काठमाडौ । लर्डबुद्ध एजुकेशन फाउण्डेशन र धनगढी उपमहानगरपालिकाबिच शैक्षिक सहकार्यको सहमति भएको छ । दक्ष जनशक्ति उत्पादन र रोजगारी सिर्जना गर्ने उद्देश्यले फाउण्डेसन र धनगढी उपमहानगरबिच शैक्षिक सहकार्यको सहमति भएको हो ।
सहकार्य सम्बन्धी सम्झौता पत्रमा लर्डवुद्ध एजुकेशन फाउण्डेशनका अध्यक्ष पङ्कज जालान र धनगढी उपमहानगरपालिकाका प्रमुख गोपी हमालले हस्ताक्षर गरे ।
विद्यार्थीलाई नेपालमा उपलब्ध व्यावसायिक मार्ग पहिचान सहित सुनिश्चित भविष्यका लागि करिअरको निर्णय गर्न सक्षम बनाउने लक्ष्य राखिएको छ ।
उनीहरूलाई भविष्यको लागि मार्ग दर्शन र बहु आयामिक क्षेत्रमा अन्तर्दृष्टि प्रदान गर्दै, मुलुकभित्रै शिक्षा र रोजगारीका सम्भावनाबारे जानकारी प्रदान गरिने, सहमति पत्रमा उल्लेख छ ।
यो कार्यक्रम मार्फत विद्यार्थी र शिक्षकको प्राविधिक र डिजिटल सीप विस्तार गर्दै, बृहत् प्रशिक्षण कार्यक्रम मार्फत रोजगार बजारको लागि तयार पारिने लक्ष्य राखिएको छ । तालिमले नवीनतम प्रविधि, सञ्चार सीप, डिजिटल उपकरण क्लाउड कम्प्युटिङ लगायत विभिन्न क्षेत्र समेट्नेछ ।
धनगढी उपमहानगरभित्रका युवाहरूलाई सूचना प्रविधियुक्त बनाउन लर्डबुद्ध एजुकेशन फाउण्डेसनसँग शैक्षिक सहकार्य गर्न लागिएको मेयर हमालले बताए ।
सहमति अनुसार, अबदेखि धनगढी उपमहानगरपालिकाले गरेको सिफारिसका आधारमा कक्षा १२ सकेका २ जना विद्यार्थीले विद्यापीठमा बी।एस।सी आई. टी तहमा निःशुल्क पढ्न पाउने छन् । ३ जनाले ल्याब फी र ट्युसन फी तथा ३ जनाले ट्युसन फीमा पूर्ण छात्रवृत्ति पाउनेछन् ।
धनगढी उपमहानगरकै सिफारिसमा, अरू योग्य विद्यार्थीले न्याशनल आइ।सी।टी स्कलरसिपका साथै अरू अवसर पनि पाउने गरी सहमति भएको फाउण्डेसनका अध्यक्ष पङ्कज जालानले बताए । विद्यार्थीलाई पढ्दै कमाउँदै नीति अन्तर्गत फाउण्डेसनले विभिन्न क्रियाकलाप गर्दै आएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...




प्रतिकृया लेख्नुहोस्: