काठमाडौ । दुई वर्षमा निर्माण सम्पन्न गर्ने भनेर २०७७ सालमा बनाउन शुरु गरेका ३९६ वटा आधारभूत अस्पतालमा हालसम्म ५० वटा मात्रै बनेका छन् ।
स्वास्थ्य सेवातर्फ निकै महत्त्वपूर्ण रहेका ५, १०, १५ शय्याका आधारभूत अस्पतालमा जम्मा ५० वटाको मात्रै निर्माण सम्पन्न भएको हो ।
निर्धारित समयमा निर्माण सम्पन्न नभएपछि सरकारले चालू आर्थिक वर्षमा १०० वटा अस्पतालको निर्माण जसरी पनि सक्ने र त्यहाँबाट सेवा दिने लक्ष्य लिएको थियो तर लक्ष्यअनुसार सफल नभए पनि ५० वटाको मात्रै निर्माण सम्पन्न भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा प्रमुख डा. श्रवण कुमार थापाका अनुसार चालू आवमा निर्माण सम्पन्न ५० वटा आधारभूत अस्पताललाई स्वास्थ्य उपकरण वितरण गर्ने सम्झौता पनि हालै भएको छ । ‘हाम्रो अबको चुनौती भनेको आधारभूत अस्पताललाई स्वास्थ्य उपकरण उपलब्ध गराउने हो तर अहिलेसम्म निर्माण पूरा भएका ५० वटा जति अस्पताललाई उपकरण दिने सम्झौता भइसकेको छ। अब बन्दै गरेका अरूलाई पनि आगामी आवमा वितरण गर्छौँ’‚ डा. थापाले भने।
चालू आवमा सरकारले ३२२ स्थानीय तहमा निर्माणाधीन आधारभूत अस्पतालका लागि ८ अर्ब बजेट विनियोजन गरेको थियो भने यो वर्ष निर्माण सम्पन्न हुने लक्ष्य राखिएको १०० अस्पतालको व्यवस्थापन तथा उपकरण खरिदका लागि ८२ करोड विनियोजन गरेको थियो ।
तर यसमा ५० वटा मात्रै अस्पतालहरू निर्माण सम्पन्न भएका हुन । आगामी आवका लागी पनि निर्माणाधीन आधारभूत अस्पतालका लागि सरकारले १५ अर्ब ४१ करोड रुपैयाँ विनियोजन गरेको छ।
मन्त्रालयको नीति योजना महाशाखाका अनुसार हरेक वर्ष निर्माणाधीन आधारभूत अस्पताललाई बजेट छुट्याउने गरिए पनि विभिन्न कारणले गर्दा लक्ष्यअनुसार ती अस्पताल बन्न सकेका छैनन्। ‘पछिल्लो दुईतीन वर्षयता हरेक आर्थिक वर्षमा यी आधारभूत अस्पतालको निर्माणका लागि महत्त्वको साथ बजेट छुट्याउने गरिएको छ तर संघ, प्रदेश र स्थानीय तहको राम्ररी समन्वय नहुने, छिटो छिटो सरकार परिवर्तन भइरहँदा आफू अनुकूलको निर्णय गर्न खोज्ने जस्ता कारणले गर्दा यी अस्पताल समयमै निर्माण हुन सकेका छैनन्’‚ नीति योजना महाशाखाका ती कर्मचारीले भने।
यी अस्पतालहरूको भौतिक संरचना पूरा नभए पनि सरकारले हाल निर्माण भइरहेका स्थानीय तहका आधारभूत अस्पतालको संगठनात्मक संरचना र दरबन्दी भने स्वीकृत गरिसकेको छ।
उक्त दरबन्दीमा पाँच शय्याको आधारभूत अस्पतालका लागि एक मेडिकल अधिकृत, ४ स्टाफ नर्स, डेन्टल हाइजिनिस्ट, नायब सुब्बा र सरसफाइकर्मी १र१ जना, ३ जना हेल्थ असिस्टेन्ट, कविराज आयुर्वेद सहायक, ल्याब टेक्निसियन‚ रेडियोग्राफर र फार्मेसी सहायक गरी १८ जनाको दरबन्दी व्यवस्था गरिएको छ।
१० शय्याको आधारभूत अस्पतालमा आठौँ तहका मेडिकल अधिकृतको नेतृत्वमा स्टाफ नर्स पाँच, अधिकृत दुई, हेल्थ असिस्टटेन्ट तीन र कार्यालय सहयोगी चार, कविराज आयुर्वेद सहायक, ल्याब टेक्निसियन‚ रेडियोग्राफर‚ फार्मेसी सहायक, डेन्टल हाइजिनिस्ट र नायब सुब्बा १र१ जना र सरसफाइकर्मी दुईजना गरी २२ जनाको दरबन्दी रहने उल्लेख छ।
१५ शय्याको अस्पताल लागि भने नवौँ वा दशौँ तहको मेडिकल अधिकृतको नेतृत्वमा दुई मेडिकल अधिकृत, ६ स्टाफ नर्स र चार हेल्थ असिस्टेन्ट रहने गरी दरबन्दी प्रस्ताव गरिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २० गते, २०८२ - २०:२८
काठमाडौं । नेकपा एमालेले सरकारले सार्वजनिक गरेको सय बुँदे कार्यसूचीमा विद्यार्थी संगठन खारेज गर्ने उल्लेखप्रति आपत्ति जनाउँदै उक्त निर्णय फिर्ता लिन म...
चैत्र २० गते, २०८२ - २०:२१
वाचापत्र र कानुनी व्यवस्थाबीचको अन्तर
चैत्र २० गते, २०८२ - १९:५१
काठमाडौं । काठमाडौंको हाँडीगाउँस्थित गहना पोखरीमा गहना खोज्ने जात्रा सम्पन्न भएको छ। यस जात्रामा खटलाई पोखरीभित्र तीनपटक परिक्रमा ...
चैत्र २० गते, २०८२ - १९:४५
काठमाडौं। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानले स्वास्थ्य सेवा क्षेत्रलाई गुणस्तरीय, पारदर्शी र सेवाग्राहीमैत्री बनाउन सुधारका योजना अघि स...
चैत्र २० गते, २०८२ - १९:४३
सल्यान । सल्यानमा एसईई दिन आएका एक विद्यार्थीको भेरी नदीमा डुबेर मृत्यु भएको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका–३ औलबेसीका हरिभान बुढाथोकीका १६ वर्...
चैत्र २० गते, २०८२ - १९:४०
काठमाडौँ । एक चिनियाँ नागरिकलाई अन्तर्राष्ट्रिय ठगी अनुसन्धानको सम्बन्धमा दोषी ठहर गरिएको छ, जुन विश्वको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी जफत भनिएको छ । ...
चैत्र २० गते, २०८२ - १९:३९
काठमाडौँ । सामाजिक सञ्जालमार्फत प्रलोभन देखाई नेपाली नागरिकलाई ठगी गर्ने आरोपमा एक चिनियाँ नागरिक पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका...
चैत्र २० गते, २०८२ - १९:३४
काठमाडौँ । नेपाल पत्रकार महासङ्घले सरकारी सञ्चारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन र प्रसारण निर्णय सच्चाउन सरकारलाई तीन दिने अल्टिमेटम दिएको छ । ...
चैत्र १९ गते, २०८२ - २१:४६
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान निर्माण गरेका शक्ति राष्ट्रिय स्वाधीनता...
चैत्र १९ गते, २०८२ - २१:४१
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक दल नेताको अनुपस्थितिमै बसेको छ । रास्वपाका संसदीय दलका नेता प्रधानमन्त्री बालेन्द्...


प्रतिकृया लेख्नुहोस्: