Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

साउन १ गतेदेखि पीयूका सवै काम अनलाइनमा

खबरडबली संवाददाता

ललितपुर । शैक्षिक क्यालेण्डरलाई चुस्त दुरुस्त पार्न पोखरा विश्वविद्यालयले सवै कामहरु अनलाइनबाट पनि गर्न सकिने बनाउने भएको छ ।

एभरेस्ट इन्जिनियरिंग कलेज पुल्चोक ललितपुरले शुक्रबार गरेको एकदिने आरोहण २ कार्यक्रमको समापन समारोहमा पोखार विश्वविद्यलाय (पीयू) का रजिष्टार प्राडा दीपकबहादुर भण्डारीले विश्वविद्यालयले शैक्षिक क्यालेण्डरलाई समयमै सकाउने कामलाई अझ तन्दुरुत बनाउन अनलाइन प्रविधिबाट काम थाल्न लागेको जनाए । फारम, टान्सिकिप्टलगायतका सवै कामका लागि अनलाइनबाटै विद्यार्थीले भर्न सकिने बनाउन लागेको उनले जानकारी गराए ।

देशकै सवैभन्दा ठूलो त्रिभुबन विश्वविद्यालयको शैक्षिक क्यालेण्डर गंजागोल भइरहेको भनी आलोचना वढिरहँंदा पोखरा विश्वविद्यालयका रजिष्टार प्राडा भण्डारीले पोखरा विश्वविद्यालय (पीयू) ले चारवर्षे कोर्सको सर्टिफिकेट चारवर्षभित्रै दिंदै आएका बताए । पोखरा विश्वविद्यालयले शैक्षिक क्यालेण्डर अनुसार नै परीक्षा लिन, परीक्षाफल प्रकाशित गर्ने र सर्टिफिकेट दिंदै आएको उनले बताए । 

पहिला पनि नविगारेको र भविष्यमा पनि तलमाथि नहुने उनले स्पष्ट पारे । विश्वविद्यालयले परीक्षा भएको २८ देखि ५० दिनभित्र परीक्षाफल प्रकाशित गर्दै आएको उनले जनाए । 

कार्यक्रममा आयोजक कलेजका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अरुणकुमार भण्डारीले विद्यार्थीको शैक्षिक गुणस्तरलाई अझ तेजिलो बनाउन पढाईका साथसाथै कलेजले समय समयमा विभिन्न कार्यक्रमहरु गर्दै आएको जानकारी गराए । कलेजका प्रिन्सिपल इन्जिनियर विनोद रिजालले आजका विद्यार्थीले अध्ययन अनुसन्धानमा जोड दिई मानब जातिको सहजताका लागि काम गर्नुपर्ने आवश्यकता औल्याए । भाइस प्रिन्सिपल इन्जिनियर राजन लामाले विद्यार्थीले सिकेको ज्ञानलाई कक्षाकोठामा मात्रै सिमित नपारी वर्षैपिच्छे आरोहण कार्यक्रम गर्दै आएको जानकारी गराए । कलेजमा दोश्रो पटक एकदिने आरोहण २ भएको उनले जनाए । 

आरोहण, अन्वेषण दी इनोभेसन आरोहण २ कार्यक्रम भएको हो । यस क्रममा इन्टर कलेज टेक्निकल एक्जिविशन एण्ड कम्प्युटिशन पनि भएको थियो । कम्प्युटिशनका दस जोड दुई र इन्जिनियरिंग अध्ययन हुने काठमाडौं उपत्यकाका झण्डै दुई दर्जन कलेजहरुबाट विद्यार्थी प्रतिस्पर्धी रहेको कार्यक्रममा बताइयो । 

एकदिने कार्यक्रममा क्रममा विभिन्न प्रदर्शनीहरु तथा प्रतियोगिता भएको थियो । प्रदर्शनी तथा प्रतियोगिताहरुको आन्तरिक तथा बाह्य गरी एक हजार पाँंच सय विद्यार्थीले अवलोकन भ्रमण गरेको अनुमान गरिएको छ । प्रदर्शनी अवलोकनका लागि प्रवेश निःशुल्क थियो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

कांग्रेस–एमाले एकै मोर्चामा, संसद् ब्युँताउने गोप्य सहमति

अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !

जेनजी आन्दोलनपछि आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न सरकारी संवाद समिति फिल्डमा

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...

मासिक १० हजारको जागिरका लागि १५० आवेदन, शिक्षित बेरोजगारीको दर्दनाक तस्वीर

सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending