काठमाडौं । लोकप्रिय गायक नारायण थापा र अग्रज गीतकार डब्बु क्षत्रले आफ्नो गीत तिमीलाई नै...को भिडियो दर्शकमाझ ल्याएका छन् । यो गीतको भिडियोलाई यतिबेला ओएसआर डिजिटलको युट्युव च्यानलबाट रिलिज गरिएको छ ।
तिमीलाई नै...मा संगीत पनि नारायण थापाले नै गरेका हुन् । सिन्धुलीका नारायण थापा गायकको रुपमा लोकप्रिय भए पनि उनी बेला बेलामा मिठो संगीत सृजना समेत गर्छन ।
यो गीतमा राजेन्द्र बजगाईको संगीत संयोजक छ । जसमा मिक्सिङ तथा मास्टरिङ मनोज परियारले गरेका हुन् । गीतलाई म्युजिक किचनमा रेकर्डिङ गरिएको हो ।
यो गीतको भिडियोमा अभिनेता यसराज गराच र कलाकार तथा मोडल प्रतीक्षा काफ्लेको अभिनय छ । उनीहरु भिडियोमा रोमान्चित देखिएका छन् । तिमीलाई नै...गीतको भिडियोमा यसराज र प्रतीक्षाको जोडीलाई निकै आकर्षक देखिएको छ । गीतको भिडियोलाई सर्लाहीको भरतताल लगायत विभिन्न रमणीय स्थालमा छायाँकन गरिएको छ । बीरेन्द्र भाट विपिनको सम्पादन, शर्मिला बुढाथोकीको मेकअप, प्रविण सुवेदीको छायाँकनरहेको यो गीतको भिडियोलाई कृष्ण रसालले कोरियोग्राफी गरेका हुन् । रसालको कोरियोग्राफी प्रसँसनीय छ । भिडियोमा डब्बु क्षत्रीको निर्देशन रहेको छ ।
यो गीतकार रचनाकार डब्बु क्षत्रीका अनुसार गीतमा एक प्रेमीको प्रमिका प्रति आसक्ती प्रस्तुत गरिएको छ,‘जतिबेला पनि आफ्नै प्रेमिकालाई हेरिरहुँ र भेटिरहुँ भन्ने प्रेमीको अथाह प्रेमाशक्तिलाई यो गीतमा उल्लेख गरिएको छ । गीतसँगै भिडियोले यतिबेला राम्रो प्रतिक्रिया पाएको छ ।’ गीतकार डब्बु क्षत्रीले भने ।
गायक नारायण थापाले आफ्नो पहिलो गीतिसँग्रह अजम्बरीमा यो गीत समेटेका थिए । सँग्रहमार्फत उनले यो गीतलाई यस अघि नै ल्याए पनि यसको म्युजिक भिडियो भने बनाएका थिएनन् । सोही गीत यतिबेला भिडियोको रुपमा दर्शकमाझ आएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १४ गते, २०८३ - २१:५७
काठमाडौं । साउदी अरबको पूर्वी तटीय क्षेत्र रास तनुरामा आइतबार तेल कम्पनी अरामकोको हेलिकप्टर दुर्घटना हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। साउदी प्...
आषाढ़ १४ गते, २०८३ - २१:५४
काठमाडौँ । नेपाल प्रहरीले जुवातास खेलिरहेका अवस्थामा विभिन्न स्थानबाट २१ जनालाई पक्राउ गरेको छ। काठमाडौँ महानगरपालिका–१३ सोल्टीमोडमा डेरागरी बस्ने ...
आषाढ़ १४ गते, २०८३ - २१:४८
काठमाडौं । मार्वल ब्रान्डको नाम र ट्रेडमार्क दुरुपयोग गरी नक्कली बोरवेल पाइप उत्पादन तथा बिक्री गरेको आरोपमा प्रहरीले धनुषाको लक्ष्मीनिया गाउँपालिका–स...
आषाढ़ १४ गते, २०८३ - २१:४३
विराटनगर । विराटनगर रानी बोर्डर स्थित पुरानो भन्सार कार्यालय परिसरमा बिना अनुमति बिचौलियाको भूमिका खेली भारतीय सवारीसाधनलाई दुःख दिएको आरोपमा मोरङ प्र...
आषाढ़ १४ गते, २०८३ - २१:३९
काठमाडौँ । सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। आइतबार चट्याङ लागेर ३९ वर्षीय कुमारी राईको मृत्यु भएको...
आषाढ़ १४ गते, २०८३ - २१:३४
रुपन्देही । पुस्तौँदेखि नेपाली भूमि जोगाउँदै आएका नवलपरासीको सुस्ताका बासिन्दाले अब आफ्नो आन्दोलन काठमाडौं केन्द्रित बनाउने घोषणा गरेका छन्। नागरिकता,...
आषाढ़ १४ गते, २०८३ - २१:३१
काठमाडौँ । कागका कारण काठमाडौँ उपत्यकामा बर्डफ्लु व्यापकरूपमा फैलिएको छ । यहाँका कागमा बर्डफ्लु रोग देखिएपछि उपत्यकाभर फैलिएको हो । पशु सेवा विभागक...
आषाढ़ १४ गते, २०८३ - २१:२९
काठमाडाैँ । उत्तरपूर्वी फ्रान्सको मुर्थे–एट–मोसेल क्षेत्रमा आइतबार एउटा सानो नागरिक विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ११ जनाको मृत्यु भएको स्...
आषाढ़ १४ गते, २०८३ - २१:२८
काठमाडौँ । मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएकाले आगामी असार १६ र १७ गते देशका अधिकांश भागमा मुसलधारे वर्षा हुने भएको छ। जल तथा मौसम पूर्वानुमान मह...
आषाढ़ १४ गते, २०८३ - २१:२५
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी ( नेकपा) का वरिष्ठ नेता तथा पूर्वमन्त्री वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अघि सारेको प्रदेशसभा...



प्रतिकृया लेख्नुहोस्: