त्रिशूली । नुवाकोटको विदुर नगरपालिकाले जेहेन्दार, गरिब तथा विपन्न विद्यार्थीलाई प्राविधिक शिक्षा अध्ययनको लागि पूर्ण छात्रवृत्ति उपलब्ध गराएको छ । नगरको नीति तथा कार्यक्रम एंव बजेटमा उल्लेख भए अनुसार ‘मेयर छात्रवृत्ति’ कार्यक्रममार्फत १५ जना विद्यार्थीलाई प्राविधिक विषय अध्ययनको लागि आवश्यक सबै शुल्क छात्रवृत्तिस्वरुप उपलब्ध गराएको हो ।
तोकिएको कार्यविधिअनुसार हाल १५ जनाले पूर्ण छात्रवृत्तिमा पशु विज्ञान र बाली विज्ञान अध्ययन गरिरहेको नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिए । उनका अनुसार ‘नगरका जेहेन्दार तथा गरिब स्थानीय बासिन्दा विद्यार्थीलाई प्राविधिक शिक्षा अध्ययन छात्रवृत्ति प्रदान गर्ने’ सम्बन्धी कार्यविधि–२०७७ अनुसार छात्रवृत्ति रकम प्रदान गरिएको छ ।
उक्त कार्यक्रममार्फत अध्ययनरत तह अवधिभर लाग्ने सम्पूर्ण शुल्क नगरपालिकाले उपलब्ध गराउने विद्यार्थीसँग प्रतिवद्धता सम्झौता गरिएको छ । “नगरले उपलब्ध गराएको छात्रवृत्तिले विद्यार्थीलाई शुल्क तिर्नुपर्ने आर्थिक दायित्व हट्दै अध्ययनमा हौसला मिलेको छ”, नगरप्रमुख श्रेष्ठले भने, “उत्पादित जनशक्तिले एक वर्ष पालिकामा नै सेवा गर्नुपर्न शर्तले पालिकाले आफ्नै लगानीमा उत्पादित जनशक्ति प्राप्त गर्नेछ । विद्यार्थीलाई अध्ययनपश्चात् रोजगारको सुनिश्चित भएको छ ।”
छात्रवृत्ति प्राप्त गरेका सबै विद्यार्थीले तीनवर्षे डिप्लो तहको अध्ययन विदुर–१ ढुङ्गेमा रहेको पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालयबाट गरिरहेका छन् । उक्त शिक्षालयमा अध्ययनको लागि लाग्ने सम्पूर्ण शुल्कसरह हुन आउने रकम नगरपालिकाले छात्रवृत्तिमार्फत उपलब्ध गराएको उपप्रमुख प्रभा बोगटीले जानकारी दिइन् ।
उनको अनुसार यो शैक्षिक सत्रमा उक्त शिक्षालयका पहिलो ब्याजका छ जना विद्यार्थीलाई (दोस्रो र तेस्रो शैक्षिक सत्र) को शुल्कबापत रु तीन लाख ३० हजार र दोस्रो ब्याजका नौ जना विद्यार्थीलाई पहिलो र दोस्रो शैक्षिक सत्रको शुल्कबापत रु तीन लाख ७८ हजार प्रदान गरिएको छ ।
“जेहेन्दार तथा गरिब विद्यार्थीलाई शिक्षा प्रदान गर्न र त्यसमा पनि प्राविधिक शिक्षामा पहुँच बढाउन उक्त कार्यक्रम निकै प्रभावकारी भएको छ ।” उपप्रमुख बोगटीले भनिन् “नगरपालिकाको छात्रवृत्तिमा अध्ययनरत विद्यार्थीले अध्ययन पूरा गरेपछि नगरपालिकाले खटाएको स्थानमा पाँचौँ तहको कर्मचारीले पाउने सुरु तलब स्केलमा सेवा गर्ने प्रतिवद्ध गरिएको हुँदा पालिकाले दक्ष जनशक्ति पाउने छ ।”
विदुर नगरपालिकाले ‘मेयर छात्रवृत्ति’ कार्यक्रममार्फत प्राविधिक विषयमा तीनवर्षे डिप्लोमा तह र प्राविधिक उच्च शिक्षाअन्तर्गत चिकित्सक,इञ्जिनियर, पशु चिकित्सक, वनविज्ञान अध्ययनको लागिसमेत पूर्ण छात्रवृत्ति उपलब्ध गराउने जनाएको छ । तोकिएको कार्यविधिअनुसार उच्च प्राविधिक शिक्षा अध्ययनको लागि भने छात्रवृत्ति माग नआएको जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १५ गते, २०८२ - १७:३७
नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिका–३, वनकट्टीस्थित एक इनारमा फेला परेको बेवारिसे महिलाको शवको पहिचान खुलेको छ । उनको हत्या गरिएको तथ्य खुलेको प्रहर...
माघ १५ गते, २०८२ - १७:२७
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुरको नलिन्चोकमा हेलिपोर्ट निर्माण गर्दा भएको भ्रष्टाचार मुद्दामा विशेष अदालतले दिएको थुनछेक आदेशविरु...
माघ १५ गते, २०८२ - १७:२२
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले निर्वाचन प्रचारप्रसारमा बालबालिका प्रयोग गरेको आरोप अस्वीकार गरेका छन्। बालबालिका प्रयोग ग...
माघ १५ गते, २०८२ - १४:२३
काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी विषयमा नेपाललाई वित्तीय कारबाही कार्यदल ९एफएटिएफ० को ‘ग्रे लिस्ट’ बाट ज...
माघ १५ गते, २०८२ - १४:११
जकार्ता । इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुगेको उल्लेख गर्दै अझै दर्जनौं बेपत्ता रहेको अधिकारीले बुधबार जनाएका छन् । भारी वर्षाक...
माघ १५ गते, २०८२ - १३:५२
बारा । बुधबार बिहान धारिलो हतियार प्रहार गरी ४६ वर्षीया सुमित्रा देवी मण्डल र उनका २४ वर्षीय छोरा रामेश्वर मण्डलको हत्या भएको छ। आक्रमणमा ५० वर्षीय श्...
माघ १५ गते, २०८२ - १३:३४
मुम्बई। भारतका स्वास्थ्य अधिकारीले पश्चिम बङ्गाल राज्यमा निपाह भाइरसका दुई सङ्क्रमण पुष्टि भए पनि अवस्था समयमै नियन्त्रणमा ल्याइएको जानकारी दिएका छन् ...
माघ १५ गते, २०८२ - १३:१६
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक ८८पुष्पकमल दाहाल ‘प्रचण्ड’८८ले नेकपा विप्लवसँग पार्टी एकता पूरा नभएको बताएका छन्। उनले बताए अनुसार जेनजी ...
माघ १५ गते, २०८२ - १३:०८
मुस्ताङ। जिल्ला प्रशासन कार्यालय मुस्ताङले छिमेकी जिल्लासँग जोडिएको उच्च लेकमा पर्ने चर्चित पाँच पदमार्गमा पदयात्रा नगर्न आग्रह गरेको छ । गए रातिद...
माघ १५ गते, २०८२ - १२:५५
काठमाडौँ । नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा ९माओवादी०का केन्द्रीय सदस्य चिरञ्जीवी ढकाल नेपाली कांग्रेस–संगठित नेकपा ९प्रचण्ड०मा प्रवेश गरेका ...




प्रतिकृया लेख्नुहोस्: