Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

१०० वटा बनाउने लक्ष्य भए पनि ५० वटा मात्रै बने आधारभूत अस्पताल

खबरडबली संवाददाता

काठमाडौ‌ ।  दुई वर्षमा निर्माण सम्पन्न गर्ने भनेर २०७७ सालमा बनाउन शुरु गरेका ३९६ वटा आधारभूत अस्पतालमा हालसम्म ५० वटा मात्रै बनेका छन् ।

स्वास्थ्य सेवातर्फ निकै महत्त्वपूर्ण रहेका ५, १०, १५ शय्याका आधारभूत अस्पतालमा जम्मा ५० वटाको मात्रै निर्माण सम्पन्न भएको हो । 

निर्धारित समयमा निर्माण सम्पन्न नभएपछि सरकारले चालू आर्थिक वर्षमा १०० वटा अस्पतालको निर्माण जसरी पनि सक्ने र त्यहाँबाट सेवा दिने लक्ष्य लिएको थियो तर लक्ष्यअनुसार सफल नभए पनि ५० वटाको मात्रै निर्माण सम्पन्न भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा प्रमुख डा. श्रवण कुमार थापाका अनुसार चालू आवमा निर्माण सम्पन्न ५० वटा आधारभूत अस्पताललाई स्वास्थ्य उपकरण वितरण गर्ने सम्झौता पनि हालै भएको छ । ‘हाम्रो अबको चुनौती भनेको आधारभूत अस्पताललाई स्वास्थ्य उपकरण उपलब्ध गराउने हो तर अहिलेसम्म निर्माण पूरा भएका ५० वटा जति अस्पताललाई उपकरण दिने सम्झौता भइसकेको छ। अब बन्दै गरेका अरूलाई पनि आगामी आवमा वितरण गर्छौँ’‚ डा. थापाले भने।

चालू आवमा सरकारले ३२२ स्थानीय तहमा निर्माणाधीन आधारभूत अस्पतालका लागि ८ अर्ब बजेट विनियोजन गरेको थियो भने यो वर्ष निर्माण सम्पन्न हुने लक्ष्य राखिएको १०० अस्पतालको व्यवस्थापन तथा उपकरण खरिदका लागि ८२ करोड विनियोजन गरेको थियो ।

तर यसमा ५० वटा मात्रै अस्पतालहरू निर्माण सम्पन्न भएका हुन । आगामी आवका लागी पनि निर्माणाधीन आधारभूत अस्पतालका लागि सरकारले १५ अर्ब ४१ करोड रुपैयाँ विनियोजन गरेको छ।

मन्त्रालयको नीति योजना महाशाखाका अनुसार हरेक वर्ष निर्माणाधीन आधारभूत अस्पताललाई बजेट छुट्याउने गरिए पनि विभिन्न कारणले गर्दा लक्ष्यअनुसार ती अस्पताल बन्न सकेका छैनन्। ‘पछिल्लो दुईतीन वर्षयता हरेक आर्थिक वर्षमा यी आधारभूत अस्पतालको निर्माणका लागि महत्त्वको साथ बजेट छुट्याउने गरिएको छ तर संघ, प्रदेश र स्थानीय तहको राम्ररी समन्वय नहुने, छिटो छिटो सरकार परिवर्तन भइरहँदा आफू अनुकूलको निर्णय गर्न खोज्ने जस्ता कारणले गर्दा यी अस्पताल समयमै निर्माण हुन सकेका छैनन्’‚ नीति योजना महाशाखाका ती कर्मचारीले भने।

यी अस्पतालहरूको भौतिक संरचना पूरा नभए पनि सरकारले हाल निर्माण भइरहेका स्थानीय तहका आधारभूत अस्पतालको संगठनात्मक संरचना र दरबन्दी भने स्वीकृत गरिसकेको छ।

उक्त दरबन्दीमा पाँच शय्याको आधारभूत अस्पतालका लागि एक मेडिकल अधिकृत, ४ स्टाफ नर्स, डेन्टल हाइजिनिस्ट, नायब सुब्बा र सरसफाइकर्मी १र१ जना, ३ जना हेल्थ असिस्टेन्ट, कविराज आयुर्वेद सहायक, ल्याब टेक्निसियन‚ रेडियोग्राफर र फार्मेसी सहायक गरी १८ जनाको दरबन्दी व्यवस्था गरिएको छ।

१० शय्याको आधारभूत अस्पतालमा आठौँ तहका मेडिकल अधिकृतको नेतृत्वमा स्टाफ नर्स पाँच, अधिकृत दुई, हेल्थ असिस्टटेन्ट तीन र कार्यालय सहयोगी चार, कविराज आयुर्वेद सहायक, ल्याब टेक्निसियन‚ रेडियोग्राफर‚ फार्मेसी सहायक, डेन्टल हाइजिनिस्ट र नायब सुब्बा १र१ जना र सरसफाइकर्मी दुईजना गरी २२ जनाको दरबन्दी रहने उल्लेख छ।

१५ शय्याको अस्पताल लागि भने नवौँ वा दशौँ तहको मेडिकल अधिकृतको नेतृत्वमा दुई मेडिकल अधिकृत, ६ स्टाफ नर्स र चार हेल्थ असिस्टेन्ट रहने गरी दरबन्दी प्रस्ताव गरिएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

रुकुम पश्चिममा अटो दुर्घटना : चालकको घटनास्थलमै मृत्यु

रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...

मिराज ढुंगानाको समूहले प्रदर्शनका लागि प्रशासनको अनुमति नलिएको : काठमाडौँ जिल्ला प्रशासन

काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...

ओखलढुंगामा नियम बिर्सिएको प्रशासन: बिना करारका कर्मचारी सूचना अधिकारी बनेको खुलासा

ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...

पूर्वी पहाडमा सुन्तलाको बम्पर उत्पादन, धरान बजारमा कारोबार ३० प्रतिशतले बढ्यो

धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...

ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पा...

मौन पीडामा कालिमायाको याचना : अपाङ्गताको पीडा र राज्यको मौनता

छोराको पीडामा बाँधिएकी आमाको कथा

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढी

चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending