Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

टीकापुरलाई केन्द्रको बेवास्ता

\"tikapur\"काठमाडौं । टीकापुरका नेत्र साउदको परिवार बुधबारदेखि बल्ल घरमा बस्न थाले। डेढ वर्षे छोरो गुमाएका उनकी पत्नी यशोदा अझै पनि घरमा एक्लै बस्न मान्दिनन् । १० दिनपछि घर त फर्के तर मन अझै थामिएको छैन। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ घरनजिकै बाहिरपट्टि भदौ ७ गते एसपीसहित ८ जना प्रहरीको हत्या भएको थियो। यशोदा पौने घन्टाभित्रै उनी डेढ वर्षका छोरा टेकन्द्रलाई नुहाउँदै थिइन् । टेकेन्द्रलाई नुहाइसकेर बरान्डामा उभ्याइन्, अनि लुगा लिन भित्र पसिन्। यशोदा निस्केर बाहिर नआइपुग्दै टेकेन्द्र ढले। ताते ताते गर्ने छोरो आँखा अगाडि ढलेको दृश्य कुन आमाले भूल्न सक्लान् र ? यशोदा पनि त्यो दृष्य भुल्न सकेकी छैनन्। शसस्त्र प्रहरी गण, टीकापुरमा कार्यरत हवल्दार नेत्रले भने,\'ड्युटी त जान्छु तर धेरै समय घरमा आउनुपर्छ, पटक(पटक फोन गई हाल्छ, के गर्नु ?’ घरनजिकै पोष्टिङ भएकाले उनलाई अलि सजिलो छ। साँझ नपर्दै घर आइपुग्न उनी हतारिन्छन्। भन्छन्, \'छिट्टै घर नआइपुगे घरमा मान्छे आत्तिन्छन्। फोन गर्न थालिहाल्छन्।\' उनलाई पनि साँझ हिँड्न पहिला जस्तो उत्ति सहज लाग्दैन। अबोध छोरा अनाहकमा गुमाएको सावदको पूरै परिवार १० दिनसम्म टीकापुर बजारको होटलमा बास बस्यो। \'अरु बच्चाहरु पनि घरमा बस्न मानेनन। त्यसैले १० दिन होटलमा बस्यौं,\'नेत्रले भने। उपचारका लागि काठमाडौंमा रहेका नेत्रका बुवा जंगबहादुर, आमा र भाइ पनि घर फर्केपछि नेत्रको परिवार घरमा बस्न थालेको हो। घटना हुनुअगावै बिरामी परेका बुवा र आमालाई कान्छो भाइ शेरबहादुरले उपचारका लागि काठमाडौं लगेका थिए। \'बुवाआमा र भाइ पनि काठमाडौंबाट फर्केपछि बल्ल बच्चाहरु घरमा जान माने। बुधबारदेखि घरमा फक्र्यौुं, नेत्रले भने। नेत्रको परिवारका सदस्यसंग विहीबार उच्च स्तरीय छानविन समितिले पनि लामो कुरा गर्‍यो। \'मैले दोषिलाई कारवाही हुनपर्छ भनेको छु, कसैले पनि भनसुनका आधारमा उम्कन पाउनु हुँदैन, त्यसो भयो भने मात्र अबोध बच्चाको आत्माले शान्ति पाउँछ भनेको छुु\' उनले भने। टीकापुर घटनाको १३ औं दिन शनिबार परिवारका सदस्य गुमाएका काजकिरिया सकिएको छ। धार्मिक विधिअनुसार शुद्धशान्ति सकेपछि आफन्तको मन केही हलुका भएको छ तर आँशु त क्रमशः घट्दै छ । मनमा भने अब के होला भन्ने त्राश र चिन्ताले घर गरेकै छ। हवल्दार सावदले भने, \'अब त शान्ति हुनुपर्छ।\' \'व्यक्तिगत रूपमा हाम्रो त क्षति भयो नै, पीडा हामीमा मात्र सीमित रहेनु सशस्त्र प्रहरी हवल्दार सावदले भने, \'अब देश पिडामा गएको छ, त्यो पिडाबाट छ्टिटै मुक्ति पाउनुपर्छ। स्थानीय स्तरमा पनि मिलेको समाज १ अझै सबै एउटै समाजमा बस्नुपर्छ भने द्वेष किन रु बेकारको रिसरागले सबैलाई हानीमात्र हुन्छ,\'उनले भने। पीडितका परिवार पनि सद्भावकै चिन्ता छ। \'हिंसात्मक घटनामा संलग्नलाई मात्रै कारवाही हुनुपर्छ र त्यसपछि गाउँ(ठाउँ पहिलाको जस्तै मिलेर बस्ने वातावरण बन्नुपर्छु, टीकापुर झडपमा मारिएका प्रहरी निरिक्षक केशव बोहराका बुवा प्रेमसिह बोहराले भने, \'सपुतहरु देशका लागि सहादत भए तर अब त सरकारले समस्या समाधान गर्नुपर्छ। टीकापुर घटनाबाट पाठ सिक्नुपर्छ। कसरी देश चलाउने भन्नेबारे छिटो निर्णय गर्नुपर्छ।\' टीकापुर हिंसापछि टीकापुर र त्रिशक्ति दुई नगरपालिका र १० वटा गाविसलाई दंगाग्रस्त क्षेत्र घोषणा गरी कफ्र्यु लगाएको पनि दुई साता भएको छ। भदौ ७ देखि नै कैलालीको सदरमुकाम धनगढीमा पनि लगातार कर्फ्यू छ। एकले अर्को मान्छेलाई भेट्नसम्म पाएका छैनन्। फोनमा कुरा गर्नसमेत रिचार्जको समस्या छ। गाउँ(गाउँमा सेना खटिएपछि खतरा सम्झेर थारू युवाहरुले गाउँ छाडेका छन्। केही आफन्तहरुकोमा गए पनि धेरै भारततिर पसेको स्थानीयको भनाइ छ। थारु नागरिक समाजका सदस्य रामदास चौधरीले भने, ‘राज्यले गाउँमा परिचालित सेना र प्रहरीलाई निष्पक्ष व्यवहारका लागि कडाइ गर्नुपर्छ।\'
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending