Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

सडक दुर्घटनाबाट एक वर्षमै चितवनमा ११५ जनाको मृत्यु

फइल तस्विर
खबरडबली संवाददाता

चितवन । चितवनमा सडक दुर्घटनाबाट एक वर्षमै ११५ जनाको मृत्यु भएको छ । अघिल्ला केही आर्थिक वर्षदेखि घट्न थालेका सडक दुर्घटना चितवनमा फेरि बढेको हो । 

सडक दुर्घटनाकै कारण मानवीय क्षतिको संख्या पनि बढेको जिला ट्राफिक प्रहरी कार्यालय, चितवनको तथ्यांकले देखाएको छ । तथ्यांकअनुसार गत आर्थिक वर्षमा भएका ४ सय ४५ सवारी दुर्घटनामा परेर ११५ जनाले ज्यान गुमाएका छन् भने १५० जना गम्भीर घाइते र ६८२ जना सामान्य घाइते भएका छन् । अघिल्लो वर्ष सवारी दुर्घटनामा ४४.३ प्रतिशतले कमी आएको भए पनि गत आर्थिक वर्ष सवारी दुर्घटनाको संख्या ह्वात्तै बढेको हो ।

आर्थिक वर्ष ०७९/८० सवारी दुर्घटनामा ७८ जनाको मृत्यु भएको थियो । ३०३ वटा भएको सडक दुर्घटनाबाट मानवीय क्षतिलाई केही हदसम्म कमी गर्न सफल भएको भन्दै त्यसलाई प्रहरी अधिकारीहरुले ठूलो सफलताका रुपमा लिएका थिए ।

तर, आर्थिक वर्ष ०८०/८१ मा उक्त संख्या घट्नुको साटो झनै बढेको तथ्यांकले देखाएको हो । तथ्यांकअनुसार पछिल्लो ३ वर्षमा सबैभन्दा बढी दुर्घटना आर्थिक वर्ष ०७८/७९ मा भएको थियो । त्यतिबेला चितवनमा ५३० सवारी दुर्घटना हुँदा १४० जनाले ज्यान गुमाएका थिए ।

आर्थिक वर्ष २०७९/०८० मा जम्मा ३०३ सवारी दुर्घटना भएका थिए । आर्थिक वर्ष २०७८/०७९ मा ५३० वटा सवारी दुर्घटनाका घटनामा १४० जनाको मृत्यु भएको थियो भने, ९७१ जना घाइते भएका थिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मन्त्रीहरू पुल्चोक क्वाटरमा सर्ने तयारीपछि न्यायाधीशहरू नैतिक संकटमा

काठमाडौं । सरकारले नवनियुक्त मन्त्रीहरूलाई ललितपुरको पुल्चोकस्थित सरकारी क्वाटरमा व्यवस्थापन गर्ने तयारी थालेपछि त्यहाँ बसोबास गरिरहेका केही न्यायाधीश...

संगठन हटाउने योजनाप्रति विद्यार्थी नेताहरूको आपत्ति

काठमाडौं । बालेन साह नेतृत्वको सरकारले विद्यालय तथा विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने योजना सार्वजनिक गरेपछि विद्यार्थी नेताहरूले आपत्ति ज...

आगामी बजेटबारे मन्त्रालयसँग छलफल सुरु, योजना प्रस्ताव गर्ने समयसीमा लम्बिन सक्ने सङ्केत

काठमाडौँ । नयाँ सरकार गठनसँगै आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तर्जुमाको प्रारम्भिक चरणअन्तर्गत विषयगत मन्त्रालयसँग छलफल सुरु गरिएको छ । अर्थ मन्त...

लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार बझाङ...

भित्र छिर्न नदिएको आक्रोशमा एमाले कार्यकर्ताले कुटे गेटपाले

काठमाडौँ । बबरमहलस्थित सरकारी कार्यालय परिसरमा प्रहरीसँगको झडपका क्रममा भएको भागदौडपछि भित्र छिर्न खोज्ने एमाले कार्यकर्ताको आक्रमणबाट एक गेटपाले घाइत...

कांग्रेस नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं । कांग्रेस नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । आइतबार बिहान सम्पत्ति शुद्धीकरण विभागको पत्रका ...

इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न निर्देशन दिएको छ । विद्यालय तहका विभिन्न कक्षा ...

ओलीमाथिको अनुसन्धान निष्पक्ष हुनुपर्ने प्रचण्डको धारणा

काठमाडौं ।  नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वप्रधानमन्त्रीहरूमाथि सम्पत्ति छानबिन गर्ने विषय नयाँ नभएको र य...

देशभर उच्च सुरक्षा सतर्कता, बिदा रोक्ने सर्कुलर जारी

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र रमेश लेखकलाई पक्राउ गरेपछि देशभर उच्च सुरक्षा सतर्कता अपनाइएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रधान ...

काठमाडौंको ढुङ्गेअड्डामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं। काठमाडौंको ढुङ्गेअड्डामा बसको ठक्करबाट आज मोटरसाइकल चालकको मृत्यु भएको छ। चन्द्रागिरी नगरपालिका–१५ ढुङ्गेअड्डास्थित सडकमा लु प्र ०१–००१ ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending