Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

कसले पुर्‍यायो ७० वर्षीय जामुनलाललाई हात्ती बस्ने घनघोर जंगलमा

खबरडबली संवाददाता

मोरङ । मोरङको बेलबारीस्थित बेलबारी–चिसाङ साझेदारी वनमा घटना जंगल छ । जंगल छिर्ने एउटा बाटो कार्यालय छेउमै छ । पूर्व–पश्चिमबाट छिर्ने बाटो बर्खामा हिल्लामे हुन्छ । पूर्वपश्चिम सडकको उत्तरपट्टि ४.९ किलोमिटर भित्रसम्म मात्रै गाडी पुग्छन् । त्ययहाँबाट डेढ किलोमिटर पैदल हिँडेर गएपछि पुगिन्छ जामुनलाल ऋषिदेव भेटिएको ठाउँ । जसलाई ‘छोराबुहारीले छोडेको’ भनिएको चार–पाँच दिनपछि उद्धार गरिएको थियो । 

उनी भेटिएको ठाउँमा घना जंगल छ । त्यहाँ बाह्रै महिना हात्ती बस्ने गरेको वनका कर्मचारीहरू बताउँछन् । हात्ती बस्ने भएकोले एक्लै त्यहाँ पुग्ने आट कसैले गर्दैनन् । दुई दिन अगाडि ७० वर्षीय जामुनलाल त्यही जंगलमा भेटिएका थिए । उनलाई उद्धार गरेका वनका कर्मचारीका अनुसार उनी हातको इसाराले पानी मागिरहेका थिए । उठेर हिँड्न नसक्ने अवस्थामा रहेका उनलाई उद्धार गरिएको थियो । 

उनलाई त्यहाँ कसले पुर्‍यायो भन्ने अझैं यकिन हुन सकेको छैन । ‘हामीजस्ता युवाले त त्यहाँ एक्लै जाने आट गर्दैनौं,’ बेलबारी चिस्याङ साझेदारी वनका अध्यक्ष दिनेश गरीले भने ‘७० वर्षका बुढा हिँडेर जाने कुरा नै भएन ।’

ठूल्ठूला रुख भएको जङ्गलमा घाँसदाउरा गर्ने स–साना गोरेटो बाटो मात्रै छन् । जहाँ साइकल र मोटरसाइकल भने कुदाउन सकिन्छ । 

उनी एउटा रुखको फेदमा बसेका थिए । त्यही कीरा सल्बलाइरहेका थिए । उनलाई उद्धार गरेर बेलबारीको नगर अस्पतालमा ल्याइएको थियो । अस्पतालका डा. प्रवास थापाका अनुसार कीराले टोकेर शरीरभरि घाउ नै घाउ थिए । उनको रगत चुसेर कीरादेखि जुकासम्म अघाए । लगातारको झरीमा उनले धेरै रात र दिन बिताए ।

बेलबारी–चिसाङ साझेदारी वनका हेरालु कमान्डर मुरारीप्रसाद काफ्लेको नेतृत्वमा गस्तीमा गएको टोलीले उनलाई भेट्टाएको थियो । उनीहरू पनि त्यहाँ महिनामा एक पटकजस्तो मात्रै पुग्ने गरेका छन् । ‘गस्ती गर्ने क्रममा साझेदारी एरियाको जङ्गलमा एउटा सानो पोकोजस्तो देखियो,’ काफ्लेले भने, ‘त्यहाँ गएर हेर्दा एक जना बुढो मान्छे बसिराख्नुभएको रहेछ । दुवै घुँडा टाउको माथि थियो । टाउको भुईँमा निहुरिरहेको थियो । हात खुट्टामा कीराहरू  कुदिरहेका थिए । शुरूमा हामी पनि आत्तियौं । त्यहाँबाट फोन पनि लाग्दैन । हातको इसाराले पानी मात्रै मागिरहेका थिए ।’

उनीहरूले बोतलमा लगेर पानी दिए । दुई घुट्की पानी खाएका उनी नबुझिनेगरी बोल्न थाले । उनी अहिले पनि ठूलो स्वरमा बोल्न सक्दैनन् ।

त्यसपछि टोलीले अध्यक्ष गिरीलाई फोनमा जानकारी गरायो । अध्यक्ष गिरीले फोटो र भिडियो पठाउन भने । त्यहाँ फोनसमेत नचल्ने भएपछि करिब डेढ किलोमिटर वर आएर उनीहरूले फोटो र भिडियो पठाए । 

अध्यक्षको निर्देशनअनुसार गाडी पुग्ने ठाउँसम्म ल्याएर राखे । वन रक्षकहरूको टोलीले निगुरो टिप्न जानेले छाडेको बोराबाट अस्थायी स्ट्रेचर बनाएर बाटातिर ल्याए ।

यता अध्यक्ष गिरीले बेलबारी नगरपालिका स्वास्थ्य शाखाका प्रमुख सन्तोष विश्वकर्मा  र इलाका प्रहरी कार्यालय बेलबारीलाई जानकारी गराए । सबै जुटेर उद्धार गरिएको काफ्लेले बताए ।

काफ्लेका अनुसार स्ट्रेचरमा बाटोमा ल्याएपछि भने वृद्धले ५ दिनदेखि बसिरहेको बताएका थिए । गस्तीमा गएको टोलीका कसैलाई पनि त्यो अनकन्टार जङ्गलमा ती वृद्ध आफैँ पुगेको विश्वास लाग्दैन । ‘त्यस्ता बुढा यस्तो घनघोर जङ्गलमा आफैँ आएका हुन्जस्तो मलाई लागेको छैन  । हामीजस्ता युवा पनि एक्लै आउने आट नै गर्दैनौं । गाडी ल्याउन त मुस्किल पर्ने ठाउँमा उहाँ कसरी एक्लै आउनुहुन्छ ? यो एरिया हात्ती प्रभावित क्षेत्र हो । बँदेल पनि पाइन्छ,’ उनले भने ।

बेलबारी–चिसाङ साझेदारी वनका अध्यक्ष गिरीले वृद्ध बसेको ठाउँसम्म नै मोटरसाइकलको गुडेको संकेत भेटिएको बताए । जामुनलाललाई बेलबारी नगर अस्पताल, सुन्दरहरैचा नगर अस्पताल हुँदै कोशी अस्पताल विराटनगर ल्याइएको छ । बुधवार सुन्दरहरैचा नगर अस्पतालमा उपचारका लागि आएका जामुनलालका छोराले भने ‘म आउँदा आउँदै लडेँ’ भनेर बुवाले आफूलाई सुनाएको बताए । जामुनलाल अर्काको घरमा काम गर्थे । ‘त्यहाँबाट नातिनी पुनमले घर जाऊँ भनेर लिएर आएकी थिई । तर, छोरी अगाडि अगाडि आई । बुबा कति बेला छुट्नुभयो थाहै भएन छ । त्यसपछि बुबा हराउनुभयो,’ उनले भने ।

आफूले जंगलमा लगेर बुवालाई नछोडेको उनले दाबी गरे । ‘म आफैं बिरामी छु । छोराबुहारीले जङ्गलमा छोड्यो भनेर गरेको प्रचार सुनें । मलाई आरोप लगाए । म शौचालय सफा गर्ने काम गर्छु । काम गरेर खाने मान्छे हुँ । गलत काम गर्दिनँ, भक्कानिँदै उनले भने, ‘मेरो आफ्नो बाउ हो, कसरी लगेर छोड्छु म भन्नु त । गरेर खाएको छु ।’

उनी हाइड्रोसिलका बिरामी हुन् । सुन्दरहरैंचा १ का वडाध्यक्ष राम विश्वास खवासले पनि उनी त्यहाँ कसरी पुगे भन्नेबारे आफू अलमलमा परेको बताए ।  वृद्ध आफैँ हिँडेर जाँदा जङ्गलमा अलमलिएको बताएको उनले सुनाए । 

सुन्दरहरैंचा नगर अस्पतालका प्रमुख डा. सरोज मण्डलले वृद्ध ऋषिदेवको मिर्गौलामा समस्या देखिएको, प्लेट्लेस र हेमोग्लोबिन कम रहेको देखिएको बताए । प्रहरीले भने घट्नाको विषयमा अनुसन्धान भइरहेको जनाएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

रुकुम पश्चिममा अटो दुर्घटना : चालकको घटनास्थलमै मृत्यु

रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...

मिराज ढुंगानाको समूहले प्रदर्शनका लागि प्रशासनको अनुमति नलिएको : काठमाडौँ जिल्ला प्रशासन

काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...

ओखलढुंगामा नियम बिर्सिएको प्रशासन: बिना करारका कर्मचारी सूचना अधिकारी बनेको खुलासा

ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...

पूर्वी पहाडमा सुन्तलाको बम्पर उत्पादन, धरान बजारमा कारोबार ३० प्रतिशतले बढ्यो

धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...

ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पा...

मौन पीडामा कालिमायाको याचना : अपाङ्गताको पीडा र राज्यको मौनता

छोराको पीडामा बाँधिएकी आमाको कथा

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढी

चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending