भैरहवा । बुद्ध जन्मस्थल लुम्बिनी भ्रमणमा आउने भारतीय र तेस्रो मुलुकका पर्यटकको सङ्ख्या वृद्धि भएको छ । सन् २०२३ को ६ महिनाको तुलनामा सन् २०२४ को सोही अवधिमा यहाँ भारतीय र तेस्रो मुलुकका पर्यटक बढेका हुन् ।
तर, यो अवधिमा आन्तरिक पर्यटक भने घटेका छन् । लुम्बिनी विकास कोषले उपलब्ध गराएको तथ्यांक अनुसार सन् २०२४ को जनावरीदेखि जुन महिनासम्म भारतीय र तेस्रो मुलुकका दुई लाख चार हजार ६९४ जना पर्यटक लुम्बिनी आएका छन् । पछिल्लो समय भारतीय पर्यटक अधिक मात्रामा लुम्बिनी आएका छन्, यसले भारतीयहरुप्रति लुम्बिनी घुम्नुपर्छ भन्ने बानीको विकास भएको देखिन्छ’, लुम्बिनी विकास कोषका सूचना अधिकृत राजन बस्नेतले भने ।
कोषका अनुसार पछिल्लो ६ महिनामा भारतबाट एक लाख ५२ हजार ५२० जना पर्यटक लुम्बिनी घुम्न आएका छन् । सन् २०२३ को यो अवधिमा एक लाख ३३ हजार १७९ भारतीय लुम्बिनी आएका थिए । पछिल्लो समय लुम्बिनीमा भइरहेका धार्मिक तथा आध्यत्मिक गतिविधिले पनि भारतीय पर्यटकलाई आकर्षित गरेको बस्नेतले बताए । ूभारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण, लुम्बिनीमा राम कथा वाचन लगायतले पनि भारतका पर्यटकको लुम्बिनीप्रति मोह बढेको देखिन्छू, उनले भने ।
विकास कोषका सूचना प्रमुख हरिध्वज राईले लुम्बिनीमा भारतीयसँगै तेस्रो मुलुकबाट आउने पर्यटक पनि बढेको बताए । कोषका अनुसार पछिल्लो ६ महिनामा तेस्रो मुलुकका (पासपोर्ट होल्डर) ५२ हजार १७४ पर्यटक लुम्बिनी घुमेका छन् । सन् २०२३ को जुन महिनासम्म लुम्बिनीमा ३३ हजार ६०५ जना मात्रै विदेशी पर्यटक आएका थिए । गतवर्ष भन्दा यो वर्ष १२ हजार बढी विदेशी पर्यटक लुम्बिनी घुमेका हुन् ।
लुम्बिनी आउने स्वदेशी पर्यटक भने घटेका छन् । पछिल्लो अवधिमा तीन लाख ४४ हजार ५२९ आन्तरिक पर्यटक लुम्बिनी आएका छन् । गत वर्ष यो अवधिमा तीन लाख ५५ हजार ८५० जना नेपालीहरु लुम्बिनी घुमेका थिए ।
कोषका अनुसार पछिल्लो ६ महिनामा लुम्बिनी आउने तेस्रो मुलुकका पर्यटकहरुमा सबैभन्दा बढी थाइल्यान्डका छन् । उक्त देशबाट १२ हजार २४४ जना पर्यटक आएका छन् । यस्तै, श्रीलंकबाट नौ हजार २६५, म्यानमारबाट सात हजार २९५ र चीनबाट ६ हजार ७३४ जना पर्यटक लुम्बिनी आएका छन् ।
भियतनामबाट तीन हजार ८११, दक्षिण कोरियाबाट दुई हजार ७२२ र जर्मनीबाट एक हजार ११९ जना पर्यटक लुम्बिनी भ्रमणका आएको राईले बताए । अन्य मुलुकको आगमन दर हजार भन्दा कम रहेको र बिस्तारै बढ्ने अपेक्षा रहेको उनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १५ गते, २०८२ - २०:१५
काठमाडौं । सरकारले नवनियुक्त मन्त्रीहरूलाई ललितपुरको पुल्चोकस्थित सरकारी क्वाटरमा व्यवस्थापन गर्ने तयारी थालेपछि त्यहाँ बसोबास गरिरहेका केही न्यायाधीश...
चैत्र १५ गते, २०८२ - २०:११
काठमाडौं । बालेन साह नेतृत्वको सरकारले विद्यालय तथा विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने योजना सार्वजनिक गरेपछि विद्यार्थी नेताहरूले आपत्ति ज...
चैत्र १५ गते, २०८२ - २०:०७
काठमाडौँ । नयाँ सरकार गठनसँगै आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तर्जुमाको प्रारम्भिक चरणअन्तर्गत विषयगत मन्त्रालयसँग छलफल सुरु गरिएको छ । अर्थ मन्त...
चैत्र १५ गते, २०८२ - १९:५५
काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार बझाङ...
चैत्र १५ गते, २०८२ - १९:५२
काठमाडौँ । बबरमहलस्थित सरकारी कार्यालय परिसरमा प्रहरीसँगको झडपका क्रममा भएको भागदौडपछि भित्र छिर्न खोज्ने एमाले कार्यकर्ताको आक्रमणबाट एक गेटपाले घाइत...
चैत्र १५ गते, २०८२ - १९:४३
काठमाडौं । कांग्रेस नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । आइतबार बिहान सम्पत्ति शुद्धीकरण विभागको पत्रका ...
चैत्र १५ गते, २०८२ - १९:३९
काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न निर्देशन दिएको छ । विद्यालय तहका विभिन्न कक्षा ...
चैत्र १५ गते, २०८२ - १९:३७
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वप्रधानमन्त्रीहरूमाथि सम्पत्ति छानबिन गर्ने विषय नयाँ नभएको र य...
चैत्र १४ गते, २०८२ - २०:३२
काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र रमेश लेखकलाई पक्राउ गरेपछि देशभर उच्च सुरक्षा सतर्कता अपनाइएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रधान ...
चैत्र १४ गते, २०८२ - २०:३०
काठमाडौं। काठमाडौंको ढुङ्गेअड्डामा बसको ठक्करबाट आज मोटरसाइकल चालकको मृत्यु भएको छ। चन्द्रागिरी नगरपालिका–१५ ढुङ्गेअड्डास्थित सडकमा लु प्र ०१–००१ ख...



प्रतिकृया लेख्नुहोस्: