Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

कसले पुर्‍यायो ७० वर्षीय जामुनलाललाई हात्ती बस्ने घनघोर जंगलमा

खबरडबली संवाददाता

मोरङ । मोरङको बेलबारीस्थित बेलबारी–चिसाङ साझेदारी वनमा घटना जंगल छ । जंगल छिर्ने एउटा बाटो कार्यालय छेउमै छ । पूर्व–पश्चिमबाट छिर्ने बाटो बर्खामा हिल्लामे हुन्छ । पूर्वपश्चिम सडकको उत्तरपट्टि ४.९ किलोमिटर भित्रसम्म मात्रै गाडी पुग्छन् । त्ययहाँबाट डेढ किलोमिटर पैदल हिँडेर गएपछि पुगिन्छ जामुनलाल ऋषिदेव भेटिएको ठाउँ । जसलाई ‘छोराबुहारीले छोडेको’ भनिएको चार–पाँच दिनपछि उद्धार गरिएको थियो । 

उनी भेटिएको ठाउँमा घना जंगल छ । त्यहाँ बाह्रै महिना हात्ती बस्ने गरेको वनका कर्मचारीहरू बताउँछन् । हात्ती बस्ने भएकोले एक्लै त्यहाँ पुग्ने आट कसैले गर्दैनन् । दुई दिन अगाडि ७० वर्षीय जामुनलाल त्यही जंगलमा भेटिएका थिए । उनलाई उद्धार गरेका वनका कर्मचारीका अनुसार उनी हातको इसाराले पानी मागिरहेका थिए । उठेर हिँड्न नसक्ने अवस्थामा रहेका उनलाई उद्धार गरिएको थियो । 

उनलाई त्यहाँ कसले पुर्‍यायो भन्ने अझैं यकिन हुन सकेको छैन । ‘हामीजस्ता युवाले त त्यहाँ एक्लै जाने आट गर्दैनौं,’ बेलबारी चिस्याङ साझेदारी वनका अध्यक्ष दिनेश गरीले भने ‘७० वर्षका बुढा हिँडेर जाने कुरा नै भएन ।’

ठूल्ठूला रुख भएको जङ्गलमा घाँसदाउरा गर्ने स–साना गोरेटो बाटो मात्रै छन् । जहाँ साइकल र मोटरसाइकल भने कुदाउन सकिन्छ । 

उनी एउटा रुखको फेदमा बसेका थिए । त्यही कीरा सल्बलाइरहेका थिए । उनलाई उद्धार गरेर बेलबारीको नगर अस्पतालमा ल्याइएको थियो । अस्पतालका डा. प्रवास थापाका अनुसार कीराले टोकेर शरीरभरि घाउ नै घाउ थिए । उनको रगत चुसेर कीरादेखि जुकासम्म अघाए । लगातारको झरीमा उनले धेरै रात र दिन बिताए ।

बेलबारी–चिसाङ साझेदारी वनका हेरालु कमान्डर मुरारीप्रसाद काफ्लेको नेतृत्वमा गस्तीमा गएको टोलीले उनलाई भेट्टाएको थियो । उनीहरू पनि त्यहाँ महिनामा एक पटकजस्तो मात्रै पुग्ने गरेका छन् । ‘गस्ती गर्ने क्रममा साझेदारी एरियाको जङ्गलमा एउटा सानो पोकोजस्तो देखियो,’ काफ्लेले भने, ‘त्यहाँ गएर हेर्दा एक जना बुढो मान्छे बसिराख्नुभएको रहेछ । दुवै घुँडा टाउको माथि थियो । टाउको भुईँमा निहुरिरहेको थियो । हात खुट्टामा कीराहरू  कुदिरहेका थिए । शुरूमा हामी पनि आत्तियौं । त्यहाँबाट फोन पनि लाग्दैन । हातको इसाराले पानी मात्रै मागिरहेका थिए ।’

उनीहरूले बोतलमा लगेर पानी दिए । दुई घुट्की पानी खाएका उनी नबुझिनेगरी बोल्न थाले । उनी अहिले पनि ठूलो स्वरमा बोल्न सक्दैनन् ।

त्यसपछि टोलीले अध्यक्ष गिरीलाई फोनमा जानकारी गरायो । अध्यक्ष गिरीले फोटो र भिडियो पठाउन भने । त्यहाँ फोनसमेत नचल्ने भएपछि करिब डेढ किलोमिटर वर आएर उनीहरूले फोटो र भिडियो पठाए । 

अध्यक्षको निर्देशनअनुसार गाडी पुग्ने ठाउँसम्म ल्याएर राखे । वन रक्षकहरूको टोलीले निगुरो टिप्न जानेले छाडेको बोराबाट अस्थायी स्ट्रेचर बनाएर बाटातिर ल्याए ।

यता अध्यक्ष गिरीले बेलबारी नगरपालिका स्वास्थ्य शाखाका प्रमुख सन्तोष विश्वकर्मा  र इलाका प्रहरी कार्यालय बेलबारीलाई जानकारी गराए । सबै जुटेर उद्धार गरिएको काफ्लेले बताए ।

काफ्लेका अनुसार स्ट्रेचरमा बाटोमा ल्याएपछि भने वृद्धले ५ दिनदेखि बसिरहेको बताएका थिए । गस्तीमा गएको टोलीका कसैलाई पनि त्यो अनकन्टार जङ्गलमा ती वृद्ध आफैँ पुगेको विश्वास लाग्दैन । ‘त्यस्ता बुढा यस्तो घनघोर जङ्गलमा आफैँ आएका हुन्जस्तो मलाई लागेको छैन  । हामीजस्ता युवा पनि एक्लै आउने आट नै गर्दैनौं । गाडी ल्याउन त मुस्किल पर्ने ठाउँमा उहाँ कसरी एक्लै आउनुहुन्छ ? यो एरिया हात्ती प्रभावित क्षेत्र हो । बँदेल पनि पाइन्छ,’ उनले भने ।

बेलबारी–चिसाङ साझेदारी वनका अध्यक्ष गिरीले वृद्ध बसेको ठाउँसम्म नै मोटरसाइकलको गुडेको संकेत भेटिएको बताए । जामुनलाललाई बेलबारी नगर अस्पताल, सुन्दरहरैचा नगर अस्पताल हुँदै कोशी अस्पताल विराटनगर ल्याइएको छ । बुधवार सुन्दरहरैचा नगर अस्पतालमा उपचारका लागि आएका जामुनलालका छोराले भने ‘म आउँदा आउँदै लडेँ’ भनेर बुवाले आफूलाई सुनाएको बताए । जामुनलाल अर्काको घरमा काम गर्थे । ‘त्यहाँबाट नातिनी पुनमले घर जाऊँ भनेर लिएर आएकी थिई । तर, छोरी अगाडि अगाडि आई । बुबा कति बेला छुट्नुभयो थाहै भएन छ । त्यसपछि बुबा हराउनुभयो,’ उनले भने ।

आफूले जंगलमा लगेर बुवालाई नछोडेको उनले दाबी गरे । ‘म आफैं बिरामी छु । छोराबुहारीले जङ्गलमा छोड्यो भनेर गरेको प्रचार सुनें । मलाई आरोप लगाए । म शौचालय सफा गर्ने काम गर्छु । काम गरेर खाने मान्छे हुँ । गलत काम गर्दिनँ, भक्कानिँदै उनले भने, ‘मेरो आफ्नो बाउ हो, कसरी लगेर छोड्छु म भन्नु त । गरेर खाएको छु ।’

उनी हाइड्रोसिलका बिरामी हुन् । सुन्दरहरैंचा १ का वडाध्यक्ष राम विश्वास खवासले पनि उनी त्यहाँ कसरी पुगे भन्नेबारे आफू अलमलमा परेको बताए ।  वृद्ध आफैँ हिँडेर जाँदा जङ्गलमा अलमलिएको बताएको उनले सुनाए । 

सुन्दरहरैंचा नगर अस्पतालका प्रमुख डा. सरोज मण्डलले वृद्ध ऋषिदेवको मिर्गौलामा समस्या देखिएको, प्लेट्लेस र हेमोग्लोबिन कम रहेको देखिएको बताए । प्रहरीले भने घट्नाको विषयमा अनुसन्धान भइरहेको जनाएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मन्त्रीहरू पुल्चोक क्वाटरमा सर्ने तयारीपछि न्यायाधीशहरू नैतिक संकटमा

काठमाडौं । सरकारले नवनियुक्त मन्त्रीहरूलाई ललितपुरको पुल्चोकस्थित सरकारी क्वाटरमा व्यवस्थापन गर्ने तयारी थालेपछि त्यहाँ बसोबास गरिरहेका केही न्यायाधीश...

संगठन हटाउने योजनाप्रति विद्यार्थी नेताहरूको आपत्ति

काठमाडौं । बालेन साह नेतृत्वको सरकारले विद्यालय तथा विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने योजना सार्वजनिक गरेपछि विद्यार्थी नेताहरूले आपत्ति ज...

आगामी बजेटबारे मन्त्रालयसँग छलफल सुरु, योजना प्रस्ताव गर्ने समयसीमा लम्बिन सक्ने सङ्केत

काठमाडौँ । नयाँ सरकार गठनसँगै आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तर्जुमाको प्रारम्भिक चरणअन्तर्गत विषयगत मन्त्रालयसँग छलफल सुरु गरिएको छ । अर्थ मन्त...

लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार बझाङ...

भित्र छिर्न नदिएको आक्रोशमा एमाले कार्यकर्ताले कुटे गेटपाले

काठमाडौँ । बबरमहलस्थित सरकारी कार्यालय परिसरमा प्रहरीसँगको झडपका क्रममा भएको भागदौडपछि भित्र छिर्न खोज्ने एमाले कार्यकर्ताको आक्रमणबाट एक गेटपाले घाइत...

कांग्रेस नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं । कांग्रेस नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । आइतबार बिहान सम्पत्ति शुद्धीकरण विभागको पत्रका ...

इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न निर्देशन दिएको छ । विद्यालय तहका विभिन्न कक्षा ...

ओलीमाथिको अनुसन्धान निष्पक्ष हुनुपर्ने प्रचण्डको धारणा

काठमाडौं ।  नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वप्रधानमन्त्रीहरूमाथि सम्पत्ति छानबिन गर्ने विषय नयाँ नभएको र य...

देशभर उच्च सुरक्षा सतर्कता, बिदा रोक्ने सर्कुलर जारी

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र रमेश लेखकलाई पक्राउ गरेपछि देशभर उच्च सुरक्षा सतर्कता अपनाइएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रधान ...

काठमाडौंको ढुङ्गेअड्डामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं। काठमाडौंको ढुङ्गेअड्डामा बसको ठक्करबाट आज मोटरसाइकल चालकको मृत्यु भएको छ। चन्द्रागिरी नगरपालिका–१५ ढुङ्गेअड्डास्थित सडकमा लु प्र ०१–००१ ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending