काठमाडौं । पहिरोले बगाएर त्रिशूली नदीमा खसेको बसबाट बाहिर निस्किएका यात्रुले पानीमा झरेपछि मात्रै दुर्घटनाबारे थाहा पाएको बताएका छन् ।
शुक्रबार बिहान नारायणगढ-मुग्लिन सडकखण्डको सिमलतालमा पहिरोले बगाउँदा दुई यात्रुवाहक बस त्रिशूली नदीमा खसेका छन्। त्रिशूलीमा पौडी खेलर तीन यात्रु जोगिएका छन् । सामान्य घाइते रहेका उनीहरूमध्ये दुई जनाको चितवन मेडिकल कलेज र एक जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ।
रौतहटका नन्दन यादव असार २७ गते साँझ साढे ७ बजे काठमाडौंबाट रौतहटको गौरका लागि छुटेको गणपति डिलक्सको बसमा सवार थिए। सिमलतालमा बस त्रिशूलीमा खसेपछि पौडिएर जोगिएको यादवले बताए। “बसमा ३० देखि ३५ जना थियौं। तीमध्ये तीन जना त्रिशूलीमा खसेको बसको सिसा फुटेपछि बाहिर निस्कियौं, पौडिएर बाँच्न सफल भयौं,” उनले भने।
उनका अनुसार खाना खाएर बस गुडेको एक घण्टापछि दुर्घटना भएको हो। दुर्घटना हुँदा थाहै नपाएको उनले बताए। “गाडीबाट कसरी बाहिर निस्किएँ भन्ने थाहा छैन, एकै पटक पानीमा झरेपछि मात्र थाहा पाएँ,” यादवले भने, “बस पानीमा धेरै मुनि पुगेको थियो। झ्यालबाट खसेपछि पौडी खेल्दै खेल्दै नदी किनारमा आएर बाँच्न सफल भएँ।”
यादवको टाउकामा चोट लागेको छ। चितवन मेडिकल कलेजमा उनको उपचार भइरहेको छ।
त्यही बसमा सवार रौतहटको गरुडा(९ का जुगेश्वर राय यादव पनि जोगिएका छन्। आफू त्रिशूलीबाट बाहिर निस्के पनि परिवारका चार जना सदस्य बसमै रहेको उनले बताए।
बसमा उनकी ३५ वर्षीया छोरी, १० वर्षीय छोरा, सात वर्षीया नातिनी र दुई वर्षीय नाति सवार थिए। काठमाडौंमा उपचार गरेर घर फर्कंदै गर्दा पाँचै जना दुर्घटनामा परेको उनले बताए। “काठमाडौंमा ६ दिनसम्म उपचार गरेर फर्किंदै थियौं। एक्कासि नसोचेको घटना घट्यो,” यादवले भने।
बस तीन(चार बल्ड्याङ खाएर नदीमा खसेको उनले सुनाए। “पहिरोमा परेर तल खस्दा सबै यात्रु कराइरहेका थिए। बसका चालक र सहचालक पनि त्यहीं डुबे,” उनले भने, “अरूको अवस्था के होला१ बसमा रहेका मेरो परिवारका चार जनाको पनि केही खबर पाएको छैन।”
बस पहिरोमा पर्नुअघि आधा घन्टा जति जाममा परेको उनले बताए। जाम खुलेपछि बिस्तारै गाडी गइरहेको उनको भनाइ छ। “जाम खुलेपछि बिस्तारै अघि बढ्दाबढ्दै त्रिशूलीमा खसेको हो,” उनले भने, “बसको सिसा फुटेपछि बाहिर निस्कन सफल भएँ, अर्को गाडीको सहयोगमा उपचारका लागि अस्पताल पुगेको हुँ।”
यादवको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। दुर्घटनामा जोगिएका अर्का यात्रु रौतहटकै सरोजकुमार गुप्ता हुन्। भरतपुर अस्पतालमा उपचारपछि उनी ‘डिस्चार्ज’ भएका छन्।
काठमाडौंबाट गौरतर्फ गइरहेको बसमा ४१ जना यात्रु सवार थिए। त्यस्तै, वीरगन्जबाट काठमाडौंतर्फ गइरहेको बसमा २४ जना यात्रु रहेको प्रहरीले जनाएको छ।
अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले बस तथा यात्रुको खोजी गरिरहेका छन्। नेपाली सेना र सशस्त्र प्रहरीको गोताखोर टोली खोजीमा जुटिरहेको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए। “अहिलेसम्म केही भेटिएको छैन, खोजी कार्य जारी छ,” यादवले भने।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...




प्रतिकृया लेख्नुहोस्: