कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका तेजबहादुर चौधरीले व्यावसायिक पशुपालनबाट वार्षिक सात लाख आम्दानी गर्दै आएका छन्। उनले चार वर्षदेखि बाख्रा, बंगुर फार्मसँगै माछापालन समेत गर्दै आएका छन्।
घर नजिकैको सिद्धनाथ माध्यमिक विद्यालयमा लेखापाल पदमा कार्यरत चौधरी फुर्सदमा फार्ममा रहेका बाख्रा, बंगुर र माछा हेरचान गर्छन्। बिहान बेलुका फार्ममा रहेका पशुको हेरचाह गर्ने, दानापानीको व्यवस्था मिलाउनमै व्यस्त हुन्छन्।
किन्न आउनेहरूलाई आफूले पालेको पशु देखाउने काम पनि प्राय बिहान नै गर्छन्। उनका अनुसार अहिले फार्ममा ३० वटा उन्नत जातका बाख्रा, २० वटा बङ्गुर, दुई वटा पोखरीमा विभिन्न जातका माछा छन्।
पोखरीको डिलमा लहरै बगुरको खोर निर्माण गरिएका छन्। चौधरी विद्यालयमा रहेका बेला उनकी श्रीमतीले फार्ममा पालेका बङ्गुर, बाख्रा र माछालाई चारो खुवाउने गर्छन्।
चौधरीले बैंकबाट पाँच लाख ऋण निकालेर चार वर्ष अघिदेखि फार्म सञ्चालन गर्दै आएको बताए। सबै खर्च कटाएर वार्षिक सात लाखसम्म आम्दानी हुँदै आएको उनले जानकारी दिए। बङ्गुरको माउभन्दा पाठा बढी बिक्री हुने गरेको उनले सुनाए।
‘वर्षमा १० वटा जती खसी बिक्री हुन्छन्,’ चौधरीले भने, ‘माछा सात क्विन्टल, बङ्गुरका पाठा ६० वटा जति बिक्री हुने गरेका छन् ।’
फार्ममा छिट्टै हुर्कने डयुरो जातका बङ्गुर पालेको उनले बताए। ‘बङ्गुरका पाठापाठीको माग निकै बढी छ,’ उनले भने, ‘माग अनुसार पुर्याउनै सकिरहेका छैनौँ, टाढाटाढाका व्यापारी घरमै पुगेर नगदमा किनेर लैजाने गर्दछन।’
बङ्गुरका एक वर्षका पाठापाठी रु चार हजार पाँच सयसम्ममा बिक्री हुने चौधरीले जानकारी दिए। ‘पोखरीमा उत्पादन भएका माछा केही गाउँमै खपत हुने गरेका छन् । कहिलेकाही कलुवापुर, झलारीलगायत बजारमा पुर्याउँछ।
‘खसीबोकाको माग दसैँ तिहारलगायत चाडपर्वमा बढी हुने गर्दछ । व्यापारीले घरबाटै खरिद गरी लैजान्छन्,’ उनले भने।
कोरोना महामारीका बेला फार्ममा पालिएका बङ्गुर, खसीबोका बिक्री नभएपछि निकै सस्तोमा बिक्री गर्नुपरेको गुनासो सुनाउँदै चौधरीले अहिले विस्तारै व्यवसाय तङ्ग्रिदै जान थालेकाले आम्दानी बढ्न थालेको बताए।
फार्मको कमाइबाट खेत जोत्ने पावरटिलर, सिँचाइका लागि स्यालो ट्युवेल जडान गरेको जनाउँदै उहाँले तीन कोठे पक्की घर पनि बनाएको बताए।
‘विद्यालयबाट पाउने तलब बापतको पैसा घर खर्चमा लागि पुग्दैन,’ चौधरीले भने, ‘फार्म सञ्चालन गरेसँगै जीविकोपार्जन गर्न सहज भएको छ।’ आगामी दिनमा फार्मलाई थप व्यवस्थित बनाई केही कामदारसमेत राख्ने योजना बनाएको उनले सुनाए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...



प्रतिकृया लेख्नुहोस्: