काठमाडौँ। सभामुख देवराज घिमिरेले संसद्का आगामी कार्यक्रमबारे संसद्का राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरेको छन् ।
बिहीबार सभामुख घिमिरेले संसदमा सहभागी राजनीतिक दलका प्रमुख सचेतकहरूसँग संसद्का आगामी कार्यक्रमबारे छलफल गरेको हो ।
उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते संसदमा विश्वासको मत लिने र त्यसलाई व्यवस्थित बनाउनेबारे छलफल भएको सत्तापक्षका प्रमुख सचेतक महेश बर्तौलाले बताए।
सभामुख घिमिरेले प्रमुख सचेतकहरूसँग ६, ७ र ८ गते संसद् चलाउने, ९, १० र ११ गते समितिको बैठक चलाउने र १३, १४ र १५ गते पुनः संसद् सञ्चालन गर्नेगरी १५ दिने कार्यतालिका बनाएको उनले बताए।
प्रमुख सचेतक बर्तौलाले समितिमा विचाराधीन विधेयकमा घनीभूत छलफल चलाएर चाँडोभन्दा चाँडो विधेयक संसदमा पठाउने, समितिका खालि सदस्य छिट्टै पूर्ति गर्ने र संयुक्त समितिमा सदस्य र सभापति पनि छिट्टै चयन गर्नेगरी सभामुख घिमिरेले छलफल अघि बढाएको जानकारी दिए।
यता प्रमुख प्रतिपक्ष दल नेकपा ९माओवादी केन्द्र० का प्रमुख सचेतक हितराज पाण्डेले सभामुख घिमिरेले संसद्को कार्यतालिकाका बारेमा छलफल गरेको बताए । उनले ६ गते प्रधानमन्त्री ओलीले विश्वासको मत लिने, ७ गते प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर हुनेगरी कार्यतालिका बनाउने बारेमा छलफल भएको बताए। उनले शुक्रबार कार्य व्यवस्था समितिको बैठक बसेर कार्यतालिका टुङ्ग्याउने जिकिर गरे ।
उनले भोलि १ बजे कार्य व्यवस्थाको बैठक बस्ने भन्ने निर्णय भएको पनि जानकारी दिए।
प्रमुख सचेतक पाण्डेले भन्नुभयो, ‘‘हरेक १५ दिनमा कार्यतालिका बनाउने हाम्रो अभ्यास छ, त्यही अभ्यासअन्तर्गत भोलि बैठक बस्छौँ । ६ गते प्रधानमन्त्रीले विश्वासको मतका लागि समय माग्नुभएको छ, त्यसअन्तर्गत अघि बढ्छौँ । ७ गते हाम्रो नियमावलीअनुसार प्रत्यक्ष प्रश्नोत्तरको कार्यक्रम छ, त्यो कार्यक्रम ७ गते अघि बढ्छ ।’’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १५ गते, २०८२ - १७:३७
नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिका–३, वनकट्टीस्थित एक इनारमा फेला परेको बेवारिसे महिलाको शवको पहिचान खुलेको छ । उनको हत्या गरिएको तथ्य खुलेको प्रहर...
माघ १५ गते, २०८२ - १७:२७
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुरको नलिन्चोकमा हेलिपोर्ट निर्माण गर्दा भएको भ्रष्टाचार मुद्दामा विशेष अदालतले दिएको थुनछेक आदेशविरु...
माघ १५ गते, २०८२ - १७:२२
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले निर्वाचन प्रचारप्रसारमा बालबालिका प्रयोग गरेको आरोप अस्वीकार गरेका छन्। बालबालिका प्रयोग ग...
माघ १५ गते, २०८२ - १४:२३
काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी विषयमा नेपाललाई वित्तीय कारबाही कार्यदल ९एफएटिएफ० को ‘ग्रे लिस्ट’ बाट ज...
माघ १५ गते, २०८२ - १४:११
जकार्ता । इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुगेको उल्लेख गर्दै अझै दर्जनौं बेपत्ता रहेको अधिकारीले बुधबार जनाएका छन् । भारी वर्षाक...
माघ १५ गते, २०८२ - १३:५२
बारा । बुधबार बिहान धारिलो हतियार प्रहार गरी ४६ वर्षीया सुमित्रा देवी मण्डल र उनका २४ वर्षीय छोरा रामेश्वर मण्डलको हत्या भएको छ। आक्रमणमा ५० वर्षीय श्...
माघ १५ गते, २०८२ - १३:३४
मुम्बई। भारतका स्वास्थ्य अधिकारीले पश्चिम बङ्गाल राज्यमा निपाह भाइरसका दुई सङ्क्रमण पुष्टि भए पनि अवस्था समयमै नियन्त्रणमा ल्याइएको जानकारी दिएका छन् ...
माघ १५ गते, २०८२ - १३:१६
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक ८८पुष्पकमल दाहाल ‘प्रचण्ड’८८ले नेकपा विप्लवसँग पार्टी एकता पूरा नभएको बताएका छन्। उनले बताए अनुसार जेनजी ...
माघ १५ गते, २०८२ - १३:०८
मुस्ताङ। जिल्ला प्रशासन कार्यालय मुस्ताङले छिमेकी जिल्लासँग जोडिएको उच्च लेकमा पर्ने चर्चित पाँच पदमार्गमा पदयात्रा नगर्न आग्रह गरेको छ । गए रातिद...
माघ १५ गते, २०८२ - १२:५५
काठमाडौँ । नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा ९माओवादी०का केन्द्रीय सदस्य चिरञ्जीवी ढकाल नेपाली कांग्रेस–संगठित नेकपा ९प्रचण्ड०मा प्रवेश गरेका ...




प्रतिकृया लेख्नुहोस्: