रौतहट । रौतहटमा जथाभावी रूपमा अरूको खेत हुँदै विद्युतीय तार लगाएका दुई जनामाथि ज्यान सम्बन्धी मुद्दा दायर गरिएको छ ।
स्थानीय देवाही गोनाही नगरपालिका-७ गोनाही टोलका रामदरेश राय यादव र गुल्टेन राय यादवमाथि इलाका प्रहरी कार्यालय गरुडाले ज्यान सम्बन्धी मुद्दा दायर गरेको हो।
आरोपीहरूले विद्युतको पोलबाट जथाभावी आफ्नो खेतमा लगेको मोटरको तारबाट करेन्ट लागेर गत सोमबार दिउँसो देवाही गोनाही-७ का ४५ वर्षीय चुनिलाल पासवानको आफ्नै खेतमा काम गरिरहेको अवस्थामा करेन्ट लागेर मृत्यु भएको थियो।
पासवानको मृत्युपछि उनका आफन्तले दिएको लिखित किटानी जाहेरीको आधारमा मंगलबार रामदरेश र गुल्टेनमाथि कर्तव्य ज्यान मुद्दा दर्ता भएको रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले बताए ।
गत सोमबार दिउँसो १ बजेर २० मिनेटमा करेन्ट लागेलगत्तै प्रहरीले पासवानलाई उद्धार गरी तत्काल उपचारको लागि शिवनगरस्थित एक निजी अस्पतालमा लगेकोमा उपचारको क्रममा मुत्यु भएको थियो।
इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी रामेश्वर त्वातीले घटनालगत्तै पासवानको खेत हुँदै विद्युतको तार लगेका रामदरेश राय यादव, गुल्टेन राय यादव फरार रहेकाले उनको खोजी तथा घटना सम्बन्धी थप अनुसन्धान भइरहेको जानकारी दिए ।
रौतहटमा आफ्नो खेतमा पानी पताउन जथाभावी रुपमा विद्युत पोलबाट लागेको तारबाट करेन्ट लागेर वर्षेनी कैयौं मानिसको मृत्यु हुने गरेको पाइएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...
पौष ७ गते, २०८२ - १०:०८
रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...
पौष ७ गते, २०८२ - १०:०२
काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...




प्रतिकृया लेख्नुहोस्: