काठमाडौं । ‘नेपाल राजनीतिक अस्थिरताको विश्व च्याम्पियन’ भन्ने शीर्षकमा फ्रान्सको सबैभन्दा ठूलो दैनिक पत्रिका ‘ले मोन्डे’ ले समाचार प्रकाशित गरेको छ । पत्रिकाले मंगलबार उक्त शिर्षकमा समाचार प्रकाशन गरेको हो ।
मंगलबार प्रकाशित उक्त समाचारको ‘लिडलाइन’ मै पत्रिकाले ‘राजनीतिक अस्थिरताको ओलम्पिक खेलमा नेपालले शीर्ष स्थान कायम राखेको छ,’ भन्ने उल्लेख छ । प्रधानमन्त्रीका रूपमा आइतबार सपथ खाएका केपी शर्मा ओली विगत १५ वर्षमा बनेका चौधौं प्रधानमन्त्री रहेको ‘ले मोन्डे’ ले लेखेको छ ।
नेपालमा सन् १९९० मा संसदीय प्रजातन्त्र पुनर्स्थापना भएपछिका उनी ३०औं प्रधानमन्त्री हुन् । यो भनेको हरेक वर्ष नयाँ प्रधानमन्त्री फेरिन्छ भन्ने हो । ३ करोड जनसंख्या भएको सानो हिमाली गणतान्त्रिक मुलुकका लागि यो महत्त्वपूर्ण उपलब्धि भएको भन्दै पत्रिकाले व्यंग्यवाण समेत प्रहार गरेको छ ।
‘नेपालको पछिल्लो इतिहासमा चिजहरू जति धेरै बदलिन्छन्, उति नै धेरै उस्तै रहन्छन्,’ ले मोन्डेले लेखेको छ । युरोपेली शैलीको सामाजिक प्रजातान्त्रिक सिद्धान्तमा विश्वास गर्ने पार्टी एमाले नेता ओली सन् २०१५ पछि चौथोपटक देशको नेतृत्वमा फर्किएको उसले उल्लेख गरेको छ ।
‘उनले प्रतिस्थापन गरेका पूर्वमाओवादी गुरिल्ला प्रधानमन्त्री पुष्पकमल दाहाल सन् २००९ पछि तेस्रोपटक प्रधानमन्त्री भएका थिए,’ समाचारमा उल्लेख छ ।
नेपालको राजनीतिमा नेताहरूबीच गठबन्धन, प्रतिगठबन्धन, उलटफेर तथा विश्वासघात चक्मा दिने खालको रहेको समाचारमा उल्लेख छ ।
‘उदाहरणका लागि कम्युनिस्टहरू कहिले वर्षौंदेखिका शत्रुतापूर्ण सम्बन्ध रहेको चरम राजतन्त्रवादीसँग गठबन्धन गर्छन्,’ ले मोन्डेको समाचारमा छ, ‘पूर्वप्रधानमन्त्री दाहालले यसअघि दशकौंदेखि सबैभन्दा भयंकर विरोधी रहेको नेपाली कांग्रेससँग गठबन्धन गरेका थिए ।’
https://www.lemonde.fr/international/article/2024/07/15/le-nepal-champion-du-monde-de-l-instabilite-
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...
पौष ७ गते, २०८२ - १०:०८
रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...
पौष ७ गते, २०८२ - १०:०२
काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...




प्रतिकृया लेख्नुहोस्: