काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पमाथि पेन्सल्भिनियामा आयोजित एउटा र्यालीमा गोली प्रहार भएको छ।
उनको हत्या गर्ने उद्देश्यले आक्रमण भएको ठानिएको उक्त घटनालगत्तै ट्रम्पलाई उक्त स्थानबाट बाहिर निकालिएको छ। उक्त घटनापछि ट्रम्पले आफ्नो दायाँ कानमा हात राखेको देखिन्छ।
उक्त र्यालीमा स्थिति नियन्त्रणमा लिनुअघि पटकपटक गोली चलेको आवाज सुनिएको थियो। गोलीको आवाज आएपछि सुरक्षाकर्मीहरूले ट्रम्पलाई तत्कालै मञ्चबाट निकालेर गाडीतर्फ लगेका थिए।
त्यस क्रममा ट्रम्पले मुट्ठी उचाल्दै समर्थकहरूप्रति सङ्केत गरेका थिए।
ट्रम्पले आफैँले खोलेको सामाजिक सञ्जाल "ट्रूथ सोशल" मा एउटा सन्देश लेख्दै आफू "सकुशल रहेको" र स्थानीय स्वास्थ्य संस्थाले उनको उपचार गरिरहेको जनाएका छन्।
ट्रम्पले लेखेका छन्, "सुइँय्य गरेको आवाज सुन्नेबित्तिकै मलाई केही गडबड छ भन्ने लाग्यो, गोली चलेको र मेरो छाला खुइल्याउँदै गोली गएको मलाई महसुस भयो। धेरै रगत बगेपछि के भएको हो भन्ने मैले थाहा पाएँ।"
उनलाई बचाउन सुरक्षा अधिकारीहरू दौडादौड गरेको दृश्यबीच उनको कान र अनुहारमा रगत बगेको स्पष्ट रूपमा देखिएको थियो।
उक्त घटनामा एक जना सन्दिग्ध व्यक्तिलाई 'यूएस सिक्रेट सर्भिस'का अधिकारीहरूले गोली हानेर हत्या गरिदिएको उक्त निकायका प्रवक्ता एन्थोनी गुग्लिएल्मीले बताए।
उनका अनुसार गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन्।
कानुन कार्यान्वयन गर्ने अमेरिकी निकायका स्रोतहरूले बीबीसीको अमेरिकी साझेदार सीबीएस न्यूजलाई ती पुरुष आक्रमणकारीले राइफल बोकेको र घटनास्थलभन्दा केही परबाट एउटा अग्लो स्थानमा चढेर गोली प्रहार गरेको बताएका छन्।
ती स्रोतहरूले यो आक्रमणलाई ट्रम्पको हत्याको प्रयासको रूपमा लिइएको बताएका छन्।
गुग्लिएल्मीले ट्रम्प सुरक्षित रहेको र उनको सुरक्षाका लागि आवश्यक कदम चालिएको बताए। उनका अनुसार घटनाबारे हाल अनुसन्धान जारी रहेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ८ गते, २०८१ - ०९:३२
पर्सा । सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरी बलले सक्रियता बढाएसँगै पर्सामा भन्सार छलीका सामान बरामद गर्ने क्रम ह्वात्तै बढेको छ। सशस्त्र प्रहरीले सक्र...
माघ ८ गते, २०८१ - ०९:१८
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड जे ट्रम्पलाई बधाई तथा शुभकामना दिएका छन् । राष्ट्रपति पौडेलले आ...
माघ ८ गते, २०८१ - ०९:१३
काठमाडौं । अमेरिकी राष्ट्रपति निर्वाचित डोनल्ड ट्रम्पले दोस्रो कार्यकालका लागि शपथग्रहण गर्न लाग्दा 'कारोबारी प्रकृतिको' उनको विदेश नीतिका विभ...
माघ ८ गते, २०८१ - ०८:५५
दुःख सुनाउँदै भन्छन्- विदेशको ठाउँ काम गरुन्जेलमात्र हुँदोरहेछ
माघ ८ गते, २०८१ - ०८:४४
काठमाडौँ । कालिमाटी फलफूल तरकारी विकास समितिले आज (मङ्गलबार)का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलक...
माघ ८ गते, २०८१ - ०८:३८
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ । यही माघ १९ र २० गते पार्टी केन्द्रीय कार्यालय बालकु...
माघ ८ गते, २०८१ - ०८:३४
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भू-भागमा हल्का हिमपात हुन सक्ने जनाएको छ। हाल देशमा पश्चिमी वायुको प्रभाव...
माघ ८ गते, २०८१ - ०७:३३
भद्रपुर । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८१/८२ को छ महिनामा चिया निर्यात ५५ दशमलव ७० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कानुसार (साउन–प...
माघ ८ गते, २०८१ - ०७:२७
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ। बैठक बेलुका चार बजे बस्ने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । पुस तेस्रो साता बसेक...
माघ ८ गते, २०८१ - ०७:२२
त्रिवेणी । रूकुम-पश्चिमको त्रिवेणी गाउँपालिकामा यस वर्ष अदुुवा उत्पादन वृद्धि भएसँगै मूल्य पनि बढेको छ । गत वर्षभन्दा यस वर्ष अदुवाखेती गर्ने किसानको ...
प्रतिकृया लेख्नुहोस्: