चितवन । चितवनमा सडक दुर्घटनाबाट एक वर्षमै ११५ जनाको मृत्यु भएको छ । अघिल्ला केही आर्थिक वर्षदेखि घट्न थालेका सडक दुर्घटना चितवनमा फेरि बढेको हो ।
सडक दुर्घटनाकै कारण मानवीय क्षतिको संख्या पनि बढेको जिला ट्राफिक प्रहरी कार्यालय, चितवनको तथ्यांकले देखाएको छ । तथ्यांकअनुसार गत आर्थिक वर्षमा भएका ४ सय ४५ सवारी दुर्घटनामा परेर ११५ जनाले ज्यान गुमाएका छन् भने १५० जना गम्भीर घाइते र ६८२ जना सामान्य घाइते भएका छन् । अघिल्लो वर्ष सवारी दुर्घटनामा ४४.३ प्रतिशतले कमी आएको भए पनि गत आर्थिक वर्ष सवारी दुर्घटनाको संख्या ह्वात्तै बढेको हो ।
आर्थिक वर्ष ०७९/८० सवारी दुर्घटनामा ७८ जनाको मृत्यु भएको थियो । ३०३ वटा भएको सडक दुर्घटनाबाट मानवीय क्षतिलाई केही हदसम्म कमी गर्न सफल भएको भन्दै त्यसलाई प्रहरी अधिकारीहरुले ठूलो सफलताका रुपमा लिएका थिए ।
तर, आर्थिक वर्ष ०८०/८१ मा उक्त संख्या घट्नुको साटो झनै बढेको तथ्यांकले देखाएको हो । तथ्यांकअनुसार पछिल्लो ३ वर्षमा सबैभन्दा बढी दुर्घटना आर्थिक वर्ष ०७८/७९ मा भएको थियो । त्यतिबेला चितवनमा ५३० सवारी दुर्घटना हुँदा १४० जनाले ज्यान गुमाएका थिए ।
आर्थिक वर्ष २०७९/०८० मा जम्मा ३०३ सवारी दुर्घटना भएका थिए । आर्थिक वर्ष २०७८/०७९ मा ५३० वटा सवारी दुर्घटनाका घटनामा १४० जनाको मृत्यु भएको थियो भने, ९७१ जना घाइते भएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...
पौष ७ गते, २०८२ - १०:०८
रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...
पौष ७ गते, २०८२ - १०:०२
काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...




प्रतिकृया लेख्नुहोस्: