काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले आउँदो निर्वाचनबाट माओवादी केन्द्र एउटा निर्णायक शक्तिको रूपमा उदाउने दाबी गरेका छन्। एमालेले सहकार्य तोडेर कांग्रेससँग काँध मिलाएको परिघटनाले आफूहरुलाई राम्रो शिक्षा दिएको उनको भनाइ छ।
'एक वर्षसम्म हामी विभिन्न गठबन्धन हुँदै सरकारमा रह्यौँ । पार्टीभित्रका कसैले प्रधानमन्त्री पायो, कसैले मन्त्री पायो, कसैले कुनै न कुनै नियुक्ति पायो तर कसैले केही पनि पाएन । यसले हामीबिच सत्ता स्वार्थको खेल पनि भएजस्तो भयो' उनले एक अन्तर्वार्ताको क्रममा भनेका छन्, 'हामी अलि बिग्रिएका पनि थियौँ पार्टीमा । अब हामी यी सबै स्वार्थबाट बाहिर आएका छौँ ।'
उनले एकैपटक सडक र सदनमा प्रतिपक्षीको भूमिकामा आएको बताए।
उनले थपे, 'हामीलाई अरूको कमजोरी खोज्नेभन्दा पनि आफूभित्रकै कमी–कमजोरीहरूलाई पहिचान गर्ने र सुधार गर्ने अवसर पाएका छौँ । सत्तामा रहेकोमात्र नभएर प्रतिपक्षीको रूपमा रहेका सबै पार्टी र राजनीतिलाई केलाएर हेर्न पाउने अवसर नेकपा माओवादी केन्द्रले पाएको छ । यसलाई हामीले अवसरको रूपमा भरपुर उपयोग गर्ने नै छौँ ।'
संविधानको रक्षा गर्ने, मुलुकलाई अग्रगमनको बाटोमा लैजाने, सुशासन र भ्रष्टाचार विरुद्ध सदन र सडक जनताको बिचमा उभिने राम्रो स्पेस पाएका बताए।
'हामी पार्टीभित्रको कमी–कमजोरी सुधार्दै आफूलाई थप निखार्दै २०८४ को निर्वाचनलाई तयारी गर्छौँ । आउँदो निर्वाचनबाट नेकपा माओवादी केन्द्र एउटा निर्णायक शक्तिको रूपमा उदाउने छ' उनको भनाइ छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ८ गते, २०८१ - ०९:३२
पर्सा । सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरी बलले सक्रियता बढाएसँगै पर्सामा भन्सार छलीका सामान बरामद गर्ने क्रम ह्वात्तै बढेको छ। सशस्त्र प्रहरीले सक्र...
माघ ८ गते, २०८१ - ०९:१८
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड जे ट्रम्पलाई बधाई तथा शुभकामना दिएका छन् । राष्ट्रपति पौडेलले आ...
माघ ८ गते, २०८१ - ०९:१३
काठमाडौं । अमेरिकी राष्ट्रपति निर्वाचित डोनल्ड ट्रम्पले दोस्रो कार्यकालका लागि शपथग्रहण गर्न लाग्दा 'कारोबारी प्रकृतिको' उनको विदेश नीतिका विभ...
माघ ८ गते, २०८१ - ०८:५५
दुःख सुनाउँदै भन्छन्- विदेशको ठाउँ काम गरुन्जेलमात्र हुँदोरहेछ
माघ ८ गते, २०८१ - ०८:४४
काठमाडौँ । कालिमाटी फलफूल तरकारी विकास समितिले आज (मङ्गलबार)का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलक...
माघ ८ गते, २०८१ - ०८:३८
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ । यही माघ १९ र २० गते पार्टी केन्द्रीय कार्यालय बालकु...
माघ ८ गते, २०८१ - ०८:३४
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भू-भागमा हल्का हिमपात हुन सक्ने जनाएको छ। हाल देशमा पश्चिमी वायुको प्रभाव...
माघ ८ गते, २०८१ - ०७:३३
भद्रपुर । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८१/८२ को छ महिनामा चिया निर्यात ५५ दशमलव ७० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कानुसार (साउन–प...
माघ ८ गते, २०८१ - ०७:२७
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ। बैठक बेलुका चार बजे बस्ने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । पुस तेस्रो साता बसेक...
माघ ८ गते, २०८१ - ०७:२२
त्रिवेणी । रूकुम-पश्चिमको त्रिवेणी गाउँपालिकामा यस वर्ष अदुुवा उत्पादन वृद्धि भएसँगै मूल्य पनि बढेको छ । गत वर्षभन्दा यस वर्ष अदुवाखेती गर्ने किसानको ...
प्रतिकृया लेख्नुहोस्: