Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

खोकना क्षेत्रको जग्गा विवाद नटुंगिँदा ‘फास्ट ट्रयाक’ निर्माणको गतिमा लाग्यो ‘ब्रेक’

अझै ३९४ रोपनी जग्गा अधिग्रहण हुन बाँकी

फाइल तस्वीर
खबरडबली संवाददाता

ललितपुर । राष्ट्रिय गौरवका आयोजनाको रुपमा रहेको तराई–मधेश द्रुतमार्ग (फास्ट ट्रयाक)को भौतिक प्रगति ३५.३८ प्रतिशत मात्र भएको पाइएको छ । शुरूवाती विन्दु ललितपुरस्थित खोकना क्षेत्रको जग्गा विवाद नटुंगिँदा भौतिक प्रगतिले गति लिन नसकेको हो । 

विवादका कारण त्यहाँ ठेक्का व्यवस्थापनको काम अघि बढ्न नसकेको सैनिक मुख्यालयमा बिहीवार आयोजित पत्रकार सम्मेलनमा फास्ट ट्रयाक आयोजना प्रमुख एवं सहायक रथी विकास पोखरेलले बताए । उनका अनुसार खोकनाबाट निजगढतर्फ जाँदा कुल ७२.५ किलोमिटरमध्ये २६.३८ किमी खण्डको ठेक्का व्यवस्थापन हुन सकेको छैन ।

आयोजना प्रमुख पोखरेलले आर्थिक वर्ष २०८०/८१ सम्म जम्मा ३५.३८ प्रतिशत भौतिक प्रगति भएको जानकारी दिए । उनले फास्ट ट्रयाकको खोकना विवाद समयमा नटुंगिए अर्को वर्ष यसको लागत बढ्ने र निर्माण सम्पन्न मितिसमेत लम्बिनेमा सचेत गराए । 

सरकारले फास्ट ट्रयाकको आयोजना मिति २०८० वैशाख ३१ मा लम्ब्याएर २०८३ चैत मसान्तसम्म पुर्याएको थियो । शुरूमा ७६ अर्ब रुपैयाँमा बनाउने भनिएको फास्ट ट्रयाकको अहिले लागत बढेर २ खर्ब पुगिसकेको छ । 

खोकना खण्डको मात्र दूरी ६.५ किमी छ । २०७४ जेठबाट नेपाली सेनाले यसको निर्माण व्यवस्थापनको जिम्मा पाएको थियो । व्यवस्थापनको जिम्मा लिएपछि काम अघि बढाउने सन्दर्भमा खोकनामा जग्गा विवाद शुरू भएको थियो । त्यो विवाद हालसम्म पनि समाधान हुन सकेको छैन । सरकारले तत्कालीन उपप्रधान एवं रक्षामन्त्रीको पूर्णबहादुर खड्काको संयोजकत्वमा विवाद समाधान समिति गठन गरेको थियो । उनी सरकारबाट बाहिरिएपछि दुईजना रक्षामन्त्री फेरिइसके । तर, विवाद समाधान हुन सकेको छैन । 

शुरूवाती विन्दु ललितपुर महानगरपालिकाको २१ र २२ नम्बर वडामा पर्छ । लामो समयदेखि उठेको मुआब्जा समस्याबारे अहिले समाधानका लागि प्रयास भइरहेको जानकारी आयोजना प्रमुख पोखरेलले दिए ।

यस्तो छ सुरुङ निर्माणको प्रगति 

परिमार्जित डीपीआर अनुसार आयोजनाअन्तर्गत रहेका जम्मा ६ वटा सुरुङमध्ये हाल ३ वटा निर्माणाधीन रहेको सैनिक मुख्यालयले जनाएको छ । थप ३ वटा सुरुङको डिजाइन तथा पूर्वतयारीका काम भइरहेको आयोजना प्रमुख एवं सहायक रथी पोखरेलले बताए । 

उनका अनुसार निर्माणाधीन निजगढ–काठमाडौंतर्फको महादेवटार सुरुङको जम्मा लम्बाइ ३.३२२ किमीमध्ये हालसम्म २.०२९ किलोमिटर खन्ने कार्य सम्पन्न भएको छ । काठमाडौं–निजगढतर्फको जम्मा लम्बाइ ३.३८६ किमी सुरुङमध्ये २.२८८ किमी खन्ने काम सम्पन्न भइसकेको उनले बताए । बाँकी एक किमी सुरुङ खन्ने काम यस वर्षभित्र नै सम्पन्न गर्ने गरी रात्रिकालीन समयमा समेत कार्य भइरहेको जानकारी पोखरेलले दिए । 

१.६५३ किमी लम्बाइ रहेको निजगढ–काठमाडौंतर्फको धेद्रे सुरुङको २०८१ जेठ ११ गते नै ब्रेक थ्रू भइसकेको थियो । १.७२८ किमी लम्बाइ रहेको काठमाडौं–निजगढ तर्फको सुरुङको १.६४२ किमी खन्ने काम सम्पन्न भई साउनमै ब्रेक थ्रू गर्ने तयारी छ । १.६१२ किमी लम्बाइ रहेको निजगढ–काठमाडौंतर्फ लेननडाँडा सुरुङको २०८१ असार २० गते र १.६३३ किमी लम्बाइ रहेको काठमाडौं–निजगढ तर्फको सुरुङको २०८१ जेठ ४ गते ब्रेक थ्रू भइसकेको छ । 

हालसम्म निर्माणाधीन तीनवटा सुरुङमार्गको जम्मा लम्बाइ ६.६६९ किमीमध्ये ५.५२८ किमी (८२.८९ प्रतिशत) खन्ने कार्य सम्पन्न भएको आयोजनाले जनाएको छ । 

पुल निर्माणको प्रगति 

आयोजनाअन्तर्गत रहेका जम्मा ८९ स्थानका पुलमध्ये हालसम्म ८५ वटाको मात्र ठेक्का व्यवस्थापन भई कार्यान्वयनमा रहेको सैनिक मुख्यालयले जनाएको छ । आयोजनाका अनुसार ४ स्थानका पुल जग्गा अधिग्रहणसम्बन्धी समस्या रहेको खोकना खण्डमा रहेका छन् । निर्माणाधीन अधिकांश पुलको फाउन्डेसनको कार्य सम्पन्न भई सुपरस्ट्रक्चरको काम भइरहेको छ । जसअन्तर्गत ८१ मिटर उचाइसम्म रहेका विभिन्न प्रकृतिका मुख्य, सामान्य र विशेष पुलको निर्माण कार्य अपेक्षाकृत गतिमा नै अगाडि बढिरहेको आयोजना प्रमुख पोखरेलले बताए । उनका अनुसार हालसम्म आयोजनाअन्तर्गत जम्मा ५ वटा पुलको निर्माण कार्य सम्पन्न भइसकेको छ ।

३९४ रोपनी जग्गा अधिग्रहण हुन बाँकी

स्वीकृत ईआईए तथा एसईआईए अनुसार आयोजनाको लागि कुल अधिग्रहण गर्नुपर्ने जग्गा १७ हजार ६५१ रोपनी हो । त्यसमध्ये व्यक्तिगत जग्गा ५.४८७ रोपनी रहेको छ । हालसम्म ५ हजार २०४ रोपनी व्यक्तिगत जग्गा अधिग्रहणका लागि सूचना प्रकाशन भएकोमा ४ हजार ८११ रोपनी अधिग्रहण सम्पन्न भइसकेको आयोजनाले जनाएको छ । 

करिब ३९४ रोपनी अधिग्रहण बाँकी रहेको आयोजना प्रमुख पोखरेलले बताए । अधिग्रहण बाँकी उक्त जग्गामध्ये खोकना–बुङ्गमती खण्डको मूल्य निर्धारण भई मुआब्जा वितरण हुन बाँकी २०६ रोपनी र मूल्य निर्धारण हुन बाँकी जग्गा १६५ रोपनीसहित करिब ३७१ रोपनी रहेको छ

मकवानपुरतर्फ भने १६ रोपनी र काठमाडौं जिल्लामा ४ रोपनी जग्गा अधिग्रहण बाँकी रहेको जानकारी पोखरेलले दिए । 

३१ हजार ७४३ वटा रुख काटिए  

फास्ट ट्रयाक निर्माणबाट वातावरणीय पक्षहरूमा क्षति हुन नदिनका लागि पर्याप्त मात्रामा सजगता अपनाइएको आयोजनाले जनाएको छ । हालसम्म आयोजनाले ३१ हजार ७४३ रुख काटिसकेको छ । त्यसको बदलामा ७ लाख ४ हजार ४४० वटा रुख रोप्नुपर्ने छ । 

आयोजनाले हालसम्म ७ लाख ५ हजार ५५२ वटा रुख रोपेर संरक्षणको समेत व्यवस्था मिलाएको आयोजना प्रमुख पोखरेलले बताए । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

रुकुम पश्चिममा अटो दुर्घटना : चालकको घटनास्थलमै मृत्यु

रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...

मिराज ढुंगानाको समूहले प्रदर्शनका लागि प्रशासनको अनुमति नलिएको : काठमाडौँ जिल्ला प्रशासन

काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...

ओखलढुंगामा नियम बिर्सिएको प्रशासन: बिना करारका कर्मचारी सूचना अधिकारी बनेको खुलासा

ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...

पूर्वी पहाडमा सुन्तलाको बम्पर उत्पादन, धरान बजारमा कारोबार ३० प्रतिशतले बढ्यो

धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...

ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पा...

मौन पीडामा कालिमायाको याचना : अपाङ्गताको पीडा र राज्यको मौनता

छोराको पीडामा बाँधिएकी आमाको कथा

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढी

चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending