Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

कृषि उपज धितो राखेर ऋण लिन पाउने व्यवस्थाले किसान उत्साही

खबरडबली संवाददाता

काठमाडौं। नेपाल राष्ट्र बैङ्कले कृषि उपज धितो राखेर ऋण लिन पाउने व्यवस्था गरेको छ । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले शुव्रmबार मौद्रिक नीति सार्वजनिक गर्दै सो घोषणा गरेपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई सजिलो भएको छ । 

कृषि मन्त्रालयले कृषि ऐन तयार गरिरहेको छ । कृषि ऐनको मसौदा छलफलमा छ । सो मसौदामा पनि किसानले उत्पादन गरेको वस्तुलाई धितो राखेर ऋण दिने व्यवस्था गरेको छ । 

कृषि मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा. हरिबहादुर केसीले नेपाल राष्ट्र बैङ्कले नै नीति बनाई सकेपछि आफूहरूलाई त्यसमा काम गर्न सजिलो भएको बताए । किसानलाई ऋणलाई साह्रै झन्झट हुन्छ, उसँग उत्पादित वस्तुबाहेक धितो राख्ने अरू केही हुँदैन नेपाल राष्ट्र बैङ्कले मौद्रिक नीतिमा नै ल्याएपछि कृषि मन्त्रालयलाई थप नीति बनाउन सजिलो हुने बताए । 

कृषि मन्त्रालयले कृषि ऐन बनाइरहेको छ, मसौदामाथि छलफल चलिरहेको छ, सो मसौदामा पनि किसानको उपज धितो राखेर ऋण दिनुपर्ने उल्लेख छ अब त्यसलाई अगाडि बढाउन झन् सजिलो भएको उनले बताए । शीतभण्डारमा राखिएका उत्पादित वस्तुलाई बिमा गर्नु पर्छ भनी छलफल भइरहेको बताउँदै उनले अब यसलाई पनि नीतिगत रूपमै अगाडि बढाउनुपर्ने बताए । 

खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले मौद्रिक नीति आएपछि किसानले राहत महसुस गरिरहेको बताए । किसानले उत्पादन गरेको वस्तु धितो राखेर सहुलियतमा ऋण उपलब्ध गराउन सकियो भने धेरै नै राम्रो हुने बताउँदै उनले अब सरकारले यसमा ढिलो नगरीकन यसलाई कार्यान्वयनमा ल्याउनुपर्ने बताए । किसानसँग धितो राख्नका लागि उपजबाहेक अरू केही हुँदैन, त्यसलाई धितो राखेर ऋण दियो भने किसानलाई धेरै नै सुविधा हुने बताउँदै उनले बेला बेलामा किसानलाई खुसी बनाउने नीतिहरू बन्ने गरेका हुन्छन् तर कार्यान्वयन भएको हुँदैन मौद्रिक नीतिमा आएको यो विषय कार्यान्वयनमा आउनुपर्ने बताए । 

तत्कालीन अर्थमन्त्री वर्षमान पुनले सार्वजनिक गरेको आ व २०८१÷८२ को बजेटमा पनि कृषि उपज धितोमा राखेर ऋण लिन सकिने व्यवस्था गरेका छन्  । बजेट प्रस्तुत गर्दै उनले प्रतिफल दिन लामो समय लाग्ने कृषि तथा फलफूल व्यवसायमा उत्पादनपूर्वको कर्जाको ब्याजमा अनुदानको व्यवस्था मिलाएको  बताएका थिए । यो कुरा अहिलेको मौद्रिक नीतिमा पनि आएको हुनाले किसान खुसी देखिएका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर ।  भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...

वारणमा ऐतिहासिक सफलता: गलगाँडको समस्या शून्यमा

काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...

स्थानीय उत्पादन प्रवर्धनमा सरकारले सहयोग गर्ने: मन्त्री परियार

पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...

श्चिम नवलपरासीमा चिसो बढेसँगै चोक–चोकमा दाउरा वितरण

पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...

त्रिविको ५१ औँ दीक्षान्त समारोह : २५ विद्यार्थीले पदक र पुरस्कार पाउने

  काठमाडौँ  । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...

ठेक्का तोडिएका सडक योजनाको नयाँ टेण्डर प्रक्रिया सुरु गर्न मन्त्री घिसिङको निर्देशन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...

अझै फर्किएनन् तनहुँका ६८ जना कैदीबन्दी

तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...

फैजुल्लाह आलमको निधनले प्रेस सेन्टर नेपालमा शोक

काठमाडौँ ।  प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...

चिनी माग्ने बहानामा घर पसेर ९० भन्दा बढी चोट

झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी

शेयर बजारमा ठगी र कृत्रिम मूल्य वृद्धि: ४९ लाख अवैध नाफा कमाएको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ

काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending