Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

नवलपुरमा ८० प्रतिशत धान रोपाइँ

खबरडबली संवाददाता

कावासोती । नवलपुरमा हालसम्म ८० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । जिल्लाको पहाडी क्षेत्रमा पर्ने बौदिकाली र बुलिङ्गटारमा अझै रोपाइँ हुन नसकेको कृषि ज्ञान केन्द्रले जनाएको छ । 

जिल्लामा ५५ प्रतिशत सिँचाइ पुगेको छ भने ४५ प्रतिशत आकाशेपानीको भरमा खेती गर्नुपर्ने बाध्यता छ । कृषि ज्ञान केन्द्र नवलपुरका सूचना अधिकारी विश्वास काफ्लेले यस वर्ष मौसम समयमा सक्रिय नहुँदा किसानले समयमा रोपाइँ गर्न नपाएको बताए । उनले भने, “मनसुन केही ढिला गरी सुरु भएको कारण समयमा सिँचाइ नहुँदा रोपाइँ गर्न बाँकी भएको हो । चैते धान लगाएको र मकै लगाइएका पहाडी क्षेत्रमा रोपाइँ गर्न ढिलो भएको छ ।”

आकाशे पानीका भरमा रोपाइँ गर्नुपर्ने भएकाले जिल्लाका केही ठाउँमा रोपाइँ हुन नसक्दा किसान चिन्तित छन् । बौदिकालीका कृषक कमाङसिङ सुस्लिङ मगर भन्छन्, “यस वर्ष समयमा पानी नपर्दा बिउँ राख्न पनि ढिला भयो । अब रोपाइँ गर्न पनि आकाशको पानी कुर्नुपर्ने छ, कहिले हुन्छ थाहा छैन । कहिलेकाहीँ पानी परेको भएपनि पर्याप्त हुन सकेको छैन ।” कम्तीमा धानको बिउँ राखेको एक महिनामा धान रोपाइँ गर्न बिउँ तयार हुने गर्छ तर पानी नपरेका कारण धान रोपाइँ गर्न नपाउँदा बिउँ ठुलो भैसकेको उनले बताए । 

स्थानीय दुर्गा प्रसाद भुर्तेलले जलवायु परिवर्तनले गर्दा समयमा पानी नपर्नु, सुख्खा खडेरीले समयमा पानी नपर्दा बिउँ राख्न पनि ढिला भएको, अब रोपाइँ गर्न पनि आकाशको पानी कुर्नुपर्ने र किसान हरेक वर्ष एउटा न एउटा कुराले समस्या परेको बताए । 

जिल्लाको गैँडाकोट, देवचुली, कावासोती, मध्यविन्दु, हुप्सेकोट र विनयीत्रिवेणीमा करिब ८० प्रतिशत रोपाइँ सकिएको र साउनको पहिलो सातामा सकिने बताइएको छ । नवलपुरमा १८ हजार छ सय २८ हेक्टर क्षेत्रफलमा वर्षे धान रोपाइँ हुने गर्दछ । 

जिल्लामा मनसुली, सावित्री, अनदी , झिनुवा लगायत हाईब्रिड जातका धान बढी लगाइन्छ । धानको उत्पादन सरदर प्रतिहेक्टर तीन हजार केजी हुने गरेको छ भने सिफारिस भएका जातमध्ये सात थरीका मात्र रैथाने धानको यो जिल्लमा खेती हुने गरेको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्धारित मितिमै निर्वाचन हुन्छ : मन्त्री घिसिङ

रामेछाप । उर्जा जलस्रोत एवं सिंचाई मन्त्री कुलमान घिसिङले सरकारले निर्धारित मितिमै प्रतिनिधिसभाको निर्वाचन गराउने जिकिर गरेका छन् ।  मन्थलीस्थित उज...

सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ गते बस्ने

कैलाली । लामो समयदेखि स्थगित सुदूरपश्चिम प्रदेशसभाको चालु अधिवेशनअन्तर्गतको बैठक यही पुस ११ गते बस्ने भएको छ । सभामुख भीमबहादुर भण्डारीले साेमबार ब...

महोत्तरीकाे एक सिङ्गो मुसहर बस्ती लालपुर्जाविहीन

महोत्तरी । यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती लालपुर्जाविहीन छ । उनीहरु वर्षौँदेखि लालपुर्जाविहीन छन् । चार पुस...

बुटवल–गोरुसिङ्गे सडक आयोजना : नदीजन्य सामग्री अभावले काम प्रभावित

बुटवल । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्डको स्तरोन्नति आयोजनाका लागि नदीजन्य सामग्रीको अभाव हुँदा काम प्रभावित भएको छ । राष्ट्...

पर्यटकीय गन्तव्य बन्दै पूर्वी लमजुङको ‘राइनासकोट’

लमजुङ । पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय पर्यटकीय गन्तव्य बनेको छ । बिहानै उदाउने सूर्यले हिमालका काखम...

दुग्धजन्य उत्पादनमा शुल्कवृद्धि ‘अनुचित’

काठमाडाैँ । चीनले युरोपेली सङ्घबाट आयात हुने केही दुग्ध उत्पादनहरूमा ४२.७ प्रतिशतसम्म कर लगाउने घोषणाको इयूले सोमबार प्रतिवाद गरेको छ । दुग्धजन्य उत्प...

पाँच वर्ष बित्दा पनि व्यास–ऋषिङ जोड्ने सेती पुल अलपत्र

तनहुँ । तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिकालाई जोड्ने सेती नदीमाथिको पक्की पुल निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि अझै अधुरो अवस्थामा छ । ...

देउवा–ओली भेटघाटकाे रहस्य के हाेला ?

काठमाडाैं । नेपालको राजनीति फेरि एकपटक जनताबाट टाढा, बन्द ढोकाभित्र र सत्ता जोगाउने खेलमा फर्किएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकप...

फागुन २१ मा निर्वाचन भएन भने देशमा गम्भीर माेडमा: पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते तोकिएको निर्वाचन कुनै पनि बहानामा तलमाथि भए मुलुक गम्भीर अनिश्चयतिर जाने चेतावनी दिएका छन् । उनले...

ओली-लेखकलाई बयानकाे लागि पत्र पठाउने तयारीमा आयाेग

काठमाडौं । जेनजी आन्दोलनका क्रममा २३ भदौको दमन र २४ भदौको आगजनी घटनाबारे जाँच गरिरहेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending