलो भएको बताए । किसानलाई ऋणलाई साह्रै झन्झट हुन्छ, उसँग उत्पादित वस्तुबाहेक धितो राख्ने अरू केही हुँदैन नेपाल राष्ट्र बैङ्कले मौद्रिक नीतिमा नै ल्याएपछि कृषि मन्त्रालयलाई थप नीति बनाउन सजिलो हुने बताए । 

कृषि मन्त्रालयले कृषि ऐन बनाइरहेको छ, मसौदामाथि छलफल चलिरहेको छ, सो मसौदामा पनि किसानको उपज धितो राखेर ऋण दिनुपर्ने उल्लेख छ अब त्यसलाई अगाडि बढाउन झन् सजिलो भएको उनले बताए । शीतभण्डारमा राखिएका उत्पादित वस्तुलाई बिमा गर्नु पर्छ भनी छलफल भइरहेको बताउँदै उनले अब यसलाई पनि नीतिगत रूपमै अगाडि बढाउनुपर्ने बताए । 

खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले मौद्रिक नीति आएपछि किसानले राहत महसुस गरिरहेको बताए । किसानले उत्पादन गरेको वस्तु धितो राखेर सहुलियतमा ऋण उपलब्ध गराउन सकियो भने धेरै नै राम्रो हुने बताउँदै उनले अब सरकारले यसमा ढिलो नगरीकन यसलाई कार्यान्वयनमा ल्याउनुपर्ने बताए । किसानसँग धितो राख्नका लागि उपजबाहेक अरू केही हुँदैन, त्यसलाई धितो राखेर ऋण दियो भने किसानलाई धेरै नै सुविधा हुने बताउँदै उनले बेला बेलामा किसानलाई खुसी बनाउने नीतिहरू बन्ने गरेका हुन्छन् तर कार्यान्वयन भएको हुँदैन मौद्रिक नीतिमा आएको यो विषय कार्यान्वयनमा आउनुपर्ने बताए । 

तत्कालीन अर्थमन्त्री वर्षमान पुनले सार्वजनिक गरेको आ व २०८१÷८२ को बजेटमा पनि कृषि उपज धितोमा राखेर ऋण लिन सकिने व्यवस्था गरेका छन्  । बजेट प्रस्तुत गर्दै उनले प्रतिफल दिन लामो समय लाग्ने कृषि तथा फलफूल व्यवसायमा उत्पादनपूर्वको कर्जाको ब्याजमा अनुदानको व्यवस्था मिलाएको  बताएका थिए । यो कुरा अहिलेको मौद्रिक नीतिमा पनि आएको हुनाले किसान खुसी देखिएका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

६३ उपसचिवको सरूवा, अधिकांश प्रशासकीय अधिकृतको जिम्मेवारीमा

काठमाडौं । सरकारले ६३ जन उपसचिवको सरूवा गरेको छ  । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरूवा गरेको हो । सरूवा भएका मध्ये निमित्तको भरमा चल...

भानुआटुमा शक्तिशाली भूकम्प

सिड्नी । प्रशान्त महासागरको द्वीप राष्ट्र भानुआटु नजिक शक्तिशाली भूकम्प गए पनि ठूलो क्षतिको जोखिम कम देखिएको छ । युएसजिएसका अनुसार सोमबार ७.३ म्याग्नि...

महासङ्घद्वारा १३ जना ज्येष्ठ पत्रकारलाई वार्षिक पेन्सन

झापा । नेपाल पत्रकार महासङ्घ झापा शाखाले आज १३ जना ज्येष्ठ पत्रकारलाई पेन्सनस्वरुप वार्षिक भत्ता वितरण गरेको छ । महासङ्घको ७१औँ स्थापना दिवसका अवसरमा ...

तमोर करिडोर सडक कालोपत्रे भएपननि पुल निर्माणमा ढिलासुस्तीले यात्रुललाई सास्ती

धनकुटा । पूर्वी पहाडलाई चीन र भारतसँग जोड्ने लक्ष्यसहित निर्माणाधीन तमोर करिडोरमा सडक कालोपत्रे भए पनि मोटरेबल पुल निर्माणमा ढिलासुस्ती हुँदा यात्रुहर...

वीर अस्पतालमा आजदेखि महिलाका लागि निःशुल्क क्यान्सर परीक्षण सुरु

काठमाडौं । वीर अस्पतालमा आजदेखि महिलाका लागि निःशुल्क क्यान्सर परीक्षण सेवा सुरु गरिएको छ। काठमाडौं महानगरपालिकाको सहकार्यमा सुरु गरिएको उक्त सेवाअ...

चैते धानको समर्थन मूल्य सिफारिस

काठमाडौँ । कृषि विभागले चैते धानको समर्थन मूल्य सिफारिस गरेको छ । विभागले किसानलाई उचित मूल्य सुनिश्चित गर्न विभिन्न २५ जिल्लामा स्थलगत अध्ययनसहितको प...

प्रतिवेदनहरूको कार्यान्वयन र कानूनी प्रक्रियामा सरकारी अडान

काठमाडाेैं ।  सरकारले विभिन्न समयमा गठन गरेका छानबिन समिति र आयोगका प्रतिवेदनहरूलाई दराजमा थन्क्याउने नभई कार्यान्वयन गर्ने दिशामा अगाडि बढेको सरकारका...

एसईई परीक्षा र ब्रिज कोर्स सञ्चालनमा कडाइ

काठमाडाैं । शिक्षा क्षेत्रको सुधार र विद्यार्थीहरूको मानसिक स्वास्थ्यलाई ध्यानमा राख्दै सरकारले केही महत्वपूर्ण कदमहरू चालेको छ । सरकारका प्रवक्ता ...

सहकारी ठगीमा परेका साना बचतकर्ताहरुको रकम फिर्ता गर्ने गृहकार्यमा सरकार

काठमाडौं । सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले प्रदेश र संघीय सरकारबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जो...

कार्की आयोगको प्रतिवेदन: उपसचिव सुवास पौडेललाई पुरस्कृत गर्न सिफारिस

काठमाडौं । जेन्जी प्रदर्शनका क्रममा भएका घटनाको छानबिन गर्न गठित कार्की आयोगले नेपाल सरकारका उपसचिव सुवास पौडेललाई पुरस्कृत गर्न सिफारिस गरेको छ। ग...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending