Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

राष्ट्र बैंकमा एमाले हाबीः एकाएक रोकियो शुक्रबार सार्वजनिक गरिने भनिएको मौद्रिक नीति

खबरडबली संवाददाता

काठमाडौं । सरकार परिवर्तनसँगै एमाले र प्रधानमन्त्रीको सचिवालयको प्रत्यक्ष छाया राष्ट्र बैंकमा परेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आर्थिक सल्लाहकारमा पूर्व गभर्नर समेत रहेका पूर्व अर्थमन्त्री डा.युवराज खतिवडा नियुक्त भए सँगै राष्ट्र बैंकमा एमाले हाबी भएको हो । उनको नियुक्तिसँगै प्रत्यक्ष रूपमा राष्ट्र बैङ्कमाथि डा.खतिवडा हाबी भएको स्रोतको दाबी छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१ ८२ को मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको थियो । तर बिहीबार एकाएक डा.खतिवडा प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा भएर आएसँगै एकाएक पूर्व निर्धारित मौद्रिक नीतिको सार्वजनिक कार्यक्रम रोकिएको हो ।

तथापि, यता राष्ट्र बैंक स्रोतले भने सञ्चालक समितिमा मौद्रिक नीतिबारे पर्याप्त छलफल गर्न बाँकी नै रहेकाले केही समय होल्ड गर्नुपरेको जनाएको छ ।  जेठ १५ गते सरकारको वित्त नीति (बजेट) सार्वजनिक भएसँगै राष्ट्र बैंकले मौद्रिक नीतिको तयारी थालिसकेको थियो ।

अनलाइन तथा भौतिक रूपमा निजी क्षेत्र, आर्थिक विज्ञ तथा सरोकारवाला निकायहरूसँग सुझाव लिएको राष्ट्र बैंकले मौद्रिक नीतिका लागि आवश्यक सबै प्रक्रिया पुरा गरिसकेको थियो । 

पहिलो पटक मौद्रिक नीतिकै सन्दर्भमा आवश्यक सल्लाह तथा सुझाव समिति समेत गठन गरेर सहयोग लिएको राष्ट्र बैंकले साउनको पहिला साताभित्रै मौद्रिक नीति ल्याउने तयारी गरेको थियो । शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्ने गरी राष्ट्र बैंकले बिहीबार बिहान बोर्ड बैठक राख्ने तयारी समेत गरेको थियो । तथापि, एकाएक रोकियो । 

प्रचण्ड नेतृत्वको सरकार फेरिएर नेकपा एमालेसहित कांग्रेसको सरकार बन्दा यतिखेर अर्थ मन्त्रालय र राष्ट्र बैंकमा एमालेकै नेतृत्व रहेको छ । अर्थमन्त्रीमा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल रहेका छन् भने राष्ट्र बैंकमा एमालेकै आर्थिक विभागमा काम गरिसकेका प्रधानमन्त्री ओली निकट महाप्रसाद अधिकारी गभर्नर छन् । 

प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा पूर्व गभर्नर समेत रहेका पूर्व अर्थमन्त्री डा. खतिवडा आएपछि प्रधानमन्त्रीकै अनुमतिमा राष्ट्र बैङ्कमाथि डा.खतिवडा सिधै हाबी भएको स्रोतको दाबी छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चितवनका गाईभैँसीमा खोरेत रोगको समस्या

चितवन । चितवनमा गाईभैँसीमा खोरेत रोगको समस्या देखिएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका र भरतपुर महानगरमा पालिएका पशुमा खोरेतको समस्या देखिएको हो ।...

एमालेको ११औं महाधिवेशन: बन्दसत्र १ बजे सुरु हुने गरी फेरि सारियो

काठमाडौं। नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्र फेरि सारिएको छ। बिहानै सुरु गर्ने तयारी गरिएको यस बन्दसत्र सवा १२ बजेलाई सारिएको थियो भने, अब दिउ...

विश्वम्भरको जर्बुटा कला: प्रकृतिसँगको अनौठो संवाद

ललितपुर  ।  सिन्धुलीको कमलामाई नगरपालिका वड नं ७ मा अवस्थित विश्वम्भर लामिछानेको निवास मात्र एउटा घर होइन, यहि घरमा अवस्थित उनको निजी सङ्ग्रहालय नै दे...

जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था छिटो स्थापित गर्न साझा प्रतिबद्धता जरूरी’ : उपसभामुख राना

काठमाडौँ । उपसभामुख इन्दिरा रानाले संसद्को सर्वोच्चता कायम राख्दै संविधानले परिकल्पना गरेअनुसार छिटो जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था स्थापि...

संसदीय अभ्यासले राजनीतिक परिपाटी निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याएको छः उपाध्यक्ष घिमिरे

काठमाडौँ । राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरेले संसदीय अभ्यासले वर्तमान राजनीतिक परिपाटी निर्माण गर्न महत्वपूर्ण योगदान पुर्‍याएको बताएकी छिन् । सं...

भृकुटीमण्डपको सुरक्षा कडा, एमाले बन्दसत्र केही ढिलो हुने

काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको दोस्रो दिन आज भृकुटीमण्डपमा बन्दसत्रको तयारी सुरु भएको छ । उच्च सुरक्षा व्यवस्थाका बीच सञ्चालन हुन...

बेलढुङ्गा घरबासमा पाहुनाको रोजाइ ‘कोदोको सेलरोटी’

बागलुङ । पछिल्लो समय बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखलेस्थित बेलढुङ्गा सामुदायिक घरबासमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । यहाँ पुग्ने पाह...

धान उत्पादन घटेसँगै मूल्यमा पनि गिरावट

मोरङ । बेमौसमी वर्षाका कारण यस वर्ष मोरङ जिल्लामा धान उत्पादन घटेको छ । धान उत्पादनका हिसाबले देशकै प्रमुख जिल्लामध्ये एक मानिने मोरङमा गत वर्षको तुलन...

एमालेको ११औँ महाधिवेशनको बन्दसत्र आजदेखि

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र सुरु हुँदैछ । पार्टीको नयाँ नेतृत्व चयन र मह...

एमालेले नेतृत्व चयन सहज बनाउन केन्द्रीय कमिटी बैठक आह्वान

काठमाडौँ । नेकपा एमालेले पार्टीको नेतृत्व चयन प्रक्रियालाई सहज बनाउने उद्देश्यसहित केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । भृकुटीमण्डपमा जारी महाधिवेशनक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending