Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon

२ करोड ठगीका आरोपीसँग १५ लाख धरौटी माग

खबरडबली संवाददाता

काठमाडौं । जेलबाट निकाल्ने भन्दै दुई कैदीबाट साढे २ करोड रुपैयाँभन्दा बढी लिएर ठगी गरेको आरोप लागेका अर्का व्यक्तिसँग पनि जिल्ला अदालत काठमाडौंले धरौटी माग गरेको छ ।

न्यायाधीश दुर्गाप्रसाद खनालको बिहीबारको इजलासले मीनबहादुर बस्नेतविरुद्ध १५ लाख रुपैयाँ धरौटी माग गरेको हो । यसअघि बस्नेतविरुद्ध फरार प्रतिवादीका रुपमा मुद्दा दर्ता भएको थियो । मुद्दा अदालत पुगेपछि बस्नेत अदालतमा हाजिर भएका थिए ।

यो घटनामा यसअघि रामेछापको दोरम्बा गाउँपालिका–५ का ५० वर्षीय दीपक चौलागाईं र उनकी श्रीमती रिताकुमारी चौलागाईंलाई प्रहरी वृत्त नयाँबानेश्वरले पक्राउ गरेर अनुसन्धान गरेको थियो । २३ असारमा न्यायाधीश विष्णुप्रसाद आचार्यको इजलासले दीपकलाई ३२ लाख र उनकी श्रीमती रिताकुमारी चौलागाईंलाई २ लाख धरौटी माग गरेको थियो ।

रिता भने २ लाख धरौटी बुझाएर रिहा भएकी थिइन् भने दीपक धरौटी नतिरेपछि कारागार चलान भएका थिए । ३३ करोड बिगो बुझाउन नसकी जेलमा रहेका केदाप्रसाद गौतमलाई जेलबाट निकालिदिन्छु भन्दै दीपक, उनकी श्रीमती रिता र मीनबहादुर तीन जनाको समूहले २ करोड १५ लाख रुपैयाँ लिएर ठगी गरेको भन्दै मुद्दा दायर भएको थियो ।

जेलमै रहेका अर्का व्यक्ति ताराप्रसाद पाण्डेलाई पनि जेलबाट निकाल्छु भन्दै दीपकले ४८ करोड ठगी गरेको भन्दै मुद्दा दायर भएको थियो । ताराप्रसादको भने डिल्लीबजार कारागारमै १७ माघ २०७८ मा मृत्यु भएको थियो । ठगीने दुवै कैदी बैंकिङ कसुरमा जेल परेका थिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फेवाताल किनारमा गृहमन्त्री गुरूङकै २० रोपनी जग्गा, दूषित दर्ता खारेज हुने

पोखरा । फेवाताल संरक्षणसम्बन्धी सर्वोच्च अदालतको आदेश कार्यान्वयनका क्रममा ताल किनारबाट ६५ मिटरभित्र रहेका संरचना हटाउने प्रक्रिया अघि बढ्दा गृहमन्त्र...

कलाकार ‘बले’ विरूद्ध जाहेरी नै आएनः प्रहरी

काठमाडौँ । कलाकार सागर लम्साल ‘बले’ विरुद्ध जाहेरी नआएपछि उनलाई बलात्कार मुद्दा चलाउनेबारे प्रहरी अलमलिएको छ । अमेरिकामा बस्ने एक जना युवतीले आफू बलेब...

बलेलाई लगियो सरकारी वकिल कार्यालय

काठमाडौं । कलाकार सागर लम्साल बलेलाई हत्कडीसहित सरकारी वकिल कार्यालय लगिएको छ। अमेरिकाबाट एक महिला कलाकारले लेखेको स्टाटसका आधारमा बलेलाई प्रहरीले ...

सभामुख डीपी अर्यालले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्याल(डीपी) अर्यालले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार दिउँसो राष्ट्रपति कार्यालय भव...

जातीय विभेदविरूद्धको जीवित सङ्ग्रहालय

कञ्चनपुर । संविधान, कानुन र नीतिगत व्यवस्थाले जातीय विभेद र छुवाछूतलाई निषेध गरे पनि व्यवहारमा भने यसको अवशेष अझै समाजका विभिन्न क्षेत्रमा जरो गाडेर ब...

जिल्ला अस्पतालका कर्मचारीलाई सेवाग्राहीको सहजताका लागि निर्देशन

ओखलढुङ्गा । कोसी प्रदेश सरकारका स्वास्थ्य मन्त्री मान बहादुर लिम्बु ले जिल्ला अस्पताल ओखलढुङ्गाका कर्मचारीहरूलाई सेवाग्राहीहरूलाई अन्य अस्पताल धाउन नप...

शुक्लाफाँटामा बाघ गणना सम्पन्न

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना सम्पन्न भएको छ । राष्ट्रिय बाघ सर्वेक्षण कार्यक्रमअन्तर्गत शुक्लाफाँटा–लालझाडी–जोगबु...

बिचौलियाको आरोपमा १० जना लेखापढी व्यवसायी पक्राउ

काठमाडौं । हाइ प्रोफाइलहरुलाई पक्राउ गरेर चर्चा कमाएको सरकारले मालपोत कार्यालय तुलसीपुरबाट बिचौलियाको आरोपमा १० जना लेखापढी व्यवसायीलाई पक्राउ गरेको छ...

२६ सय विन्दुमा झर्‍यो नेप्से, एकैदिन १०५ अंकको गिरावट

काठमाडौं । आइतबार नेपाल स्टक एक्सचेञ्ज मा उच्च अंकको गिरावट आएको छ। नेप्से परिसूचक १०५.५० अंकले घटेर २ हजार ६ सय ७६ दशमलब ६८ विन्दुमा बन्द भएको हो। ...

नापी र यातायात कार्यालय ललितपुरबाट ३२ बिचौलिया पक्राउ

काठमाडौं । सरकारी कार्यालयमा सेवाग्राहीलाई सास्ती दिने र ‘काम मिलाइदिन्छु’ भन्दै रकम असुल्ने बिचौलियाविरुद्ध ललितपुर प्रहरीले आक्रामक ‘सर्च अपरेसन’ चल...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending