Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

वैदेशिक रोजगारीमा गएका बााँकेकै एकसय ७७ जनाको मृत्यु

खबरडबली संवाददाता

बाँके । बाँकेबाट वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक गएका १ सय ७७ जना नेपाली नागरिकको विदेशी भूमिमा मृत्यु भएको छ । जसमध्ये दुई जना महिला छन् । 

आर्थिक वर्ष २०६८–६९ देखि चालु आर्थिक वर्ष २०८०–८१ को जेठ महिनासम्म १४ वर्षको अवधिमा बाँकेका विभिन्न पालिकाबाट रोजगारीका लागि विदेश गएका एकसय ७७ नेपाली नागरिकको विदेशी भूमिमा मृत्यु भएको हो । 

नेपालमा सामी कार्यक्रम सञ्चालन भए यता आर्थिक वर्ष २०६८–६९ देखि चालु आर्थिक वर्ष २०८०–८१ को जेठ महिनासम्म १४ वर्षको अवधिमा बाँकेका विभिन्न पालिकाबाट रोजगारीका लागि विदेश गएका नागरिकको विदेशी भूमिमा मृत्यु भएको सुरक्षित आप्रवासन कार्यक्रम (सामी) बाँकेका सामाजिक परिचालन अधिकृत घनश्याम वलीले बताए । यसवर्ष मात्र २३ जनाको मृत्यु भएको छ ।

वलीका अनुसार वैदेशिक रोजगार बोर्डको तथ्याङ्कमा मृत्यु हुनेमा नेपालगन्ज उपमहानगरपालिकाको १८ जना, खजुरा गाउँपालिकाका २५, वैजनाथ गाउँपालिकाका १५, कोहलपुर नगरपालिकाका १८, राप्तीसोनारी गाउँपालिकाका ५, नरैनापुर गाउँपालिकाका ५, डुडुवा गाउँपालिकाका ६ र जानकी गाउँपालिकाका ६ गरी ९८ जनाको ठेगाना उल्लेख छ । 

बाँकी ७९ जना बाँकेकै भए पनि कुन पालिकाका हुन भन्ने उल्लेख नभएको उनले जानकारी दिए । वैदेशिक रोजगार बोर्डमा आर्थिक सहायताका लागि बाँकेबाट उक्त सङ्ख्याका मृतकका परिवारले निवेदन दिएका छन् ।

सबैभन्दा बढी मलेसियामा ६१ जना नेपाली कामदारको मृत्यु भएको छ । त्यसपछि साउदी अरबमा ५४ जना, कतारमा ३० जना, युएईमा १४ जना, युनाइटेड अरब इमिरेट्समा ६ जना, कुवेतमा ४ जना, बहराइनमा ३ जना, नेपालमा २ जना, क्रोसियामा २ जना, र अफ्गानिस्तानमा १ जनाको मृत्यु भएको उहाँले बताउनुभयो । नेपालमा मृत्यु भएका दुई जना भने श्रम स्वीकृतिभित्र नेपाल आएर मृत्यु भएका नागरिक हुन् ।

क्यान्सर, कोभिडलगायतका विभिन्न रोगबाट ४९ जना, प्राकृतिक मृत्यु भएका ४१ जना, हृदयघातबाट ३० जना, सडक दुर्घटनाबाट २३ जना, आत्महत्या गरेका १३ जना, अन्य कारणबाट ११ जना, कार्यस्थलमा दुर्घटनाबाट ८ जना र मृत्युको कारण थाहा नभएका २ जनाको मृत्यु भएको छ ।

पछिल्लो समय आत्महत्या गर्ने सङ्ख्यामा वृद्धि हुँदैगएको पाइएको उनले बताए  । फेसबुक, युट्युबलगायतका सामाजिक सञ्जालमा नेपालबाट विदेश काम गर्न गएका नेपाली दाजुभाइ र घरमा रहेका उनीहरुका परिवारका बारेमा नकारात्मक सन्देश फैलाउने भएकाले आत्महत्या गर्ने गरेको पाइएको उनको भनाइ छ ।

पर्याप्त सूचना अभावका कारण विदेशमा मृत्यु भएका, घाइते भएका तथा घरमा रहेका उहाँहरुका घरपरिवारले प्राप्त गर्ने सेवा सुविधाबाट अधिकांश नागरिक वञ्चित छन् । सूचना पहुँच पुगेपछि सेवा सुविधा लिने नागरिकहरु बढ्दै गएको उनले बताए ।

वैधानिकरुपमा श्रम स्वीकृति लिएर विदेश गएका नेपाली नागरिकको मृत्यु भएमा सात लाख रुपियाँ वैदेशिक रोजगार बोर्ड र १४ लाख रुपियाँ बिमा कम्पनीबाट उहाँका परिवारले क्षतिपूर्तिवापत पाउने व्यवस्था रेहेको वलीले जानकारी दिए । श्रम स्वीकृति लिएर गएका तर म्याद समाप्त भएकाको हकमा भने केवल २५ हजार रुपियाँ मात्र पाउने व्यवस्था रहेको उनले बताए ।

काम गर्ने क्रममा कामदारलाई कुनै रोग लागेर विरामी भएमा वा अन्य कारणबाट घाइते भएमा सात लाख रुपियाँसम्म औषधि उपचार खर्च पाउने सुविधा रहेको उनले बताए । त्यसैगरी विदेश गएका नागरिकको नेपालमा रहेका घरका सदस्य बिरामी भएमा औषधी उपचार खर्च पाउने व्यवस्था छ । 

विदेश गएका नागरिकका नेपालमा रहेका घरपरिवारका सदस्यलाई क्यान्सर, मुटु, मिर्गौला, अल्जाइमर र पार्किन्सन गरी पाँचवटा रोग लागेमा ५० हजार रुपैयाँसम्म उपचार खर्च उपलब्ध हुने व्यवस्था रहेको वलीले जानकारी दिए ।

सामी कार्यक्रम नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अन्तर्गत सञ्चालनमा छ । यो श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्थानीय सरकारको नेतृत्वमा कार्यान्वयन भइरहेको छ । कार्यक्रमलाई स्विस सरकारको तर्फबाट प्राविधिक सहयोग हेल्भेटास नेपालले उपलब्ध गराउने गरेको छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

देशभर उच्च सुरक्षा सतर्कता, बिदा रोक्ने सर्कुलर जारी

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र रमेश लेखकलाई पक्राउ गरेपछि देशभर उच्च सुरक्षा सतर्कता अपनाइएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रधान ...

काठमाडौंको ढुङ्गेअड्डामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं। काठमाडौंको ढुङ्गेअड्डामा बसको ठक्करबाट आज मोटरसाइकल चालकको मृत्यु भएको छ। चन्द्रागिरी नगरपालिका–१५ ढुङ्गेअड्डास्थित सडकमा लु प्र ०१–००१ ख...

गौरीबहादुर कार्कीको घरमा बाक्लो सुरक्षा, सेनाको ब्यारेकमा राख्नेबारे छलफल

काठमाडौं । सुरक्षा जोखिम हेरेर सरकारले जेनजी आन्दोलनका घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीलाई नेपाली सेनाको ब्यारेकमा रा...

२४ गतेको हिंसाका अगुवाहरूलाई पनि कारवाही हुनु पर्छः हर्क साम्पाङ

काठमाडौं । राजनीतिक विश्लेषक हर्क साम्पाङले २४ फागुनमा सिंहदरबार, सर्वोच्च न्यायालय र संसद भवनमा भएको आगजनीका घटनाका लागि मात्र व्यक्तिगत नेताहरूमा का...

ओली र लेखक पक्राउविरुद्ध प्रतिवाद गर्ने नेविसंघको चेतावनी

काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि नेपाल विद्यार्थी संघ (नेव...

सरकारको निर्णयप्रति नेकपाको ध्यानाकर्षण, प्रधानमन्त्री साहलाई बधाई

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले नवनियुक्त प्रधानमन्त्री बालेन (बालेन्द्र) साहलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ। फागुन २१ गते सम्पन...

ओलीलाई तत्काल रिहा नगरे देशव्यापी आन्दोलनको चेतावनी

सुर्खेत। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सरकारले पक्राउ गरेको विरोधमा कर्णालीका विभिन्न जिल्लामा एमालेले प्रदर्शन गरेको...

गुराँस हेर्न पर्यटक घोडेपानीमा

म्याग्दी ।  ‘म त लालीगुराँस भएछु, वनैभरि फुलिदिन्छु, मनैभरि फुलिदिन्छु’ स्वर सम्राट नारायणगोपालको यो गीतको शब्दझैँ म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ म...

हेटौँडा सिमेन्ट उद्योगद्वारा क्लिङ्कर उत्पादन सुरु

हेटाैँडा । लामो समयदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले क्लिङ्कर उत्पादन सुरु गरेको छ । गत भदौ २४ गतेदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले क्लि...

कर्मचारीलाई सञ्चारमन्त्रीको निर्देशन- अपेक्षा धेरै छन्, जनताले अनुभूति गर्नेगरी काम गर्नुस्

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले जनताले तत्काल अनुभूति गर्ने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । शनिबार...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending