Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

राजधानीमा हैजा, सावधानी अपनाउन सुझाव

खबरडबली संवाददाता

काठमाडौं । ललितपुरमा एक जना व्यक्तिमा हैजा (कोलेरा० पुष्टि भएको छ । गोदावरी नगरपालिका वडा नम्बर १४ ठैवमा रहेको एक संस्थामा आश्रित १६ वर्षीय व्यक्तिमा हैजा पुष्टि भएको हो । 

जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख भुवन पौडेलले ती बालकलाई हैजा पुष्टि भएको जानकारी दिँदै त्यहाँ जनस्वास्थ्य कार्यालयबाट स्वास्थ्यकर्मीसहितको टोली परिचालन गरी हैजा नियन्त्रण गर्न लागिएको बताए । 

उनका अनुसार त्यहाँ रहेका चार जनाको आरडिटी परीक्षण गर्दा पोजेटिभ देखिएपछि कल्चरका लागि जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको छ । कल्चरमा समेत हैजा पुष्टि भएमा हैजा पुष्टि हुनेको सङ्ख्या बढ्ने छ ।

डा. पौडेलले बाँकी चार जनाको कल्चरको रिपोर्ट ७२ घण्टामा आउने जानकारी दिए । उनका अनुसार उक्त संस्थामा भएका सात जनालाई लक्षण देखिएपछि थप उपचारका लागि टेकुस्थित शुव्रmराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पठाइएको छ । जनस्वास्थ्य कार्यालयको स्वास्थ्यकर्मीको टोलीले संस्थामा कसरी हैजा फैलियो भन्ने अनुगमन गरिरहेको छ । 

डा. पौडेलले खानेपानी या खानेकुराबाट हैजा फैलिएको हुन सक्ने अनुमान गरे । उनले हैजा फैलने प्रमुख कारण पानी र खानेकुराबाहेक अरू कारण हुन नसक्ने बताए । संस्थामा आश्रितले पानी नतताई पिएको, सागसब्जी नपखाली खाएको हुन सक्ने अनुमान गरिएको छ । शुव्रmराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले पानीमार्फत दिसाको माध्यामबाट हैजा फैलने बताए । उनले झाडापखाला लागेर दैनिक १० देखि १५ जना बिरामी आउन थालेको बताए । 

सरुवा रोग विशेषज्ञ डा. अनुप बाँस्तोलाले भिब्रियो कोरेला नामक ब्याक्टेरियाको कारण हैजा लाग्ने जानकारी दिए । उनले हैजा भएका मानिसको दिसामा हैजाका कीटाणु हुने बताए ।

अस्पतालका निर्देशक डा. बसौलाले दुई जनालाई अस्पताल भर्ना गरेर राखिएको जानकारी दिँदै हैजा शङ्कास्पद एक जनाको आइसियुमा र हैजा पुष्टि भएका बालकको क्याबिनमा राखेर उपचार भइरहेको बताए । उनका अनुसार उपचार गराइरहेका दुई जना भने सोमबार राति भागेका छन् । आकस्मिक कक्षबाट पिसाब फेर्न जाने भन्दै राति १ बजे निस्किएका उनीहरू आकस्मिक कक्षमा रहेको शौचालयको झ्यालबाट भागेका हुन् । 

पाँच वर्षमुनिकालाई पोलियो खोप अनिवार्य

काठमाडौँमा पोलियो भाइरस पुष्टि भएपछि सरकारले उपत्यकाका तीन जिल्लामा बुधबारदेखि शनिबारसम्म पोलियोविरुद्धको विशेष खोप अभियान सञ्चालन गर्दै छ । 

काठमाडौँको टुकुचा खोला र बागमती नदीको सङ्गमस्थलबाट गत जेठ १३ गते सङ्कलन गरिएको ढलको पानी परीक्षण गर्दा परिवर्तित पोलियो भाइरस (भ्याक्सिन डिराइभ्ड पोलियो भाइरस टाइप ३) देखा परेको थियो । पोलियो भाइरस पुष्टि भएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपत्यकाका तीन जिल्लामा विशेष पोलियो खोप अभियान सुरु गर्न लागेको हो । 

परिवार कल्याण महाशाखाका निर्देशक डा। विवेककुमार लालले पोलियो खोप अभियानमा काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाका जन्मेदेखि पाँच वर्षमुनिका सम्पूर्ण बालबालिकालाई खोप लगाइने बताए । उनले नियमित खोपमा पोलियो खोप दिइएको भए पनि विशेष अभियानमा आफ्ना बालबालिकालाई अनिवार्य रूपमा पोलियोविरुद्धको खोप लगाउनुपर्ने बताए । 

 स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा, खोप शाखा प्रमुख डा. अभियान गौतमले काठमाडौँ, भक्तपुर र ललितपुरका जन्मिएदेखि पाँच वर्षसम्मका बालबालिकालाई घरमा गएर पोलियोविरुद्धको खोप दिइने जानकारी गराए । साउन ९ देखि १२ गतेसम्म पोलियोविरुद्ध खोप अभियान सञ्चालन गर्ने भएकाले पाँच वर्षसम्मका सबै बालबालिकालाई खोप लगाउन खोप केन्द्रमा लैजानुपर्ने बताए । विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई १० वर्षअघि नै पोलियोमुक्त घोषणा गरेको थियो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सिलु : काठमाडौं उपत्यकाको प्रेम, श्रद्धा र सांस्कृतिक धरोहर

काठमाडौं उपत्यकाको जीवन, संस्कृति र संगीतमा जहाँ–जहाँ पाइला टर्छ, त्यहीँ कतै ‘सिलु’ नामको कथा अनिवार्य रूपमा उपस्थित हुन्छ। यो कथा केवल प्रेमी दम्पतीक...

उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले राजीनामा दिइन्

हेटौँडा। उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पार्टीबाट राजीनामा दिएकी छन्। श्रेष्ठले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै पार्टीको न...

कालीमाटी बजारमा आजका तरकारी–फलफूल मूल्य अपडेट

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न तरकारी र फलफूलको थोक मूल्य तोकेको छ। मूल्य सूची किसान, व्यापारी र उपभोक्ताले ...

ढेबुवा–तीनखण्डे जोड्ने पुलको अभावले सिर्जना गरेको चुनौती, सुनकोशी पार गर्ने बालबालिकाको जोखिमपूर्ण यात्रा

ओखलढुंगा । ओखलढुंगाको ढेबुवा, बिहान ५ बजे। सुनकोशी नदी किनारमा स–साना विद्यार्थीहरू भेला हुन्छन्। उनीहरूको विद्यालयको बाटो मात्र १० मिनेटको दूरीमा भए ...

फापरखेतको पहिरो : बेलिब्रिजको योजना अन्यौलमा, स्थानीय जीवन जोखिममा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडक पहिरोले बारम्बार संकटमा पारिरहेको छ। सडकको खतर...

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि दुई महिना बन्द हुने

ललितपुर ।  आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति राजमार्ग बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरका अनुसार कान्ति राजमा...

मधेशीय राजनीति हल्लिएको दिन : कांग्रेस–एमाले नेतृत्व असम्भव भन्ने विश्वास सरोज–श्रीकृष्णले भत्काए

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मधेश प्रदेशको राजनीतिक यथार्थमा आएको नयाँ परिवर्तनलाई ऐतिहासिक मोडका रूपमा व्याख्या गरेका छन् । सामाजिक...

पूर्वी नवलपरासीको सामुदायिक वनमा ८ मृग मृत फेला, निकुञ्जले विस्तृत अनुसन्धान सुरू

नवलपरासी । पूर्वी नवलपरासीको देवचुली नगरपालिका–१३ स्थित मातृभूमि मध्यवर्ती सामुदायिक वन क्षेत्रमा ८ वटा मृग मृतावस्थामा फेला परेका छन्। एकैपटक यति ठूल...

हेटौंडामा बिहानैदेखि भत्काउन थालियो सडक छेउका घर तथा संरचना

मकवानपुर । सडक डिभिजन हेटौंडाले आज बिहानैबाट बुद्धचोक क्षेत्रमा सडक विस्तारका लागि घर र संरचना भत्काउन सुरु गरेको छ। सडक डिभिजनले ५ मंसिरमा १५ दिने...

मधेशका मुख्यमन्त्रीको शपथ आइतबार

काठमाडौं ।  मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवको शपथग्रहण आइतबार हुने भएको छ। यादव सात दलको समर्थनमा शुक्रबार मुख्यमन्त्रीमा नियुक्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending