Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

खण्ड र अखण्डका पक्षलाई मिलाउन किताबी सङ्घीयता सम्भव छैनः नेता पोखरेल

\"shankar-pokhrel\"टोकियो । नेकपा एमाले स्थायी समिति सदस्य एवं पूर्वमन्त्री पोखरेलले खण्ड र अखण्डका पक्षलाई मिलाउन किताबी सङ्घीयता सम्भव नरहेको बताएका छन् । जापानमा अधययनरत नेपाली विद्यार्थीले शनिबार साँझ आयोजना गरेको ‘नेपालको पुनः निर्माण सम्भावना र चुनौती ’विषयको अन्तरक्रियामा पोखरेलले उक्त कुरा बताएका हुन । नेता पोखरेलले जनतालाई ढाल बनाएर दङ्गा भड्काउने र संविधान प्रक्रियामा जान नदिइ लम्ब्याउने खेल भए पनि नेपाली जनताले दसैँसम्ममा जसरी पनि संविधान पाउने जिकिर गर्दै जनताको पहिलो आवश्यकता संविधान र दोस्रो पुनःनिर्माण भएको बताउँदै दसैँअघि नै नयाँ संविधान आउने ठोकुवा गरे । चेतनाको कमीले परम्परागत शैलीमा निर्माण गरिएका संरचनाले मानवीय र भौतिक क्षति बढी भएको बताउँदै उनले भूकम्पपछि उद्धारमा खटिएका जापानलगायत मुलुकले स्वास्थ्य क्षेत्रमा सराहनीय काम गरेको भए पनि कमजोर संरचनामा पुरिएकाको उद्धारमा काम गर्न नसकेको भनी असन्तुष्टि व्यक्त गरे । विपत्ति व्यवस्थापन गर्ने जानकारी अभावमा सरकार काठमाडौं केन्द्रित भएको समयमा गैरआवासीय प्रवासी नेपालीले दुर्गमस्थानका पीडितलाई राहत दिलाउन खटिएको भूमिकाको प्रशंसा गर्दै नेता पोखरेलले सहयोगी भूमिकालाई सरकारले चिन्न नसकेको आरोप पनि लगाए ।  परम्परागत सोचाइका आधारमा पुनःनिर्माण संरचना सम्भव नभएकाले व्यवस्थित बसोबास योजना आवश्यक रहेको बताउँदै नेता पोखरेलले न्यूनतम पूर्वाधार पूरा गर्ने गरी सहर विकास गरिने बताए । वास्तविक भूकम्पपीडितले पाउने राहत वितरणका लागि सार्वजनिक गरिएको नेपाल राष्ट्र बैंकको तथ्याङ्क र सरकारले सार्वजनिक गरेको तथ्याङ्क पत्यारिलो नभएको बताउँदै नेता पोखरेलले न्यूनतम २ प्रतिशतका दरले  १० वर्षसम्मका लागि दिने भनिएको सहरलाई २५ लाख र गाउँलाई १५ लाखको ऋण प्रक्रियासमेत प्रभावकारी नरहेको दोषारोपण गरे । जनतालाई ढाल बनाएर दङ्गा भड्काउने र संविधान प्रक्रियामा जान नदिइ लम्ब्याउने खेल भए पनि नेपाली जनताले दसैँसम्ममा जसरी पनि संविधान पाउने जिकिर गर्दै पूर्वमन्त्री पोखरेलले खण्ड र अखण्डका पक्षलाई मिलाउन किताबी सङ्घीयता सम्भव नरहेको तर्क गरे । कार्यक्रममा जापानका लागि नेपाली राजदूत डा मदनकुमार भट्टराइले भूकम्पपछिको पुनःनिर्माणमा दाता राष्ट्रलाई कुनै पनि कार्ययोजना नआएकाले जापान सरकारलाई उपलब्ध गराउन नसकिएको बताए । गैरआवासीय प्रवासी नेपाली सङ्घका उपाध्यक्ष भवन भट्टले भूकम्पपछिको पुनःनिर्माणमा राज्यसित सहकार्य गरेर अघि बढ्ने जानकार दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending