Ntc summer Offer
Khabar Dabali २४ असार २०८२ मंगलवार | 8th July, 2025 Tue
Investment bank

अवतरणका क्रममा बुद्ध एयरको जहाज चिप्लियो

खबरडबली संवाददाता

भैरहवा । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा बुद्धएयरको जहाज गएराति चिप्लिएर धावनमार्गको किनारमा पुगेको छ । 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टका अनुसार जहाज चिप्लिँदा जहाजको चक्काले भुईँ (माटो) छुन पुगेको थियो  । 

काठमाडौँबाट गएराति ९ः३० बजे उडान भरेको ८०५ नम्बरको सो जहाजले  विमानस्थलको पूर्वबाट पश्चिमतर्फ अवतरण गर्नेक्रममा चिप्लिन पुगेको उनले बताए । प्रवक्ता भट्टले भने “जहाजबाट सबै यात्रुलाई सकुशल सुरक्षित बाहिर निकालिएको छ ।” जहाजमा चालक दलका सदस्यसहित ५९ यात्रु सवार रहेका जनाइएको छ  ।

जहाज अहिले पनि धावनमार्गमै रहेको कारण विमानस्थल बन्द रहेको प्रहरी प्रवक्ता भट्टले जानकारी दिए । गएराति नै बुद्धएयरको प्राविधिक टोली र सुरक्षाकर्मीले जहाजलाई तानेर सुरक्षित स्थानतर्फ ल्याउने प्रयास असफल भएको बताइएको छ । 

अहिले काठमाडौँबाट बुद्धएयरको थप प्राविधिक टोली भैरहवातर्फ आउने क्रम रहेको उनले बताए ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मनसुनजन्य विपद् : काभ्रेमा ६ हजारभन्दा बढी घरपरिवार उच्च जोखिममा

काभ्रेपलान्चोक । मनसुनजन्य विपद्मा काभ्रेपलान्चोकको १३ स्थानीय तहमा तीन सय ९५ बस्ती उच्च जोखिममा रहेको पाइएको छ । स्थानीय स्तरबाट जिल्लास्थित विपद् व्...

रसुवामा बाढीको वितण्डा : नेपाल–चीन जोड्ने मितेरी पुल बगायो, ठुलो क्षतिको अनुमान (भिडिओ)

काठमाडौँ । रसुवाको सीमा क्षेत्रमा चीनतर्फबाट आएको बाढीले ठुलो क्षति पुर्याएको छ।  भीषण वर्षासँगैको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको रसुवाक...

विद्या भण्डारीसमक्ष माओवादीको प्रस्ताव- वाम एकता गरौँ

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिमा फर्केको घोषणा गरेपछि नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भेटेर नै ...

प्रधानमन्त्रीले आज संसदमा सम्बोधन गर्ने, रास्वपा र राप्रपाले अवरोध जारी राख्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभामा सम्बोधन गर्दैछन्। आज दिउँसो १ बजे बस्ने  बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने नेकपा ए...

भोजपुर हत्या घटना- शवलाई ‘फरेन्सिक’ परीक्षण गर्न धरान लगियो, अभियुक्तको पनि धरानमै उपचार हुँदै

भोजपुर । भोजपुरको रामप्रसादराई– २ धोद्लेखानीमा हत्या गरिएका चार जनाको शवको फेरेन्सिक परीक्षण गर्न आज बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठ...

नयाँ दल घोषणा गरेपछि मस्कबारे ट्रम्पको टिप्पणी- ‘लिक’बाहिर गए, सफल हुँदैनन्

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिले आफ्ना निकट सहयोगी रहेका इलोन मस्कले नयाँ राजनीतिक दल घोषणा गरेकामा टिप्पणी गरेका छन्। अमेरिक...

काभ्रेलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

काभ्रे । काभ्रे पूर्णखोप सुनिश्चित जिल्ला घोषित भएको छ । यहाँका १३ वटै स्थानीय तह पूर्णखोप सुनिश्चितता प्रक्रिया पूरा भएपछि जिल्लालाई पूर्ण खोप सुनिश्...

तिब्बतमाथि दबाव- उत्तराधिकारी घोषणा गर्ने दलाई लामाको कदमपछि के गर्छ चीन ?

काठमाडौं । आइतवार ९० वर्ष पुग्न लागेका तिब्बती आध्यात्मिक नेता दलाई लामाले आफ्नो मृत्युपश्चात् मात्रै उत्तराधिकारी चयन हुने पुष्टि गरेका छन्। आफ्नो...

खावाको कृषि पकेट क्षेत्रमा सुन्तलाको विरुवा वितरण

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५ खावाको कृषि पकेट क्षेत्रमा सुन्तलाका बिरुवा वितरण गरिएको छ । वडा कार्यालयले यहाँ सुन्तलाखेती विस्तार गर्न क...

देउवा र प्रचण्डबीच ‘गोप्य’ वार्ता, कांग्रेस झस्किएका बेला विश्वासको मत लिनुपर्ने बाध्यतामा ओली

काठमाडौं । अख्तियारले देखाएको सक्रियता, ५२ संवैधानिक पदाधिकारी नियुक्तिबारे सर्वोच्च अदालतले दिएको फैसला र सरकारले गरेका केही राजनीतिक नियुक्तिका कारण...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending