Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

बारा प्रहरीको वार्षिक प्रगति: ५७ करोडबढीको सामान बरामद

खबरडबली संवाददाता

बारा । जिल्ला प्रहरी कार्यालय बाराले आर्थिक वर्ष २०८०/०८१ को कार्य प्रगति विवरण सार्वजनिक गरेको छ। 

जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी महेन्द्र खड्का र जिल्ला प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले संयुक्त रुपमा वार्षिक प्रगति विवरण सार्वजनिक गरेका हुन्।

अवैध सामान बरामद, राजश्व संकलन

गत आर्थिक वर्षको साउन १ देखि २०८१ असार मसान्तसम्ममा जिल्ला प्रहरी तथा मातहतका युनिटहरूबाट विभिन्न किसिमका भन्सार छलीका सामानहरू बरामद गरी कुल ५७ करोड ४० लाख ३५ हजार छ सय ५१ रुपैयाँ राजस्व संकलन गरेको एसपी खड्काले बताएका छन्।

उक्त भन्सार छलीका समान ओसार-पसार गर्न प्रयोग गरिएको ट्रक लगायतका सवारीसाधनहरू भन्सार कार्यालय वीरगन्ज र आन्तरिक राजश्व कार्यालय पथलैयामा दाखिला गरिएको उनले बताए।

हुण्डी कारोबार

उक्त आर्थिक वर्षमा हुण्डी कारोबारका चार वटा मुद्दा दर्ता भएका छन्। यसमा ८ जनालाई पक्राउ गरिएको र ३८ लाख ९ हजार रुपैयाँ बरामद भएको खड्काले बताए।

मुद्दा दर्ता मानिस पक्राउ

त्यस्तै, गत आर्थिक वर्षमा एक हजार तीन सय २२ वटा विभिन्न किसिमका मुद्दा दर्ता भएको छ भने एक हजार ३१ जना आरोपी पक्राउ परेका थिए।

त्यस्तै, एक हजार ९ सय ३६ उजुरीमा एक हजार ७ सय ५० मिलापत्र भएको र दुई हजार आठ सय ५९ ठाडो उजुरीमा दुई हजार पाँच सय ८४ वटा उजुरीको मिलापत्र भएको जानकारी खड्काले दिए।

लागुऔषध बरामद र कारबाही

सोही अवधिमा ९२ वटा लागुऔषधका मुद्दा दर्ता भएका थिए। त्यसमध्ये एक सय ३७ जना पक्राउ परेका थिए।

त्यस्तै, प्रहरी गस्ती टोलीले दुई हजार ५४ किलो लागुऔषध गाँजा, ४५ किलो २३ ग्राम चरेस र ५७०  ग्राम ब्राउन सुगर बरामद गरेको प्रवक्ता डिएसपी दधिराम न्यौपानेले बताए।

फरार प्रतिवादी पक्राउ

त्यस्तै, जिल्ला अदालत बाराबाट विभिन्न मुद्दामा कैद जरिवाना तोकिएर फरार रहेका तीन सय १९ जना प्रतिवादी पक्राउ परेका छन्। फरार प्रतिवादीबाट ७९ वर्ष तीन महिना तीन दिन कैद र एक करोड ५४ लाख ५६ हजार दुई सय ८८ रुपैयाँ जरिवाना असुल भएको छ।

अबैध हातहतियार बरामद

एक वर्षको अवधिमा बारा प्रहरीले अबैध हातहतियारतर्फ एक थान भरुवा बन्दुक, एक थान स्वचालित रिभल्वर, पाँच थान कटुवा पेस्तोल २० राउण्ड गोली प्रहरीले बरामद गरेको छ।

मोबाइल बरामद

विभिन्न स्थानबाट नागरिकका हराएका तथा चोरिएका ९६ थान मोबाईल बरामद गरी सम्बन्धित धनीलाई बुझाइएको छ।

ट्राफिक कारबाहीमा दुई करोड ९७ लाख असुल

वर्षभरिमा सवारी नियम विपरीत चलेका ३४ हजार २ सय ८५ सवारीलाई ट्राफिक कारबाही गरिएको छ।  कारबाहीबाट दुई करोड ९७ लाख ३१ हजार पाँच सय रुपैयाँ राजश्व संकलन भएको न्यौपानेले बताए।

अबैध मदिरा र भट्टी नष्ट

जिल्लाभरिमा अबैध रुपमा सञ्चालित एक सय ५२ रक्सी भट्टी नष्ट गरिएको छ। यस्तै, तयारी मदिरा ४९ हजार १४५ लिटर, कच्चापदार्थ ३ लाख २३ हजार ९५ लिटर नष्ट गरिएको छ।

रक्सी उत्पादनमा संलग्न १० जना मानिस पक्राउ परेका छन्। रक्सी उत्पादन गर्ने मेसिन ७४ थान, भाडावर्तन ४३४ र सात वटा सवारी साधन बरामद भएको छ।

मिटरब्याजमा कारबाही

बारामा गत आवमा अनुचित लेनदेन मिटरब्याजमा एक हजार ४३ मेलमिलापबाट २१ करोड ५६ लाख २७ हजार ६ सय ६ रुपैयाँ नगद र ३० बिगाहा १७ कठा १७ धुर जग्गा फिर्ता गराइएको प्रवक्ता तथा डिएसपी न्यौपानेले जानकारी दिए।

सोही अवधिमा प्रहरीले तीन हजार ८८ वटा सामुदायिक कार्यक्रम सञ्चालन गरेकोमा एक लाख २२ हजार  १५७ जना मानिस लभान्वित भएको प्रहरीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र

काठमाडौँ। केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ । नेपाल राष्...

हामीले दुई सय आठ रोपनी सार्वजनिक जग्गा फिर्ता गर्याै : बालेन शाह

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफू प्रमुखको भूमिकामा आएपछि रु २३ अर्ब मूल्य बराबरको २०८ रोपनी सार्वजनिक जग्गा फिर्ता गरिएको ...

ओली प्यानलमा नपरेपछि रघुजी पन्तले दिए उपाध्यक्षमा उम्मेदवारी

काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । पन्त केपी शर्मा ओली समूहमा थिए तर ओली समूहले उनलाई समेटेर प्यानल बनाएन ।...

मनहरीमा शिकारीको बन्दुक पड्कँदा अर्का शिकारीको मृत्यु

मकवानपुर। मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपखेरा जङ्गलमा सिकार गर्न हिँडेका शिकारीको भरुवा बन्दुक पड्किँदा अर्का शिकारीको मृत्यु भएको छ । ...

भिजिट भिसा प्रकरण: म्याग्दीका सीडीओ बद्रि तिवारी गृह मन्त्रालय तानिए

काठमाडौं । भिजिट भिसा प्रकरणमा नाम जोडिएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी (सीडीओ)बद्रि तिवारीलाई गृह मन्त्रालय तानिएको छ । ...

को को समेटिए ईश्वर पोखरेलको टीममा ?

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा ईश्वर पोखरेल समूहले आफ्नो उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । यस क्रममा स्व...

एकै वर्षमा २३ अर्ब ४ करोड कर छुटको दाबीः ४ अर्ब ८४ करोड मात्रै कर फिर्ता

काठमाडाैं। सरकारले एकै वर्षमा ४ अर्ब बढी कर फिर्ता गरेको छ । कुटनीतिक नियोग कुटनीतिज्ञ एवं विभिन्न कुटनीतिक एजेन्सीहरुलाईदेखि निकासीको आधारमा सरकारले ...

अध्यक्ष पदमा ओलीले गरे उम्मेदवारी दर्ता

काठमाडौँ । एमालेको अध्यक्ष पदको लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएलगत्तै ओलीले पनि महाधिवेशनस्थल...

ईश्वर पोखरेलले दर्ता गराए उम्मेदवारी, ओलीसँग भिड्ने

काठमाडौँ । एमाले अध्यक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। उनी अध्यक्षमा केपी शर्मा ओलीसँग पोखरेल भिड्न लागेका हुन्...

नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ युद्धभैरव गण (शान्ति सैनिक) तेस्रो डफ्फालाई बदल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending