काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले नेपालमा आपतकालीन र दीर्घकालीन नीतिको आवश्यकता रहेको बताएका छन् ।
शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा आफ्नो प्रतिक्रिया लेख्दै उनले घटना घटेपछि मात्र संवेदनशील हुने शासकीय मनोवृत्ति विडम्बनापूर्ण रहेको भन्दै दीर्घकालीन नीति बनाएर सोहीअनुरूप पूर्वतयारी र द्रुत गतिमा काम गर्न आवश्यक भएको बताएका हुन् ।
उनले यस्तै थप दुर्घटनाको प्रतीक्षा गरिरहने नियति देखिए पनि आफू यो अवस्था बदल्ने प्रयासमा रहेको बताएका छन् । ‘घटना घटेपछि मात्र संवेदनशील हुने तर घटना हुन नदिन र भइहाले थप क्षति हुन नदिन आवश्यक पूर्वतयारी नगर्ने हाम्रो शासकीय मनोवृत्ति विडम्बनापूर्ण छ । भौगोलिक संवेदनशीलता ध्यानमा राखेर आपत्कालीन र दीर्घकालीन नीति बनाउने अनि त्यस अनुरूप पूर्व तयारी र द्रुत गतिमा काम गर्ने कुरामा अझै ढिलाई गरिरह्यौँ भने यस्तै थप दुर्घटनाको प्रतीक्षा गरिरहने हाम्रो नियति हुनेछ । यो अवस्था बदल्न मेरो कोसिस जारी रहनेछ,’ उनले भनेका छन् ।
नेपालको भौगोलिक बनावट संवेदनशील भएपनि पूर्वाधार निर्माणमा त्यस किसिमको संवेदनशीलता अवलम्बन हुन नसकेको भन्दै भौगोलिक बनावटको संवेदनशीलता नबुझी भौतिक विकास निर्माण अघि बढाउने तरिकाले दुःखद भएको पनि उनको भनाइ छ ।
नारायणगढ–मुग्लिङ सडक खण्डअन्तर्गत सिमतालमा पहिरोले दुईवटा यात्रु बस बगाएको छ भने कास्कीलगायत देशका विभिन्न स्थानमा बाढी पहिरोले ठूलो क्षति भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...




प्रतिकृया लेख्नुहोस्: