Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

उच्च अदालत सुर्खेतको जुम्ला इजलासबाट ९० प्रतिशत मुद्दा फछ्यौट

खबरडबली संवाददाता

जुम्ला । उच्च अदालत सुर्खेत, जुम्ला इजलासले ९० दशमलव ६८ प्रतिशत मुद्दा फछ्यौट गरेको छ । जुम्ला इजलासका मुख्य न्यायाधीश गोकर्ण डाँगीका अनुसार चालु आर्थिक वर्ष २०८०–८१ मा हालसम्म दर्ता भएकामध्ये ९० दशमलव ६८ प्रतिशत मुद्दा फछ्यौट गरिएको हो ।

मुख्य न्यायाधीश डाँगीले सोही आवमा नयाँ दर्ता भएका दुई सय २९ मुद्दा, गत वर्षका ५० वटा मुद्दा जिम्मेवारी सरी आएकासहित कुल जम्मा दुई सय ७९ वटा मुद्दा फछ्यौट भएका छन् । अदालतमा २६ वटा मुद्दा फैसला हुन बाँकी रहेको मुख्य न्यायाधीश डाँगीले बताए ।

उच्च अदालत जुम्लामा दुई इजलास छन् । पुराना मुद्दाको सङ्ख्यालाई शून्यमा ल्याउने अदालतको लक्ष्य रहेको मुख्य न्यायाधीश डाँगीले बताए । अदालतका अनुसार देवानीतर्फ २५ वटा मुद्दामध्ये २३ वटा फछ्यौट भएका छन् । साथै सरकारवादी फौजदारी मुद्दातर्फ दुई सय २५ वटा मुद्दा दर्ता भएकामा हालसम्म दुर्ई सय आठ वटा मुद्दा फछ्यौट भएका छन् भने १७ वटा मुद्दाको  फैसला हुन बाँकी छ ।

रिट २८ वटा परेकामा २१ वटा फछ्यौट हुँदा अझै सातवटा निवेदनको सुनुवाइ हुन बाँकी रहेको उच्च अदालत जुम्ला इजलासका सूचना अधिकारी टङ्कप्रसाद खत्रीले जानकारी दिए । अदालतका अनुसार कर्तव्य ज्यानका २४ वटा मुद्दामध्ये २२, जबर्जस्ती करणीका ७१ मध्ये ६९ वटा, जातीय विभेद तथा छुवाछूतका दुईमध्ये २ वटा, लागुऔषधका २२ मध्ये १९, चोरीका २२ मध्ये १५, बहुविवाह र बालविवाहका १२ मध्ये ११ मुद्दा छिनाफाना भएका छन् । 

यसैगरी सम्बन्धविच्छेदका छ मुद्दामध्ये पाँचवटा, अंश र जग्गाका १० मध्ये १० वटै फछ्यौट भइसकेका छन् । सवारी ज्यानतर्फ १३ मध्ये १२, उत्प्रेषण, परमादेश २५ मध्ये १९, ज्यान मार्ने उद्योगका २५ मुद्दा परेकाको २५ वटै मुद्दा फछ्यौट भएका छन् । निषेधाज्ञाका तीनमध्ये दुई र अन्य ४४ वटा मुद्दामध्ये ४२ वटा मुद्दा फछ्यौट भएको अदालतले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending