Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

लर्डबुद्ध एजुकेशन फाउण्डेशन र धनगढी उपमहानगरबिच शैक्षिक सहकार्य

खबरडबली संवाददाता

काठमाडौ‌  । लर्डबुद्ध एजुकेशन फाउण्डेशन र धनगढी उपमहानगरपालिकाबिच शैक्षिक सहकार्यको सहमति भएको छ । दक्ष जनशक्ति उत्पादन र रोजगारी सिर्जना गर्ने उद्देश्यले फाउण्डेसन र धनगढी उपमहानगरबिच शैक्षिक सहकार्यको सहमति भएको हो । 

सहकार्य सम्बन्धी सम्झौता पत्रमा लर्डवुद्ध एजुकेशन फाउण्डेशनका अध्यक्ष पङ्कज जालान र धनगढी उपमहानगरपालिकाका प्रमुख गोपी हमालले हस्ताक्षर गरे ।

विद्यार्थीलाई नेपालमा उपलब्ध व्यावसायिक मार्ग पहिचान सहित सुनिश्चित भविष्यका लागि करिअरको निर्णय गर्न सक्षम बनाउने लक्ष्य राखिएको छ । 

उनीहरूलाई भविष्यको लागि मार्ग दर्शन र बहु आयामिक क्षेत्रमा अन्तर्दृष्टि प्रदान गर्दै,  मुलुकभित्रै शिक्षा र रोजगारीका सम्भावनाबारे जानकारी प्रदान गरिने, सहमति पत्रमा उल्लेख छ ।

यो कार्यक्रम मार्फत विद्यार्थी र शिक्षकको प्राविधिक र डिजिटल सीप विस्तार गर्दै, बृहत् प्रशिक्षण कार्यक्रम मार्फत रोजगार बजारको लागि तयार पारिने लक्ष्य राखिएको छ । तालिमले नवीनतम प्रविधि, सञ्चार सीप, डिजिटल उपकरण क्लाउड कम्प्युटिङ लगायत विभिन्न क्षेत्र समेट्नेछ । 

धनगढी उपमहानगरभित्रका युवाहरूलाई सूचना प्रविधियुक्त बनाउन लर्डबुद्ध एजुकेशन फाउण्डेसनसँग शैक्षिक सहकार्य गर्न लागिएको मेयर हमालले बताए ।

सहमति अनुसार, अबदेखि धनगढी उपमहानगरपालिकाले गरेको सिफारिसका आधारमा कक्षा १२ सकेका २ जना विद्यार्थीले विद्यापीठमा बी।एस।सी आई. टी तहमा निःशुल्क पढ्न पाउने छन् । ३ जनाले ल्याब फी र ट्युसन फी तथा ३ जनाले ट्युसन फीमा पूर्ण छात्रवृत्ति पाउनेछन् ।

धनगढी उपमहानगरकै सिफारिसमा, अरू योग्य विद्यार्थीले न्याशनल आइ।सी।टी स्कलरसिपका साथै अरू अवसर पनि पाउने गरी सहमति भएको फाउण्डेसनका अध्यक्ष पङ्कज जालानले बताए । विद्यार्थीलाई पढ्दै कमाउँदै नीति अन्तर्गत फाउण्डेसनले विभिन्न क्रियाकलाप गर्दै आएको छ ।  

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मन्त्रीहरू पुल्चोक क्वाटरमा सर्ने तयारीपछि न्यायाधीशहरू नैतिक संकटमा

काठमाडौं । सरकारले नवनियुक्त मन्त्रीहरूलाई ललितपुरको पुल्चोकस्थित सरकारी क्वाटरमा व्यवस्थापन गर्ने तयारी थालेपछि त्यहाँ बसोबास गरिरहेका केही न्यायाधीश...

संगठन हटाउने योजनाप्रति विद्यार्थी नेताहरूको आपत्ति

काठमाडौं । बालेन साह नेतृत्वको सरकारले विद्यालय तथा विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने योजना सार्वजनिक गरेपछि विद्यार्थी नेताहरूले आपत्ति ज...

आगामी बजेटबारे मन्त्रालयसँग छलफल सुरु, योजना प्रस्ताव गर्ने समयसीमा लम्बिन सक्ने सङ्केत

काठमाडौँ । नयाँ सरकार गठनसँगै आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तर्जुमाको प्रारम्भिक चरणअन्तर्गत विषयगत मन्त्रालयसँग छलफल सुरु गरिएको छ । अर्थ मन्त...

लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार बझाङ...

भित्र छिर्न नदिएको आक्रोशमा एमाले कार्यकर्ताले कुटे गेटपाले

काठमाडौँ । बबरमहलस्थित सरकारी कार्यालय परिसरमा प्रहरीसँगको झडपका क्रममा भएको भागदौडपछि भित्र छिर्न खोज्ने एमाले कार्यकर्ताको आक्रमणबाट एक गेटपाले घाइत...

कांग्रेस नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं । कांग्रेस नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । आइतबार बिहान सम्पत्ति शुद्धीकरण विभागको पत्रका ...

इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न निर्देशन दिएको छ । विद्यालय तहका विभिन्न कक्षा ...

ओलीमाथिको अनुसन्धान निष्पक्ष हुनुपर्ने प्रचण्डको धारणा

काठमाडौं ।  नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वप्रधानमन्त्रीहरूमाथि सम्पत्ति छानबिन गर्ने विषय नयाँ नभएको र य...

देशभर उच्च सुरक्षा सतर्कता, बिदा रोक्ने सर्कुलर जारी

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र रमेश लेखकलाई पक्राउ गरेपछि देशभर उच्च सुरक्षा सतर्कता अपनाइएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रधान ...

काठमाडौंको ढुङ्गेअड्डामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं। काठमाडौंको ढुङ्गेअड्डामा बसको ठक्करबाट आज मोटरसाइकल चालकको मृत्यु भएको छ। चन्द्रागिरी नगरपालिका–१५ ढुङ्गेअड्डास्थित सडकमा लु प्र ०१–००१ ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending