Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

प्रमुख दलका सचेतकसँग सभामुखको छलफल

खबरडबली संवाददाता

काठमाडौँ। सभामुख देवराज घिमिरेले संसद्का आगामी कार्यक्रमबारे संसद्का राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरेको छन् ।

बिहीबार सभामुख घिमिरेले संसदमा सहभागी राजनीतिक दलका प्रमुख सचेतकहरूसँग संसद्का आगामी कार्यक्रमबारे छलफल गरेको हो ।

उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते संसदमा विश्वासको मत लिने र त्यसलाई व्यवस्थित बनाउनेबारे छलफल भएको सत्तापक्षका प्रमुख सचेतक महेश बर्तौलाले बताए।

सभामुख घिमिरेले प्रमुख सचेतकहरूसँग ६, ७ र ८ गते संसद् चलाउने, ९, १० र ११ गते समितिको बैठक चलाउने र १३, १४ र १५ गते पुनः संसद् सञ्चालन गर्नेगरी १५ दिने कार्यतालिका बनाएको उनले बताए।

प्रमुख सचेतक बर्तौलाले समितिमा विचाराधीन विधेयकमा घनीभूत छलफल चलाएर चाँडोभन्दा चाँडो विधेयक संसदमा पठाउने, समितिका खालि सदस्य छिट्टै पूर्ति गर्ने र संयुक्त समितिमा सदस्य र सभापति पनि छिट्टै चयन गर्नेगरी सभामुख घिमिरेले छलफल अघि बढाएको जानकारी दिए।

यता प्रमुख प्रतिपक्ष दल नेकपा ९माओवादी केन्द्र० का प्रमुख सचेतक हितराज पाण्डेले सभामुख घिमिरेले संसद्को कार्यतालिकाका बारेमा छलफल गरेको बताए । उनले ६ गते प्रधानमन्त्री ओलीले विश्वासको मत लिने, ७ गते प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर हुनेगरी कार्यतालिका बनाउने बारेमा छलफल भएको बताए। उनले शुक्रबार कार्य व्यवस्था समितिको बैठक बसेर कार्यतालिका टुङ्ग्याउने जिकिर गरे ।

उनले भोलि  १ बजे कार्य व्यवस्थाको बैठक बस्ने भन्ने निर्णय भएको पनि जानकारी दिए।

प्रमुख सचेतक पाण्डेले भन्नुभयो, ‘‘हरेक १५ दिनमा कार्यतालिका बनाउने हाम्रो अभ्यास छ, त्यही अभ्यासअन्तर्गत भोलि बैठक बस्छौँ । ६ गते प्रधानमन्त्रीले विश्वासको मतका लागि समय माग्नुभएको छ, त्यसअन्तर्गत अघि बढ्छौँ । ७ गते हाम्रो नियमावलीअनुसार प्रत्यक्ष प्रश्नोत्तरको कार्यक्रम छ, त्यो कार्यक्रम ७ गते अघि बढ्छ ।’’

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्वाचन समीक्षा गर्न कांग्रेसले तोक्यो सातै प्रदेशमा संयोजक

काठमाडौँ। नेपाली कांग्रेसले प्रतिनिधि सभाका १६५ वटै निर्वाचन क्षेत्रमा निर्वाचन समीक्षा र पार्टीको आगामी कार्यदिशाबारे छलफल गर्न सातै प्रदेशमा संयोजक ...

अभिमुखीकरण तालिम शुल्क ७ सय रुपैयाँ भन्दा बढी लिए इजाजतपत्र खारेज हुने

काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि अनिवार्य अभिमुखीकरण तालिमको शुल्क नबढेको स्पष्ट पारेको छ। विभागले जारी गरेको सू...

सानो भर्‍याङ यातायात कार्यालयबाट सात बिचौलिया पक्राउ

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१५ सानो भर्‍याङस्थित यातायात व्यवस्था कार्यालयबाट सात जना बिचौलिया पक्राउ परेका छन् ।  उक्त कार्यालयबाट सेवाग्राही...

व्यवसायी दीपक भट्ट अध्यागमनको कालोसूचीमा

काठमाडौं । व्यवसायी दीपक भट्टलाई अध्यागमन विभागले कालोसूचीमा राखेको छ । भट्टमाथि सम्पत्ति शुद्धीकरणको कसुरमा छानबिन चलिरहेकाले उनलाई अध्यागमनको कालोसू...

एमालेले ओलीको पक्राउ विरोधमा देशव्यापी प्रदर्शन गर्ने

काठमाडौं। नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली को पक्राउको विरोधमा देशव्यापी प्रदर्शनका कार्यक्रम तय गरेको छ। मंगलबार बसेको पार्टी केन्द्रीय...

ग्रासरुटदेखि खेलाडी उत्पादनमा जोड दिनुपर्छ : मन्त्री पोखरेल

काठमाडौँ। नवनियुक्त युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले खेलकुदलाई ग्रासरुट तहदेखि नै जोडेर खेलाडी उत्पादन गर्नुपर्ने बताएको छन् ।  राष्ट्रिय खे...

काज मिलाएर बसेका चिकित्सकलाई आफ्नै दरबन्दीमा फिर्ता गर्ने सरकारको निर्णय

काठमाडौँ। ‘काज’ मिलाएर सुगममा बसेका विशेषज्ञ चिकित्सक अब आफ्नै दरबन्दी भएको कार्यक्षेत्रमा फर्किनुपर्ने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले...

एमाले सांसदले भने: कर्मचारीको कारण देश बिग्रियो, बालेनको जवाफ- यसको जड तपाईंहरू नै हो

काठमाडौं । .प्रधानमन्त्री बालेन शाहले प्रदेशगत रूपमा प्रत्यक्ष निर्वाचित सांसदहरूसँग जारी छलफलको क्रममा आज सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग भेट गरेका ...

गृहमन्त्री गुरुङसँग सशस्त्र प्रहरीका अधिकारीको छलफल

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङसँग सशस्त्र प्रहरीका उच्च अधिकारीले छलफल गरेको छन् ।  मंगलबार दिउँसो गृहमन्त्री गुरुङले सशस्त्र प्रहरीका अधिकारीसँग ...

वैदेशिक रोजगारी स्वास्थ्य परीक्षणको ‘सिन्डिकेट’ अन्त्य, अब सरकारी अस्पतालबाटै सेवा

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा देखिएको ‘सिन्डिकेट’ अन्त्य गरेको छ। मन्...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending