मुगु । हिमाली जिल्ला मुगुका पाटनहरुमा यार्सा संकलन गर्न जाँदा बिरामी परेका र लेख लागेर मृत्यु भएका परिवार लाई राहत सामग्री सहयोग गरिएको छ ।
टेवा नेपालको आर्थिक सहयोग र महिला अधिकार केन्द्र मुगुको साझेदारमा गत बैशाखदेखि असार मसान्तसम्म यार्सा टिप्न गएको समयमा बिरामी भएर मृत्यु भएका ४ जनाको परिवार र बिरामी परेका २७ जनाको घरपरिवारलाई दैनिक उपभोग्य, लत्ता कपडा लगायतका राहत सामग्री सहयोग गरेको हो । उनीहरु लाई डस्ना , फाईवर , चामल लगायत सामग्रीहरु सहयोग गरिएको महिला अधिकार केन्द्र मुगुकी अध्यक्ष सुकुमाया शाहीले बताईन ।
उनका अनुसार मृतक चार जना परिवार लाई नगद १२ हजारका दरले बितरण गरेको पनि अवगत गराईन । यार्सा पाटनमा छायाँनाथ रारा नगरपालिका वडा नं १० का १ जना र वडा नं १२ का ३ जना युवाहरुको मृत्यु भएको यिो भने २७ जना परिवारका युवा सदस्यहरु बिरामी भएका थिए । १५ देखि २० दिनसम्म यार्सा टिपेर वर्षभरिको खर्च पुग्ने भएकाले गाउँ गाउँबाट घर नै खाली गरेर युवा शक्ति पाटन पुग्ने गर्दछन् ।
घरका कमाउने युवा शक्तिको मृत्यु र बिरामी हुँदा यो सिजनमा प्रभावित परिवार यार्सा टिप्न र आर्थिक कमाउनबाट बन्चित भएकाले उनीहरुलाई थोरै भए पनि राहत होस् भनेर टेवाको आर्थिक सहयोगमा राहत उपलब्ध गराइएको अध्यक्ष शाहीले बताइन् ।
बाढी, पहिरो, आगलागी, सवारी दुर्घटना, लेक लागेर मृत्यु भएका, बिरामी परेका, धनजनको क्षति भएका प्रभावित परिवारलाई राज्यको उपस्थिति नहुँदै राहत लिएर विगत लामो समयदेखि टेवा मुगाली पीडितहरुको घर आगनमा पुगी मलम लगाउँदै आएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ११ गते, २०८३ - १७:४५
सिरहा । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको घटनाको विरोधमा सिरहाको गोलबजारमा प्रदर्शन गरिएको छ। ...
श्रावण ११ गते, २०८३ - १७:३८
काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ। गृह मन्त्रालयमा गृहमन्त्रीको अध्यक्षतामा सुरु भएको बैठक...
श्रावण ११ गते, २०८३ - १७:३३
काठमाडौं । आन्तरिक राजस्व विभागले २०८३ असार महिनासम्म खपत भएको विद्युत् सेवामा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने स्पष्ट पार्दै यससम्बन्धी अन्योल हटाउ...
श्रावण ११ गते, २०८३ - १७:२६
काठमाडौँ। अध्यागमन विभागको गैरपर्यटक शाखाका तत्कालीन कम्प्युटर अपरेटर (वरिष्ठ अध्यागमन सहायक) राजिव महतो र अमेरिकी नागरिक डिन जे रोबिन्सनविरुद्ध भ्रष्...
श्रावण ११ गते, २०८३ - १७:२२
काठमाडौं । सर्वोच्च अदालतले संघीय संसद्का सदस्यलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरुद्ध दायर रिट निवेदनमा कारण देखाउ आदेश जारी गरेको छ। न्य...
श्रावण ११ गते, २०८३ - १७:०८
धनगढी। अनशनरत प्राध्यापक डा. गोविन्द केसी र सरकारी टोलीबिच भएको वार्ताबाट आठ बुँदे सहमतिको मस्यौदा तयार पारिएको छ । आइतबार सहमति हुन नसकेपछि आज फे...
श्रावण ११ गते, २०८३ - १६:४९
काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप तथा त्यसक्रममा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु र नौ जना घाइते भएको घटनाबारे राष्ट्रिय मान...
श्रावण ११ गते, २०८३ - १६:४२
काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुनसरीको देवानगञ्जमा भएको घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर...
श्रावण ११ गते, २०८३ - १६:१२
विराटनगर । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि शान्ति–सुरक्षा र सामाजिक सद्भाव कायम गर्न राजनीतिक दल, जनप्रतिनिधि तथा सरोकारवालाहरूबीच सर्वपक्...
श्रावण ११ गते, २०८३ - १४:५१
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहसंयोजक माधव नेपालसँग भेटवार्ता गरेका छन्। नेपाल निवास कोटेश्वर पुगेका प्रचण्डले पछिल्लो राजनीति...



प्रतिकृया लेख्नुहोस्: