Khabar Dabali ११ श्रावण २०८३ सोमबार | 27th July, 2026 Mon
Investment bank

मनसुनी विपद्का मृतक परिवारलाई २ लाखका दरले राहत निकासा

खबरडबली संवाददाता

काठमाडौं । मनसुनी विपद्‍मा परी ज्यान गुमाएका ६९ जनाका परिवारलाई मापदण्ड अनुरुप रु दुई लाखका दरले राहत वितरणका लागि जिल्ला विपद् व्यवस्थापन कोषमा निकासा गरिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अहिलेसम्म मृत्यु भएका ६९ जनाका परिवारका लागि एक करोड ३८ लाख निकासा भएको र उक्त रकमबाट कतिपय जिल्लाले प्रक्रिया पुर्‍याएर पीडितपरिवारलाई राहत वितरण पनि गरिसकेका छन् ।

मनसुनको अवधिमा सबै प्रकृतिका विपद्मा परेर अहिलेसम्म एक सय २५ भन्दा बढीको मृत्यु भइसकेको छ । त्यसमा सबैभन्दा बढी बाढीपहिरो र चट्याङका कारण मानवीय क्षति भएको छ ।मनसुनका समयमा यही देशभर परेको भारी वर्षाका कारण विपद्का घटना बढेपछि उच्च जोखिममा रहेका एक सय २५ जनालाई सुरक्षा निकायद्वारा जीवित्तै उद्धार गर्न सफल भएको पनि प्राधिकरणले जानकारी गराएको छ ।

प्राधिकरणका प्रवक्ता उपसचिव डा डिजन भट्टराईले ओखलढुङ्गा, ताप्लेजुङ, कालीकोट र बझाङलगायत जिल्लाबाट हेलिकप्टरमार्फत उद्धार गरिएको पनि जानकारी दिए ।

शुक्रबार मात्रै गएको एक महिनामा भएको मनसुनी विपद्को अवस्था प्रतिवेदन सार्वजनिक गर्दै प्राधिकरणले जिल्ला तथा स्थानीय विपद् व्यवस्थापन समिति, नेपाल रेडक्रसलगायत सङ्घ संस्थाद्वारा प्रभावित परिवारलाई खाद्यान्न तथा गैरखाद्यान वस्तु वितरण गरिएको जानकारी दिएको छ ।

प्रतिवेद अनुसार मनसुनबाट प्रभावित परिवारलाई तत्काल राहतस्वरुप रु १५ हजारदेखि २० हजारसम्म वितरण गरिएको जनाइएको छ । प्रवक्ता भट्टराईका अनुसार रेडक्रसबाट हालसम्म सात सय ४५ थान तारजाली, दुई सय ९५ थान ब्ल्याङ्केट, दुई सय पाँच थान म्याट्रेस, एक सय २५ थान भाँडाकुँडा, एक सय थान झुल, दुई सय २५ थान सरसफाइ किट, एक हजार एक सय ३८ मिटर कपडा उपलब्ध गराइएको र गृह मन्त्रालयमातहत निकायबाट पाँच सय २० थान त्रिपाल, ५० थान टेन्ट, तीन सय थान ब्ल्याङ्केट, उक सय थान म्याट्रेस र ५० थान स्लिपिङ ब्याग उपलब्ध गराइएको छ ।

मनसुनको सुरुआत महिनामै भारी वर्षाले जनधनको क्षति गराएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नागढुङ्गा सुरुङमार्गको हराएको शिलालेख पुनर्स्थापना गरिनेछ: मन्त्री लम्साल

काठमाडौं । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले नागढुङ्गा सुरुङमार्गको शिलान्यासका क्रममा राखिएको शिलालेख पुन: स्थापना गरिने बताएका छन्। उद्घाटन समा...

चन्द्रागिरिमा स्कुटर र मिनी ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

काठमाडौँ। काठमाडौँको चन्द्रागिरि नगरपालिका–१५ तीनथाना सडकखण्डमा स्कुटर र मिनी ट्रक आपसमा ठोक्किँदा स्कुटरमा सवार दुई जनाको मृत्यु भएको छ। सोमबार बि...

म्याग्दी पहिरोमा परि वृद्धको मृत्यु, एक महिलाको उद्धार

म्याग्दी। म्याग्दीको धवलागिरि गाउँपालिका–७, धारापानीमा पहिरोमा पुरिएकी एक महिलाको सकुशल उद्धार गरिएको छ। मुना र ताकम प्रहरी चौकीबाट खटिएको उद्धार ट...

गुल्मीमा बोलेरो दुर्घटना, चार जना घाइते

गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका–४ जैसिथोक खहरेस्थित तम्घास–पुर्कोटदह सडकखण्डमा एलपीजी ग्यास सिलिन्डर बोकेको बोलेरो जीप दुर्घटना हुँदा चार जना घाइ...

मधेसमा तीन दलीय गठबन्धनकै सरकार निरन्तर रहने मुख्यमन्त्री यादवको दाबी

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सम्मिलित वर्तमान सत्ता गठबन्...

तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित

बोर्दो। दक्षिण-पश्चिम फ्रान्समा फैलिएको भीषण डढेलोका कारण आइतबार राति थप ५५ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । यससँगै उक्त क्षेत्रमा डढेलोका क...

लगातार चौथो हार खेपेसँगै नेपालको सेमिफाइनल सम्भावना समाप्त

काठमाडौँ । पाकिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) च्याम्पियनपिसमा लगातार चौथो हार खेपेसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ ।...

बङ्गलादेशसँग हारेपछि नेपालको सेमिफाइनल सम्भावना समाप्त

काठमाडौँ । पाकिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन ९काभा० च्याम्पियनपिसमा लगातार चौथो हार खेपेसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ ।...

बङ्गलादेशसँग हारेपछि नेपालको सेमिफाइनल सम्भावना समाप्त

काठमाडौँ । पाकिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन ९काभा० च्याम्पियनपिसमा लगातार चौथो हार खेपेसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ ।...

एपीएफ स्कुल भ्रष्टाचार प्रकरण : लेखा अधिकृत गुरुङ र व्यवसायी तामाङविरुद्ध १० दिन म्याद थप

काठमाडौं । एपीएफ स्कुल कीर्तिपुरसँग सम्बन्धित भ्रष्टाचार प्रकरणमा पक्राउ परेकी लेखा अधिकृत तथा सशस्त्र प्रहरी निरीक्षक कल्पना गुरुङ र एमडी एडभेन्चर टु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending