Khabar Dabali ४ बैशाख २०८३ शुक्रबार | 17th April, 2026 Fri

यसकारण भइरहेको छ बंगलादेशमा हिंसात्मक प्रदर्शन, नेपाली विद्यार्थी असुरक्षित छन् ?

खबरडबली संवाददाता

काठमाडौं । काठमाण्डूको शान्तिनगरकी तृप्ति मिश्र उच्च शिक्षा हासिल गर्न बाङ्ग्लादेशको ढाका पुगेको डेढ महिना मात्र भयो। तर सरकारी जागिरमा कोटा प्रणालीको विरोधमा जारी प्रदर्शनका कारण आफ्नो कलेज र अन्य विश्वविद्यालयमा देखिएका हिंसात्मक दृश्य र त्यहाँबाट आइरहेका खबरले पछिल्लो समय उनलाई चिन्तित तुल्याएको छ।

ढाकाबाट बीबीसीसँग टेलिफोनमा कुरा गर्दै उनले भनिन्, “हिजोको अवस्था संवेदनशीलजस्तै थियो। म मेडिकल शिक्षाको पहिलो वर्षकी विद्यार्थी हुँ। हामीले यस्तो खालको हिंसा नेपालमा देख्दैनौँ। प्रदर्शनहरू देखेपछि असुरक्षित महसुस भएको थियो। डर पनि लागेको थियो।”

बाङ्ग्लादेशको दोस्रो ठूलो मेडिकल कलेज मानिने सर सलिमुल्लाह मेडिकल कलेज एन्ड मिटफर्ड अस्पतालमा अध्ययनरत उनले तत्कालै ढाकास्थित नेपाली दूतावासमा सम्पर्क गरिन्।

उनका अनुसार राजदूत घनश्याम भण्डारीले आफूहरूले कलेज प्रशासनसँग कुरा गर्ने र आवश्यक परे बाङ्ग्लादेशमा अध्ययनरत नेपाली विद्यार्थीहरूलाई घर फर्काउनेसम्मको तयारी गरेको जानकारी गराए।

राजधानी ढाकासहित विभिन्न सहरमा उनीजस्ता झन्डै तीन हजार नेपाली विद्यार्थी अध्ययनरत छन् र सरकारी जागिरमा कायम आरक्षण एवं कोटा प्रणालीको विरोधमा भइरहेका प्रदर्शनमा केही व्यक्तिको मृत्यु भएपछि देशभरि नै विद्यालय तथा विश्वविद्यालयहरू अर्को सूचना नभएसम्मका लागि बन्द गरिएका छन्।

विदेशी विद्यार्थीहरूको अवस्था कस्तो छ?

पछिल्लो आन्दोलनमा विदेशी विद्यार्थीहरू हताहत भएका खबर आएका छैनन्। तर अधिकारीहरूले बाङ्ग्लादेश सरकारले विभिन्न कलेज र विश्वविद्यालयका छात्रावासबाट बाङ्ग्लादेशी विद्यार्थीहरूलाई बाहिर पठाएको र त्यहाँ अब विदेशी विद्यार्थीहरू मात्रै बाँकी रहेका जनाएका छन्।

नेपाली विद्यार्थी तृप्ति मिश्रले पनि आफ्नो छात्रावासमा बाङ्ग्लादेशी र विदेशी विद्यार्थीहरू सँगै बस्दै आएकोमा बुधवार मध्याह्नबाट विदेशी विद्यार्थीहरू मात्रै रहेको बताइन्।

उनले भनिन्, “होस्टलमा अहिले कोही बङ्ग्लादेशी विद्यार्थी छैनन्। हामी विदेशी विद्यार्थी मात्रै छौँ। अहिले हामी ५० जनाभन्दा कम छौँ। भुटानी विद्यार्थीहरू आफ्नो देशको दूतावासमा जानुभयो। केही भारतीयहरू आफ्नो बाङ्ग्लादेशी साथीहरूकोमा जानुभएको छ। हामी यता सुरक्षित नै छौँ।”

ढाका मेडिकल कलेजमा सोमवार प्रदर्शनहरू भएको खबर पाएकी तृप्ति मङ्गलवार भने आफू अध्ययनरत कलेज क्षेत्रमा प्रदर्शनहरू भएका र त्यसले नराम्रो रूप लिएको बताउँछिन्।

उनले भनिन्, “हामी बाहिर निस्किएनौँ। तर समाचारहरू हेर्दा हाम्रा बाङ्ग्लादेशी साथीहरू गम्भीर रूपमा घाइते हुनुभएको छ। मेरै ब्याचको एक जना बङ्गाली साथी पनि घाइते हुनुभएको छ। उहाँको टाउकोबाट रगत निस्किरहेको थियो। यस्तो देख्दा डर लागेको हो। तर यहाँ हाम्रो राजदूत र हाम्रै कलेजको हामीभन्दा पुरानो ब्याचकाहरूले 'शान्त भएर बस्नुहोस्, केही हुँदैन, भन्नुभयो। हामी प्रदर्शनहरूमा संलग्न छैनौँ, केही हुँदैन भनेपछि अलिकति डर कम भयो।”

तृप्तिकै कलेजमा पाँचौँ वर्षका मेडिकल विद्यार्थी निश्चल बूढाथोकी आफू बाङ्ग्लादेशमा अध्ययन गर्न आएदेखि विद्यार्थी जोडिएका यस्ता हिंसात्मक प्रदर्शन कम्तीमा तीन पटक देखेको भन्दै सुरक्षालाई लिएर आफू खासै चिन्तित नरहेको बताउँछन्।

ढाका मेडिकल कलेजमा सोमवार प्रदर्शनहरू भएको खबर पाएकी तृप्ति मङ्गलवार भने आफू अध्ययनरत कलेज क्षेत्रमा प्रदर्शनहरू भएका र त्यसले नराम्रो रूप लिएको बताउँछिन्।

उनले भनिन्, “हामी बाहिर निस्किएनौँ। तर समाचारहरू हेर्दा हाम्रा बाङ्ग्लादेशी साथीहरू गम्भीर रूपमा घाइते हुनुभएको छ। मेरै ब्याचको एक जना बङ्गाली साथी पनि घाइते हुनुभएको छ। उहाँको टाउकोबाट रगत निस्किरहेको थियो। यस्तो देख्दा डर लागेको हो। तर यहाँ हाम्रो राजदूत र हाम्रै कलेजको हामीभन्दा पुरानो ब्याचकाहरूले 'शान्त भएर बस्नुहोस्, केही हुँदैन, भन्नुभयो। हामी प्रदर्शनहरूमा संलग्न छैनौँ, केही हुँदैन भनेपछि अलिकति डर कम भयो।”

तृप्तिकै कलेजमा पाँचौँ वर्षका मेडिकल विद्यार्थी निश्चल बूढाथोकी आफू बाङ्ग्लादेशमा अध्ययन गर्न आएदेखि विद्यार्थी जोडिएका यस्ता हिंसात्मक प्रदर्शन कम्तीमा तीन पटक देखेको भन्दै सुरक्षालाई लिएर आफू खासै चिन्तित नरहेको बताउँछन्।

राजदूतावास के गर्दैछ?

ढाकास्थित नेपाली राजदूतावासका अधिकारीहरूले त्यहाँका विभिन्न शिक्षण संस्थाको भ्रमण गर्दै विद्यार्थीको अवस्थाबारे जानकारी लिएका छन् र सुरक्षा सुनिश्चितताका लागि बाङ्ग्लादेशी अधिकारीहरूसँग आफूहरूले कुरा गरिरहेको बताएका छन्।

बुधवार प्रकाशित सूचनामा राजदूतावासले जारी झडपलाई ध्यान दिँदै सम्पूर्ण नेपाली विद्यार्थीलाई सुरक्षित रहन, अत्यावश्यक कामबाहेक होस्टल वा आफू बसेको स्थानबाट बाहिर ननिस्कन तथा आआफ्नो कलेज प्रशासनको निर्देशन पालना गर्न अनुरोध गरेको थियो।

कलेज प्रशासनले आफू बसेको ठाउँबाट बाहिर जान निर्देशन दिएमा वा आफूले असुरक्षित महसुस गरेमा सम्पर्क गर्न भन्दै नेपाली राजदूतावासले टेलिफोन नम्बर पनि सार्वजनिक गरेको छ।

ढाकास्थित नेपाली राजदूतकी द्वितीय सचिव योजना बम्जनले हालसम्म सबै नेपाली विद्यार्थी सुरक्षित रहेका र बाङ्ग्लादेश सरकारले प्राथमिकताका साथ विदेशी विद्यार्थीहरूलाई सुरक्षा दिइरहेको बताइन्।

उनका अनुसार दूतावास बाङ्ग्लादेशको सरकार तथा विभिन्न शिक्षण संस्थाहरूसँग सम्पर्कमा छ र विद्यार्थीको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको छ।

उनी भन्छिन्, “हामीले विद्यार्थीहरूलाई 'तपाईँहरू जहाँजहाँ हुनुहुन्छ, त्यहाँत्यहाँ नै बस्नुहोस्' भनिरहेका छौँ। यदि अवस्था नियन्त्रणभन्दा बाहिर गयो भने 'के गर्नुपर्छ, हामी गर्छौँ' भनेर उहाँहरूलाई भनेका छौँ। स्थिति बिग्रँदै गयो वा लम्बिँदै गयो भने हामी वहाँहरूलाई उद्धार गर्नेसम्म पनि पुग्छौँ।”

कति नेपाली विद्यार्थी छन्?

बाङ्ग्लादेशका विभिन्न सहरहरूमा झन्डै तीन हजार नेपाली विद्यार्थी अध्ययनरत रहेकामा सबैभन्दा धेरै एमबीबीएस अध्ययन गर्न आउने विद्यार्थीहरू रहेको बताइन्छ।

त्यसबाहेक कृषि तथा इन्जिनियरिङ अध्ययन गर्न पनि विद्यार्थीहरू बाङ्ग्लादेश पुग्ने गर्छन्। सिलेट, चिटगोङ्ग तथा रङ्गपुरसहितका सहरहरूमा पनि नेपाली विद्यार्थीहरू अध्ययनरत छन्।

शिक्षणसंस्था अनिश्चितकालका लागि बन्द भएपछि अन्योलमा परेका नेपाली विद्यार्थीहरूले पछिल्लो गतिरोध चाँडै अन्त्य होस् भन्ने चाहेका छन्।

सर सलिमुल्लाह मेडिकल कलेजकी विद्यार्थी तृप्ति मिश्रले भनिन्, “यो शनिवार चाहिँ हाम्रो एउटा 'च्याप्टर'को 'कार्ड एक्जाम' थियो। त्यस्तो दुईवटा परीक्षा भएपछि बल्ल एउटा 'टर्म' (आवधिक परीक्षा) हुन्छ। त्यो अब सर्‍यो, जसले गर्दा मलाई दुःख लागिरहेको छ।”

“छिटोभन्दा छिटो परीक्षा सक्न पाएको भए तनावमुक्त भएर बस्न मिल्थ्यो। तर स्थिति तत्कालै सामान्य हुने सम्भावना मैले देखेको छैन।” बीबीसी 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending