Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

गाजाको वातावरणीय नमुनामा पोलियो भाइरस फेला

खबरडबली संवाददाता

संयुक्त राष्ट्रसङ्घ। गाजाको वातावरणीय नमुनामा पोलियो भाइरस पत्ता लाग्नु गहिरो चिन्ताको विषय रहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । तर हालसम्म पक्षाघात रोगको कुनै घटना नभेटिनु राहतको कुरा रहेको राष्ट्रसङ्घका मानवतावादीहरूले शुक्रबार बताएका छन् ।

यो भाइरसले विशेष गरी खोप नलगाएका र शारीरिक रूपमा कमजोर बच्चाहरूमा पक्षाघात निम्त्याउन सक्ने जनाइएको छ ।

“विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले खान युनूस र देइर अल बलाह सहरबाट सङ्कलन गरेका छ वटा वातावरणीय नमुनामा पोलियोको दोस्रो भेरियन्टको भाइरस फेला परेको जनाएको छ’’, मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसङ्घीय कार्यालय ९ओसिएचए०ले भन्यो, “हालसम्म कुनै पक्षाघातका घटनाहरू भने पत्ता लागेको छैन ।’’

ओसिएचएले गाजाको आश्रय स्थानहरूमा बढ्दो भिडभाड, सफा पानीको अभाव, सरसफाइ र स्वच्छताको खराब अवस्थाले निम्त्याएको सङ्क्रामक रोगहरूको फैलावटप्रति चिन्ता व्यक्त गरेको हो ।

डब्ल्यूएचओका प्रमुख टेड्रोस एड्हानोम गेब्रेयससले आफ्नो एजेन्सी, युनिसेफ, प्यालेस्टाइन शरणार्थीका लागि संयुक्त राष्ट्र राहत र कार्य एजेन्सी (यूएनआरडब्लुए) र गाजा स्वास्थ्य मन्त्रालयले पोलियो भाइरस सङ्क्रमणको दायरा बुझ्न यसको जोखिम मूल्याङ्कन गरिरहेको बताए ।

उनले गाजाको स्वास्थ्य प्रणालीको विनाश, चिकित्सा आपूर्तिको अभाव, जनसङ्ख्याको निरन्तर विस्थापन, कमजोर सरसफाइ, पानीको खराब गुणस्तर र सुरक्षाको अभावले पोलियोलगायत ुखोप–रोकथाम योग्यु रोगहरूको जोखिम बढाइरहेको चेतावनी दिए। 

गाजामा अक्टोबर ७ मा द्वन्द्व सुरु भएदेखि श्वासप्रश्वास नलीमा सङ्क्रमणका लगभग दशलाख घटनाहरू पुष्टि भएको र अन्य सङ्क्रामक रोगहरू बढ्दै गएको डब्ल्यूएचओको जुलाई ७ सम्मको अध्ययनले जनाएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपालमा पनि टी–२० विश्वकप ट्रफी टुर हुने

काठमाडौँ। भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने आइसिसी टी–२० विश्वकपको ट्रफी नेपालमा पनिा ल्याइने भएको छ । अन्तर्...

राष्ट्र संघको सहयोगको कदर गर्छौं : प्रधानमन्त्री कार्की

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले संयुक्त राष्ट्र संघको सहयोगको नेपालले कदर गर्ने बताएको छिन्।  संयुक्त राष्ट्र संघसँग नेपालको साझेदारीको ७० ...

जेनजी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थपिँदै, यहि साता ओली र लेखकको बयान लिइने

काठमाडौं । जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएका घटनाबारे जाँचबुझ गर्न गठित आयोगले आफ्नो कार्य सम्पन्न गर्न एक महिना म्याद थप गर्न सरकारसँग आ...

झापा राजस्व कार्यालयमा पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन

झापा। आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा रु। एक अर्ब १४ करोड ९९ लाख ६३ हजार राजस्व सङ्कलन गरेको छ ।  ...

जेन–जी आन्दोलन जाँचबुझ आयोगले अर्काे सातादेखि राजनीतिक नेताको बयान लिने

काठमाडौं । जेन–जेड आन्दोलनसम्बन्धी घटनाबारे छानबिन गरिरहेको जाँचबुझ आयोगले आगामी सातादेखि राजनीतिक तहका नेताहरूलाई बयानका लागि बोलाउने तयारी गरेको छ। ...

सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्: प्रधानमन्त्री कार्की

ललितपुर। प्रधानमन्त्री सुशीला कार्कीले सरकार अहिले सुशासन र निर्वाचन दुई मुख्य एजेन्डामा केन्द्रित रहेर काम गरिरहेको बताएको छिन् । आज ललितपुर महानग...

मधेशका मुख्यमन्त्री यादवले पुस ४ गते विश्वासको मत लिदै

जनकपुरधाम। मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी शुक्रबार प्रदेश सभाबाट विश्वासको मत लिने भएको छन् । नेपालको संविधानको धारा १६८ को...

उद्योगको डिमान्ड शुल्क घटाउने मागसहित मन्त्री घिसिङलाई ज्ञापनपत्र

कञ्चनपुर। कञ्चनपुरका उद्योगी व्यवसायीहरूले उद्योगहरूको डिमान्ड शुल्क घटाउनुपर्ने लगायतका माग राख्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यात...

एमाले महाधिवेशन निर्वाचनमा साढे दुईसम्म ५५५ मत खस्यो

काठमाडौँ । नेकपा(एमाले) को ११ औँ महाधिवेशन अन्तर्गत भइरहेको निर्वाचनमा ५५५ मत खसेको छ। राजधानीको भृकुटीमण्डपमा जारी निर्वाचन प्रक्रियामा दिउँसो २स्३० ...

एसियाली विकास बैंकले नेपाललाई १० करोड डलर ऋण दिने

काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले नेपालको सार्वजनिक वित्त व्यवस्थापन सुदृढ गर्न १० करोड अमेरिकी डलर ९करिब १४ अर्ब ५९ करोड ५० लाख रुपैयाँ० बराबर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending