काठमाडौं । ‘नेपाल राजनीतिक अस्थिरताको विश्व च्याम्पियन’ भन्ने शीर्षकमा फ्रान्सको सबैभन्दा ठूलो दैनिक पत्रिका ‘ले मोन्डे’ ले समाचार प्रकाशित गरेको छ । पत्रिकाले मंगलबार उक्त शिर्षकमा समाचार प्रकाशन गरेको हो ।
मंगलबार प्रकाशित उक्त समाचारको ‘लिडलाइन’ मै पत्रिकाले ‘राजनीतिक अस्थिरताको ओलम्पिक खेलमा नेपालले शीर्ष स्थान कायम राखेको छ,’ भन्ने उल्लेख छ । प्रधानमन्त्रीका रूपमा आइतबार सपथ खाएका केपी शर्मा ओली विगत १५ वर्षमा बनेका चौधौं प्रधानमन्त्री रहेको ‘ले मोन्डे’ ले लेखेको छ ।
नेपालमा सन् १९९० मा संसदीय प्रजातन्त्र पुनर्स्थापना भएपछिका उनी ३०औं प्रधानमन्त्री हुन् । यो भनेको हरेक वर्ष नयाँ प्रधानमन्त्री फेरिन्छ भन्ने हो । ३ करोड जनसंख्या भएको सानो हिमाली गणतान्त्रिक मुलुकका लागि यो महत्त्वपूर्ण उपलब्धि भएको भन्दै पत्रिकाले व्यंग्यवाण समेत प्रहार गरेको छ ।
‘नेपालको पछिल्लो इतिहासमा चिजहरू जति धेरै बदलिन्छन्, उति नै धेरै उस्तै रहन्छन्,’ ले मोन्डेले लेखेको छ । युरोपेली शैलीको सामाजिक प्रजातान्त्रिक सिद्धान्तमा विश्वास गर्ने पार्टी एमाले नेता ओली सन् २०१५ पछि चौथोपटक देशको नेतृत्वमा फर्किएको उसले उल्लेख गरेको छ ।
‘उनले प्रतिस्थापन गरेका पूर्वमाओवादी गुरिल्ला प्रधानमन्त्री पुष्पकमल दाहाल सन् २००९ पछि तेस्रोपटक प्रधानमन्त्री भएका थिए,’ समाचारमा उल्लेख छ ।
नेपालको राजनीतिमा नेताहरूबीच गठबन्धन, प्रतिगठबन्धन, उलटफेर तथा विश्वासघात चक्मा दिने खालको रहेको समाचारमा उल्लेख छ ।
‘उदाहरणका लागि कम्युनिस्टहरू कहिले वर्षौंदेखिका शत्रुतापूर्ण सम्बन्ध रहेको चरम राजतन्त्रवादीसँग गठबन्धन गर्छन्,’ ले मोन्डेको समाचारमा छ, ‘पूर्वप्रधानमन्त्री दाहालले यसअघि दशकौंदेखि सबैभन्दा भयंकर विरोधी रहेको नेपाली कांग्रेससँग गठबन्धन गरेका थिए ।’
https://www.lemonde.fr/international/article/2024/07/15/le-nepal-champion-du-monde-de-l-instabilite-
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १५ गते, २०८२ - २०:१५
काठमाडौं । सरकारले नवनियुक्त मन्त्रीहरूलाई ललितपुरको पुल्चोकस्थित सरकारी क्वाटरमा व्यवस्थापन गर्ने तयारी थालेपछि त्यहाँ बसोबास गरिरहेका केही न्यायाधीश...
चैत्र १५ गते, २०८२ - २०:११
काठमाडौं । बालेन साह नेतृत्वको सरकारले विद्यालय तथा विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने योजना सार्वजनिक गरेपछि विद्यार्थी नेताहरूले आपत्ति ज...
चैत्र १५ गते, २०८२ - २०:०७
काठमाडौँ । नयाँ सरकार गठनसँगै आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तर्जुमाको प्रारम्भिक चरणअन्तर्गत विषयगत मन्त्रालयसँग छलफल सुरु गरिएको छ । अर्थ मन्त...
चैत्र १५ गते, २०८२ - १९:५५
काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार बझाङ...
चैत्र १५ गते, २०८२ - १९:५२
काठमाडौँ । बबरमहलस्थित सरकारी कार्यालय परिसरमा प्रहरीसँगको झडपका क्रममा भएको भागदौडपछि भित्र छिर्न खोज्ने एमाले कार्यकर्ताको आक्रमणबाट एक गेटपाले घाइत...
चैत्र १५ गते, २०८२ - १९:४३
काठमाडौं । कांग्रेस नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । आइतबार बिहान सम्पत्ति शुद्धीकरण विभागको पत्रका ...
चैत्र १५ गते, २०८२ - १९:३९
काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न निर्देशन दिएको छ । विद्यालय तहका विभिन्न कक्षा ...
चैत्र १५ गते, २०८२ - १९:३७
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वप्रधानमन्त्रीहरूमाथि सम्पत्ति छानबिन गर्ने विषय नयाँ नभएको र य...
चैत्र १४ गते, २०८२ - २०:३२
काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र रमेश लेखकलाई पक्राउ गरेपछि देशभर उच्च सुरक्षा सतर्कता अपनाइएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रधान ...
चैत्र १४ गते, २०८२ - २०:३०
काठमाडौं। काठमाडौंको ढुङ्गेअड्डामा बसको ठक्करबाट आज मोटरसाइकल चालकको मृत्यु भएको छ। चन्द्रागिरी नगरपालिका–१५ ढुङ्गेअड्डास्थित सडकमा लु प्र ०१–००१ ख...



प्रतिकृया लेख्नुहोस्: