Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

पौडिएर बाँचेका यात्रु भन्छन्ः पानीमा झरेपछि मात्र बस खसेको थाहा पाएँ

खबरडबली संवाददाता

काठमाडौं । पहिरोले बगाएर त्रिशूली नदीमा खसेको बसबाट बाहिर निस्किएका यात्रुले पानीमा झरेपछि मात्रै दुर्घटनाबारे थाहा पाएको बताएका छन् ।

शुक्रबार बिहान नारायणगढ-मुग्लिन सडकखण्डको सिमलतालमा पहिरोले बगाउँदा दुई यात्रुवाहक बस त्रिशूली नदीमा खसेका छन्। त्रिशूलीमा पौडी खेलर तीन यात्रु जोगिएका छन् । सामान्य घाइते रहेका उनीहरूमध्ये दुई जनाको चितवन मेडिकल कलेज र एक जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ।

रौतहटका नन्दन यादव असार २७ गते साँझ साढे ७ बजे काठमाडौंबाट रौतहटको गौरका लागि छुटेको गणपति डिलक्सको बसमा सवार थिए। सिमलतालमा बस त्रिशूलीमा खसेपछि पौडिएर जोगिएको यादवले बताए। “बसमा ३० देखि ३५ जना थियौं। तीमध्ये तीन जना त्रिशूलीमा खसेको बसको सिसा फुटेपछि बाहिर निस्कियौं, पौडिएर बाँच्न सफल भयौं,” उनले भने।

उनका अनुसार खाना खाएर बस गुडेको एक घण्टापछि दुर्घटना भएको हो। दुर्घटना हुँदा थाहै नपाएको उनले बताए। “गाडीबाट कसरी बाहिर निस्किएँ भन्ने थाहा छैन, एकै पटक पानीमा झरेपछि मात्र थाहा पाएँ,” यादवले भने, “बस पानीमा धेरै मुनि पुगेको थियो। झ्यालबाट खसेपछि पौडी खेल्दै खेल्दै नदी किनारमा आएर बाँच्न सफल भएँ।”

यादवको टाउकामा चोट लागेको छ। चितवन मेडिकल कलेजमा उनको उपचार भइरहेको छ।

त्यही बसमा सवार रौतहटको गरुडा(९ का जुगेश्वर राय यादव पनि जोगिएका छन्। आफू त्रिशूलीबाट बाहिर निस्के पनि परिवारका चार जना सदस्य बसमै रहेको उनले बताए।

बसमा उनकी ३५ वर्षीया छोरी, १० वर्षीय छोरा, सात वर्षीया नातिनी र दुई वर्षीय नाति सवार थिए। काठमाडौंमा उपचार गरेर घर फर्कंदै गर्दा पाँचै जना दुर्घटनामा परेको उनले बताए। “काठमाडौंमा ६ दिनसम्म उपचार गरेर फर्किंदै थियौं। एक्कासि नसोचेको घटना घट्यो,” यादवले भने।

बस तीन(चार बल्ड्याङ खाएर नदीमा खसेको उनले सुनाए। “पहिरोमा परेर तल खस्दा सबै यात्रु कराइरहेका थिए। बसका चालक र सहचालक पनि त्यहीं डुबे,” उनले भने, “अरूको अवस्था के होला१ बसमा रहेका मेरो परिवारका चार जनाको पनि केही खबर पाएको छैन।”

बस पहिरोमा पर्नुअघि आधा घन्टा जति जाममा परेको उनले बताए। जाम खुलेपछि बिस्तारै गाडी गइरहेको उनको भनाइ छ। “जाम खुलेपछि बिस्तारै अघि बढ्दाबढ्दै त्रिशूलीमा खसेको हो,” उनले भने, “बसको सिसा फुटेपछि बाहिर निस्कन सफल भएँ, अर्को गाडीको सहयोगमा उपचारका लागि अस्पताल पुगेको हुँ।”

यादवको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।  दुर्घटनामा जोगिएका अर्का यात्रु रौतहटकै सरोजकुमार गुप्ता हुन्। भरतपुर अस्पतालमा उपचारपछि उनी ‘डिस्चार्ज’ भएका छन्।

काठमाडौंबाट गौरतर्फ गइरहेको बसमा ४१ जना यात्रु सवार थिए। त्यस्तै, वीरगन्जबाट काठमाडौंतर्फ गइरहेको बसमा २४ जना यात्रु रहेको प्रहरीले जनाएको छ।

अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले बस तथा यात्रुको खोजी गरिरहेका छन्। नेपाली सेना र सशस्त्र प्रहरीको गोताखोर टोली खोजीमा जुटिरहेको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए। “अहिलेसम्म केही भेटिएको छैन, खोजी कार्य जारी छ,” यादवले भने।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

देशभर उच्च सुरक्षा सतर्कता, बिदा रोक्ने सर्कुलर जारी

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र रमेश लेखकलाई पक्राउ गरेपछि देशभर उच्च सुरक्षा सतर्कता अपनाइएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रधान ...

काठमाडौंको ढुङ्गेअड्डामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं। काठमाडौंको ढुङ्गेअड्डामा बसको ठक्करबाट आज मोटरसाइकल चालकको मृत्यु भएको छ। चन्द्रागिरी नगरपालिका–१५ ढुङ्गेअड्डास्थित सडकमा लु प्र ०१–००१ ख...

गौरीबहादुर कार्कीको घरमा बाक्लो सुरक्षा, सेनाको ब्यारेकमा राख्नेबारे छलफल

काठमाडौं । सुरक्षा जोखिम हेरेर सरकारले जेनजी आन्दोलनका घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीलाई नेपाली सेनाको ब्यारेकमा रा...

२४ गतेको हिंसाका अगुवाहरूलाई पनि कारवाही हुनु पर्छः हर्क साम्पाङ

काठमाडौं । राजनीतिक विश्लेषक हर्क साम्पाङले २४ फागुनमा सिंहदरबार, सर्वोच्च न्यायालय र संसद भवनमा भएको आगजनीका घटनाका लागि मात्र व्यक्तिगत नेताहरूमा का...

ओली र लेखक पक्राउविरुद्ध प्रतिवाद गर्ने नेविसंघको चेतावनी

काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि नेपाल विद्यार्थी संघ (नेव...

सरकारको निर्णयप्रति नेकपाको ध्यानाकर्षण, प्रधानमन्त्री साहलाई बधाई

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले नवनियुक्त प्रधानमन्त्री बालेन (बालेन्द्र) साहलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ। फागुन २१ गते सम्पन...

ओलीलाई तत्काल रिहा नगरे देशव्यापी आन्दोलनको चेतावनी

सुर्खेत। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सरकारले पक्राउ गरेको विरोधमा कर्णालीका विभिन्न जिल्लामा एमालेले प्रदर्शन गरेको...

गुराँस हेर्न पर्यटक घोडेपानीमा

म्याग्दी ।  ‘म त लालीगुराँस भएछु, वनैभरि फुलिदिन्छु, मनैभरि फुलिदिन्छु’ स्वर सम्राट नारायणगोपालको यो गीतको शब्दझैँ म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ म...

हेटौँडा सिमेन्ट उद्योगद्वारा क्लिङ्कर उत्पादन सुरु

हेटाैँडा । लामो समयदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले क्लिङ्कर उत्पादन सुरु गरेको छ । गत भदौ २४ गतेदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले क्लि...

कर्मचारीलाई सञ्चारमन्त्रीको निर्देशन- अपेक्षा धेरै छन्, जनताले अनुभूति गर्नेगरी काम गर्नुस्

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले जनताले तत्काल अनुभूति गर्ने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । शनिबार...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending