काठमाडौं । विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । खोटाङ, झापा, कञ्चनपुर, काठमाडौंमा भएका सवारी दुर्घटनामा उनीहरुको र्मत्यु भएको हो ।
खोटाङको साकेला गाउँपालिका–१ बाँझेस्थित सडकमा प्रदेश २–०१–००१ त २०१५ नम्बरको ट्याक्टर मंगलबार दिउँसो अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल खसेर दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही गाउँपालिका(१ बस्ने २१ वर्षीय जिवन देउजाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका अर्का १ जनालाई उपचारको लागि घोपा अस्पताल धरान रेफर गरिएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
झापाको गौरादह नगरपालिका–१ सितापुरी चोकस्थित सडकमा बा.७० प १८१ नम्बरको मोटरसाइकल र मे. ६ प ५८१ नम्बरको मोटरसाइकल मंगलबार साँझ एक आपसमा ठक्कर खाई दुर्घटना हुदाँ बा. ७० प १८१ नम्बरको मोटरसाइकल चालक कमल गाउँपालिका–५ बस्ने २४ वर्षीय सन्जोक भण्डारीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको निम्स अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मे। ६ प ५८१ नम्बरको मोटरसाइकल चालकलाई निम्स अस्पताल दमक हुँदै थप उपचारको लागि बिर्तासिटि अस्पताल बिर्तामोड रेफर गरिएको छ ।
काठमाडौंको काठमाडौं महानगरपालिका–४ शंखपार्कस्थित सडकमा बा.प्र.०२–००६ प ८३०६ नम्बरको मोटरसाइकल, बा.प्र.०२–०३४ प ३९७२ नम्बरको मोटरसाइकल र बा. ६३ प ८६०१ नम्बरको स्कुटर एक आपसमा ठक्कर खाई मंगलबार दिउँसो दुर्घटना हुदाँ बा.प्र.०२–००६ प ८३०६ नम्बरको मोटरसाइकल चालक सिन्धुपाल्चोक घर भएका ४० वर्षीय पुरत गुरूङको मृत्यु भएको छ ।
गम्भीर घाइते भएका उनको टिचिङ अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका १ जनाको चिरायू अस्पताल वसुन्धारामा उपचार भइरहेको छ । स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कञ्चनपुरको भिमदत्त नगरपालिका–४ हाइवे सिचाइ कार्यालयस्थित सडकमा यूके ०३ ए ९०३४ नम्बरको मोटरसाइकल गाईसँग ठोक्किएर मंगलबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक भारत चम्फावत मिनाबजारबस्ती बनबासा बस्ने ३० वर्षीय चाँद पुरैसिको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको महाकाली प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी कञ्चनपुरकै दोधारा चाँदनी नगरपालिका४ चाँदनीस्थित सडकमा यूके ०६ बिएच ४८७५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार बिहान दुर्घटना हुँदा हाल नाम, थर, वतन नखुलेका करिब ३५ पुरुष व्यक्तिको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको दोधारा चाँदनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा गम्भीर घाइते भएका अर्का १ जनालाई सोही अस्पताल हुँदै महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा थप उपचार भइरहेको छ ।
सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...




प्रतिकृया लेख्नुहोस्: