Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

म्याग्दीको मालिकामा चार सय परिवारलाई खानेपानी

खबरडबली संवाददाता

काठमाडौं ।  म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको ३ वटा खानेपानी आयोजना निर्माण भएको छ । 

नेपाल पानीको लागि स्वास्थ्य (नेवा) संस्था, मालिका गाउँपालिका र उपभोक्ताको १ करोड ८७ लाख ९० हजार ९८६ को लागतमा निर्माण भएका ३ वटा आयोजनाबाट ४०९ घरधुरी लाभान्वित भएका छन् । 

ठूलोरुममा २७०, बिलबाङमा ६४ र कलान भनारी खानेपानी तथा सरसफाई आयोजनाबाट ७३ घरधुरीमा निजी धारा जडान गरेर खानेपानी वितरण गरिएको मालिका गाउँपालिका–२ का वडा अध्यक्ष उदयबहादुर बुढाथोकीले जानकारी दिए । 

यसअघि सार्वजनिक धारा मार्फत खानेपानी वितरण हुने गरेको थियो । घर, आगनकै धारामा नियमित पानी आपुर्ति हुन थालेपछि उपभोक्ताको समयको बचत भएको छ । धाराबाट पानी ओसार्दा हुने दुःख र झञ्जट हटेको छ । 

स्थानीयबासीको दैनिकी र जिवनशैली परिवर्तन भएको छ । स्वास्थ्य र सफा खानेपानी आपुर्ति हुन थालेपनि दुषित पानीका कारण हुने स्वास्थ्य समस्या न्युनीकरण हुने अपेक्षा गरिएको छ ।  खानेपानीको व्यवस्थित र मितव्ययी प्रयोगका लागि मिटर जडान गरि हेरालु राखिएको वडा अध्यक्ष बुढाथोकीले बताए ।   

रु। १ करोड १५ लाख ७ हजार ४२४ को लागतमा निर्माण भएको ठूलोरुम खानेपानी तथा सरसफाई आयोजना मार्फत १ हजार ४२३ र रु। ३६ लाख ६५ हजार ८०४ को लागतमा निर्माण भएको बिलवाङ खानेपानी तथा सरसफाई आयोजनाबाट ३६२ जनसंख्या लाभान्वित भएका छन् । 

कुल  ३५ लाख ७४ हजार ७५८ को लागतमा निर्माण भएको कलात भनारी खानेपानी तथा सरसफाई आयोजना मार्फत ७३ घरधुरीका ३४४ जनसंख्या लाभान्वित भएका छन् । ४११ जना विद्यार्थी अध्ययनरत विद्यालयमा १ वटा धारा जडान भएको छ । 

नेवासँगको साझेदारीमा मालिका गाउँपालिकामा यस वर्ष ६ वटा एक घर, एक धारा सहितको खानेपानी आयोजना निर्माण भएको गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताए । वडा नम्बर २ मा निर्माण भएका ३ वटै आयोजनाको शुक्रबार गाउँपालिका अध्यक्ष गर्बुजा, उपाध्यक्ष लक्ष्मीदेवी घर्ति पुन र वडा अध्यक्ष बुढाथोकीले उद्घाटन गरेका थिए  ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर ।  भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...

वारणमा ऐतिहासिक सफलता: गलगाँडको समस्या शून्यमा

काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...

स्थानीय उत्पादन प्रवर्धनमा सरकारले सहयोग गर्ने: मन्त्री परियार

पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...

श्चिम नवलपरासीमा चिसो बढेसँगै चोक–चोकमा दाउरा वितरण

पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...

त्रिविको ५१ औँ दीक्षान्त समारोह : २५ विद्यार्थीले पदक र पुरस्कार पाउने

  काठमाडौँ  । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...

ठेक्का तोडिएका सडक योजनाको नयाँ टेण्डर प्रक्रिया सुरु गर्न मन्त्री घिसिङको निर्देशन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...

अझै फर्किएनन् तनहुँका ६८ जना कैदीबन्दी

तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...

फैजुल्लाह आलमको निधनले प्रेस सेन्टर नेपालमा शोक

काठमाडौँ ।  प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...

चिनी माग्ने बहानामा घर पसेर ९० भन्दा बढी चोट

झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी

शेयर बजारमा ठगी र कृत्रिम मूल्य वृद्धि: ४९ लाख अवैध नाफा कमाएको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ

काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending